२०७८ कार्तिक १ सोमबार

नेपालले टि–२० बरियतामा सबै एसोसिएट राष्ट्रलाई उछिन्यो, नेपालभन्दा अगाडि टेस्ट राष्ट्र मात्र !

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसी टी–ट्वान्टी वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान

सुधार गर्दै १४ औँ स्थानबाट १३ औँ स्थानमा उक्लिएको हो । घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिसमेत नेपालले जितेको थियो । नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरियता ११ औँ स्थान हो ।

टि–२० बरियतामा नेपालभन्दा माथि टेस्ट राष्ट्र राष्ट्र मात्र छन् । नेपालले टि–२० राष्ट्रमा सबै एसोसिएट राष्ट्रलाई उछिनेको छ । टी–ट्वान्टीको नयाँ वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड छ भने दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्यान्ड छ । त्यसैगरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ ।

यस्तै नेपालले एक दिवसीय वरियतामा समेत सुधार गरेको छ । एकदिवसीय वरियतामा नेपाल १६ औँ स्थानमा छ । यसअघि नेपाल १७ औँ स्थानमा रहेको थियो ।

एक दिवसीयको नयाँ वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।
बंगलादेशसँगको दुई खेलकाे टेस्ट सिरिज श्रीलंकालाई
श्रीलंकाले बंगलादेशविरुद्धको दुई खेलको टेस्ट सिरिज जितेको छ ।

सोमबार श्रीलङ्काको केन्डीमा दोस्रो टेस्टमा बंगलादेशलाई २ सय ९ रनले पराजित गर्दै श्रीलंकाले सिरिज १–० ले आफ्नो बनाएको हो । श्रीलंका र बंगलादेशबीचको पहिलो टेस्ट भने बराबरीमा रोकिएको थियो ।

श्रीलंकाले दिएको ४ सय ३७ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको बंगलादेश २ सय २७ रन जोड्दा अलआउट भयो । बंगलादेशका लागि मुस्फुकर रहिमले ४० रन जोड्दा मेहदी हसन मिराजले ३९ रन बनाए । बंगलादेशलाई सस्तैमा समेट्न श्रीलंकाका प्रभिन जयविक्रमाले ५ विकेट लिए ।

रमेश मेन्डिसले ४ विकेट लिए । यसअघि दोस्रो इनिङ्समा श्रीलंकाले १ सय ९४ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गर्दा बंगलादेशले उच्च लक्ष्य पाएको थियो । श्रीलंकाले पहिलो इनिङ्समा ४ सय ९३ रन बनाएको थियो ।

उसका लागि थिरिमानेले १ सय ४० र कप्तान दिमुथ करुनारत्नेले १ सय १८ रनको शतकीय इनिङ्स खेलेका थिए । बंगलादेश पहिलो इनिङ्समा २ सय ५१ रन जोड्दा अलआउट भएको थियो । -ताजा खवर टिभि

२०७८ बैशाख २२, बुधबार २२:०३ गते 1 Minute 492 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार