२०७८ आश्विन ६ बुधबार

बिश्व रेकर्ड बनाउने कुशल भुर्तेल भन्छन् : नेपालको लागि बिश्वकप खेल्न चाहन्छु ।(हेर्नुस भिडियो)

काठमाडौं : कुशल भुर्तेल, जो अहिले सर्वाधिक च’र्चामा रहेका छन्। हालै सम्पन्न मलेसिया र नेदरल्या’ण्ड्सबीचको त्रिकोबणात्मक टी–२० सिरिजमा नेपालका लागि डेब्यू गरेका भुर्तेल अहिले चर्चा शिखरमा छन्।

सिरिजमा २४ वर्षीय युवा ब्याट्स’म्यान कुशलले उत्कृ’ष्ट प्रदर्शन गरे। उनले विभिन्न की’र्तिमान आफ्नो नाममा लेखाउन सफल पनि भए। उनले सिरिजमा चार अर्ध’शतक बनाए। उनी विश्वकै पहिलो क्रिकेटर हुन्। जसले डेब्यूपछि उनले लगातर तीन अर्धश’तक बनाए।

उनले डेब्यू सिरिजमै सर्वाधिक रन बनाए। उनले पाँच म्याचमा २ सय ७८ रन बनाए। सिरिजमा क्रमशः ६२, अविजित ६१, ६२, १६ र ७७ रनको उ’त्कृष्ट पारी खेल्दै नेपाललाई सिरिज जिताउन कुशलको भूमिका अहम् रह्यो। बुटबलमा जन्मेर हुर्केका उनी सानोमा निकै चञ्चले स्वभावका थिए । सानोमा फुटबल खेल्न घर नजिकैको मैदानमा जाने गर्थे ।

पछि साथीसंगतमा क्रिकेट खेल्न थाले । पाँचजनाको परिवार थियो, उनको । उनका बुबा रोजगारीका क्रममा कोरिया गएका थिए । बुबा नेपाल फर्किएपछि उनले कुशलको क्रिकेट झु’काव राम्ररी देखे ।

स्कुलको टुर्नामेन्टहरुमा भाग लिन लगाए । उनलाई क्रिकेट खेल्न प्रेरणा दिने पहिलो व्यक्ति थिए, उनका बुबा । उनी भन्छन्, ‘हाल जे छु, मेरो बाबाको सर्पोटको कारणले छु । मेरो बाबा नै मेरो क्रिकेटको पहिलो प्रेर’णा पात्र हुनुहुन्छ ।’ क्रिकेटमा लाग्न उनको पूरै परिवारले निकै सहयोग गरे।

पारिवारिक साथ र सहयोग पाएर उनले आफ्नो पहिलो क्रिकेट करियर सन् २०१२ मा सुरु गरे । २०१२ मा यू–१६ टोलीबाट नेपालको जर्सी लगाएर पहिलोपटक क्रिकेट खेल्न मलेसिया गए । खेल्न भनेर गएका उनको प्रतियोगिताको दोस्रो खेलअघि प्र’शिक्षणका क्रममा हात भाँ’चियो ।

हात भाँ’चिएपछि उनले त्यो प्रतियोगिता गु’माउनुपर्यो । सन् २०१४ मा पहिलोपटक उनी रुपन्देही जिल्लाबाट सिनियर टोलीमा परे । त्यसबेला जिल्लाको सुपर लिग सिरिजमा उनले म्यान अफ दी सिरिजको उपाधि आफ्नो नाममा गरेका थिए ।

त्यसपछि उनी नेपालको प्रतिनि’धित्व गरी २०१६ मा यू–१९ टोलीबाट बंगलादेशमा भएको प्रतियोगितामा सामेल भएका थिए । त्यसबेला उनी मिडल अडर ब्याट्म्या’नको रुपमा खेल्थे । खेललाई कसरी राम्रो तरिकाले सक्ने भन्नेमा उनी लाग्थे । उनी भन्छन्, ‘त्यो बेला ७–८ नम्बरको ब्याट्म्यान थिएँ । खेललाई कसरी राम्रो फिनिसिङ दिने भन्नेतर्फ मेरो ध्यान हुन्थ्यो ।’

