आइतबार , जेठ ३०, २०७८

खाना बनाउँदा कहिलै पनि नतताउनुहोस् तेललाई धेरै, यस्ता छन् खाना बनाउँदा गर्नै नहुने गल्ती…हेर्नुहोस् ।

माघ १९, २०७७ सोमबार 473

खा’ना त हामी दिनहुँ बनाउछौँ । तर केही यस्ता गल्ती गछौँ जो हामीलाई यादै नहुन सक्छ । साना गल्तीले पनि कहिले काही स्वा’स्थ्यमा नराम्रो प्रभाव पार्न सक्छ । आज हामी त्यस्ता केही गल्तीका बारेमा जानकारी गराउँदैछौँ ।

खाना बनाउँदा नगर्नुहोस् यी गल्ती: तेललाई धेरै तापमानमा तताउनु एकदमै हानिकारक हुन्छ । कतिपयले तरकारी पकाउने क्रममा तेलबाट धूँवा निकाल्छन् । यस अवस्थासम्म तेल तताउनु वा दोस्रो पटक तेल तताउनु स्वा’स्थ्यका लागि हानिकारक हुन्छ । तेल बढी तताउँदा केहि तत्व ब्रेकडाउन हुन्छ, जसले तेलमा रहेको एन्टिअक्सिडेन्ट नष्ट हुन्छ । बाँकी रहेको तेललाई दोस्रो पटक प्रयोग नगर्नुहोस् ।

२) काँचो र पाकेको मासुलाई एउटै प्लेट वा भाँडामा नराख्नुहोस् यो स्वा’स्थ्यका लागि निकै हा’निकारक हुन्छ । मासु वा माछालाई पकाउनुअघि जुन प्लेटमा राखिएको हुन्छ, पकाइसकेपछि पनि सो प्लेट प्रयोग नगर्नुहोस् । किनभने काँचो मासुमा केही ब्याक्टेरिया हुन्छ जो सजिलै पकाएको मासुमा सर्न सक्छ । उक्त भाँडोलाई राम्रोसँग धोएर मात्र प्रयोगमा ल्याउनु पर्दछ ।

३) हामीले अक्सर खानालाई पूर्ण रुपमा चिसो भइसकेपछि मात्र फ्रिजमा राख्ने गर्छौ । यदि कुनैपनि खानालाई २ घण्टाभन्दा बढि बाहिर राखियो भने त्यसमा ब्याक्टेरिया पैदा हुन्छ ।

४) कडा आगोमा ननस्टिक प्यान राख्नाले त्यसमाथि लगाएको कोटिङबाट परफ्लूरोकार्बन धुँवा बनेर निस्कन्छ । यसले शरीरको बिकासमा असर र्पुयाउँछ साथै क’लेजोलाई पनि खराब गर्छ ।

५) खानालाई धेरैबेर चलाउने, घोल्ने बानी पनि सहि होइन । मीठो, स्वादिलो बनाउने चक्करमा हामी खानालाई चलाउँछौ । मसला घोलियोस् भन्न चाहन्छौ । यसका साथै पकौडा र बेकिङ जस्ता परिकार बनाउँदा घोललाई धेरै चलाइन्छ । आटालाई धेरैबेर घोल्दा त्यसमा ग्लूटेन बन्छ, जसले पाचन तन्त्रमा गडबडी गर्छ ।

प्रतिकृया दिनुहोस्