मंगलबार , साउन १९, २०७८

काठमाडौँ छोडेर घर फर्कन चाहनेहरुलाई खुसीको खवर !

बैसाख २३, २०७८ बिहिबार 558

काठमाडौं : काठमाडौं उपत्यकामा निषे’धाज्ञा लम्बिएको छ । निषे’धाज्ञा वैशाख २९ गतेसम्म लम्ब्या’इएको हो । मंगलबार बसेको काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलपछि निषेधा’ज्ञा लम्ब्या’इएको काठमाडौंका

प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा बुधबार सकिँदै गर्दा एक हप्ता थपिएको हो । साथै निषेधाज्ञालाई थप व्यवस्थित र कडाइसमेत गरिएको छ । त्यसैगरी सञ्चार’गृहमा बढीमा ४० प्रतिशत कर्मचारी राखेर मात्र काम गर्न भनिएको छ ।

साथै सूचना विभागले वितरण गर्ने पासको प्रयोग अनिवार्य गरिएको छ । स्थानीय प्रशासन ऐन २०२८ अनुसार परिस्थिति अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने प्रावधान छ । यसैबीच ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरो’ना संक्र’मण पु’ष्टि भएको छ । उहाँ अहिले आइ’सोलेशनमा रहनु भएको छ ।

यता देशका ४८ जिल्लामा निषे’धाज्ञा जारी भएकोे छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ४८ जिल्लामा नि’षेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा आंशिक र बाँकीमा पूर्ण निषे’धाज्ञा जारी भएको छ ।

काठमाडौँ छोडेर घर फर्कन चाहनेहरुलाई खुसीको खवर !

काठमाडौँ उपत्यकामा जारी निषे’धाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको प्रशासनले राजधानी छोडेर घर फर्कन चाहनेहरुको हकमा केहि खुकुलो गर्ने भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार थपिएको निषेधाज्ञा अ’वधिमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने आजको बैठकले निर्णय गरेको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासनले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर निर्णय सार्वजनिक गर्ने जनाईएको छ ।

भोलिदेखी काठमाडौं छाड्न यस्तो नियम पालना गर्नुपर्ने

भोलिदेखि उपत्यका छाड्न निश्चित नियम लागु गरिने भएको छ । थप एकसाता निषे’धाज्ञा लम्ब्याउने निर्णयसँगै उपत्यकाका तीनैवटा जिल्ला प्रशासनले यस्तो नियम ल्याएका हुन् । काठमाडौं उपत्यका छोड्नै’पर्ने भएमा स्थानीय तहको सिफारिस अनिवार्य हुनुपर्ने निर्णय भएको छ ।

उपत्यकाबाहिर जानको लागि सम्बन्धित स्थानीय तहले १० दिन क्वा’रेन्टिन राख्ने प्रतिब’द्धतासहितको सिफारिसका आधारमा मात्र जान दिने निर्णय गरेको छ । मंगलबार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । -नुवाकोट एक्सप्रेस

प्रतिकृया दिनुहोस्