उनले २०१९ मा उनले सिनियर टोलीबाट एक दिवसीय क्रिकेट खेले । त्यस खेलमा भने उनले आफूले सोचेजस्तो खेल प्रदर्शन गर्न सकेनन् । उनी भन्छन्, ‘फरक शैलीको खेल थियो । त्यस खेलमा सोचको जस्तो खेल्न सकिनँ ।’ त्यस खेलमा राम्रो प्रदर्शन गर्न नसकेपछि उनी नेपाल फर्किएर आफ्नो कमजोरीलाई सुधार्नतर्फ लागे ।

२०२० मा नेपालमा भएको दक्षिण एसियाली खेलकुद (साग)मा उनी सिनियर टोलीमा छनोट भएका थिए । छनोट भए पनि उनले त्यो खेल खेल्न पाएनन् । त्यसपछि भर्खरै सम्पन्न भएको त्रिकोणात्मक टी–२० सिरिज नै उनको अन्तर्राष्ट्रिय खेलमा डेब्यु थियो ।

सिनियर टोलीबाट खेलेको पहिलो प्रतियोगितामा नै उनी म्यान अफ दी सिरिज भए । उनले टी–२० क्रिकेटको डेब्यु खेलमा नै लगातार ३ अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गरे । उनले प्रतियोगिताको पाँच खेलमध्ये ४ खेलमा अर्धशतक बनाई उत्कृष्ट प्रदर्शन गरे ।

उनी यस खेलमा ओपनर ब्याट्म्यानको रुपमा देखा परे । प्रतियोगिताको पहिलो खेलमा आसिफ शेखसँगको उनको साझेदारीले अर्को विश्व की’र्तिमान बनायो । उनीहरुले ११६ रनको साझेदारी गर्दै नेदरल्यान्डवि’रुद्धको खेलमा नेपाललाई सहज जित दिलाए ।

पहिलोपटक सिनियर टोलीबाट घरेलु मैदानमा खेलेका उनी दर्शकको साथ र मायाले झनै पुलकित भए । मैदानमा खेल हेर्न जाँदा अर्काको नामको हुटिङ सुन्दा कसैले आफ्नो नामको पनि यसैगरी हुटिङ गरिदिए हुने जस्तो लाग्थ्यो, उनलाई । सन् २०१४मा नेपालले विश्वकप खेल्दा र त्यो बेला अरु खेलाडीको नाममा हुटिङ सुन्दा उनको मनमा पनि यो सपना पलायो । उनको यो सपना यही सिरिजबाट साकार भयो ।

यस सिरिजमा क’रोना भा’इरसको महामा’रीका कारण प्रतियोगिताको दुई दिन मात्रै दर्शक मैदानमा आएर खेल हेर्न पाए । कोरो’नाको महामा’रीका कारण रंगशालामा प्रवेश नपाए पनि नेपाली दर्शकले मैदानबाहिर रंगशालाको पर्खालमा उभिएर ‘कुशल…कुशल’को नारा लगाउँदा उनले आफ्नो सपना साकार भएको पाए । उनी भन्छन्, ‘दर्शकले कुशल… कुशल भन्दै गर्दा एकदमै धेरै प्रफुल्लित भएँ ।

दर्शकको यो माया र भरोसा कहिल्यै गुम्न दिने छैन ।’ आफ्नो तर्फबाट राम्रो गरेर देशको नाममा विश्वकप खेल्ने इच्छा छ कुशलको । उनी भन्छन्, ‘आफ्नो बेस्ट दिएर नेपालको तर्फबाट विश्वकप खेल्न चाहन्छु ।’

यस सिरिजअघि उनले सोचेका थिएनन्, सिरिजपछि यसरी चर्चामा आइन्छ भनेर । खेल्दै जाँदा आफ्नो उत्कृट दिने कोसिस गर्दै गर्दा उनले विश्व रेकर्ड बनाए । २–३ वर्षदेखि ओपनर ब्याटम्यान भएर खेलेका उनले यस खेलमा दिएको सफलता प्रशंसनीय छ । उनले यस सिरिजमा गरेको प्रस्तुतिले समग्र नेपाली टोली, कप्तान तथा कोच तथा उनको परिवारका सदस्यलाई निकै खुसी दिएको छ । -ताजा खबर टिभि

भिडियो !

२०७८ बैशाख २३, बिहीबार ०९:१० गते 1 Minute 371 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार