मंगलबार , साउन १९, २०७८

मलेसियाद्वारा नेपाल सहित चार देशका नागरिकलाई ट्राभलमा प्रतिबन्ध !

बैसाख २३, २०७८ बिहिबार 290

काठमाडौँ : मलेसियाले नेपाल सहित श्रीलंका, बंगलादेश र पाकिस्तानका नागरिकहरूमा ट्राभलमा प्रतिबन्ध लगाउने भएको छ । भारत उडानमा अस्थायी प्रतिबन्ध पछि मलेसियाले नयाँ को-भिड भेरिए’न्टलाई रोक्नको लागि यस्तो निर्णय लिएको हो ।

मन्त्री दातुक सेरी इस्माईल साब्री याकोबले यो घोषणा गरे पनि यो प्रतिबन्ध कहिलेदेखि लागु हुन्छ भनेर मिति भने तोकिएको छैन । मलेसियाले अप्रिल २८ देखि नयाँ को’विड भेरि’यन्ट देखिएका देशहरुबाट प्रवेश रोक्न भारतको लागि अस्थायी रूपमा प्र’तिबन्ध लगाएको थियो ।

मलेसियाले गरेको उक्त प्रतिबन्ध संगै श्रम स्वीकृति भएका पानीजहाज तथा भारतीय नागरिक समेत अस्थाई रुपमा मलेसिया प्रवेशमा प्रतिब’न्धित भएका छन् । मलेसियन नागरिकले भने १४ दिन अनिवार्य क्वारेन्टा’इन बस्नु पर्नेछ ।

थप समाचार,

खाडी सहित बिभिन्न देशमा रहेका नेपाली राजदूतबीच छलफल !

काठमाडौँ : खाडी सहित बिभिन्न देशमा रहेका नेपाली राजदूतबीच छलफल भएको छ । नेपाली दूतावास मस्कट(ओमान)को संयोजनमा मंगलबार नेपाली राजदूत तथा उपनियोग प्रमुखहरुको सहभागितामा वेबिनार सम्पन्न भएको हो ।

ओमानको लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको संयोजनमा भएको उक्त वेबिनारमा बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, साउदीस्थित नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपूत, कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी, कतारस्थित नेपाली राजदूत

डा. नारदनाथ भारद्वाज, यूएईस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकाल, मलेसियास्थित नेपाली राजदूत उदयराज पाण्डे, इजरायलस्थित नेपाली राजदूत डा. अञ्जान शाक्य, पाकिस्तान स्थित नेपाली राजदूत तापस अधिकारी, दक्षिण अफ्रिकास्थित नेपाली राजदूत डा. निर्मलकुमार विश्वकर्मा र इजिप्ट’स्थित नेपाली उप-नियोग प्रमुख दिपक घिमिरे लगायतको सहभागिता रहेको थियो ।

उक्त वेबिनार छलफल कार्यक्रममा पछिल्लो समय फैलिएको को’रोनाको नयाँ भेरि’यन्टको प्रभा’व, नियन्त्र’णका लागि चालिएका कदम, खोपको अवस्था तथा यस सम्बन्धमा नेपालले चाल्नुपर्ने कदममा सम्बन्धमा छलफल भएको बताइएको छ ।

उक्त वेविनारमा बिभिन्न देशस्थित नेपाली राजदुतहरुले आफूहरु रहेको देशमा कोरो’नाको अवस्था, नयाँ भेरि’यन्टको प्रभा’व र त्यसको निय’न्त्रणका लागि सम्बन्धित देशले चालेको कादम र प्रभा’वबारे ब्रि’फिङ गरेका छन् ।

त्यस्तै सहभागीहरूले नयाँ भेरियन्टको बढ्दो सं’क्रमण र जो’खिमका कारण विभिन्न देशहरूले अन्त’र्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध तथा त्यहाँ रहेका नेपाली समुदायमा पर्ने प्रभा’वको सम्बन्धमा पूर्व सूचना, तयारी, उ’द्धार तथा राहत सम्बन्धमा आ-आफ्नो कुराहरु राखेका छन् । -साझा सबाल

प्रतिकृया दिनुहोस्