२०७८ आश्विन ४ सोमबार

सिङ्गापुर बन्यो को’रोना महामा’रीमा सबैभन्दा सुरक्षित देश ।

काठमाण्डाै : विश्वका धेरै देशमा को*भिड–१९ को स’ङ्क्रमण बढ्दै गइ रहेको छ । तर एक सानो एसियाली द्वीप यस महामा’रीमा सबैभन्दा सुरक्षित देशको रुपमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

ब्लूमबर्गको एक प्रतिवेदनमा सिङ्गापुरले न्युजि’ल्यान्डलाई पछि छाड्दै पहिलो स्थान प्राप्त गरेको हो । न्युजिल्याण्ड कैयौँ महिनादेखि पहिलो स्थानमा थियो । यो सूची विभिन्न मानकलाई ध्यानमा राख्दै बनाइएको हो, जसमा को’रोना स’ङ्क्रमण दरदेखि लिएर घुम्ने स्वत’न्त्रतासम्म समावेश छ ।

रिपोर्टका अनुसार सिङ्गापुरको खो’प अभियान यसलाई पहिलो स्थानमा पु¥र्‍याउने प्रमुख कारण हो । न्युजिल्यान्डमा खोप अभियानको गति कम छ । महामारीको यस समयमा सबै कुरा झन्डै–झन्डै सामान्य जस्तै छ । झन्डै–झन्डै सामान्य जिन्दगी : यो साँचो हो, सिङ्गापुरमा जिन्दगी राम्रो छ, यद्यपि यसमा केही चेतावनी पनि समावेश छन् ।

पछिल्ला दिनमा स’ङ्क्रमणको केही घटना सार्वजनिक भएका थिए र त्यस माथि निय’न्त्रण गर्न सकिएको छ । कुनै क्षेत्रमा सङ्क्र’मण फैलिएको घ’टना त छैन जत्तिकै छ । कतै जाँदा कडा नियम छ, सीमामा सुरक्षा कडा छ ।

बाहिरबाट आउने सबै सामानको जाँच हुन्छ र तुरुन्त छेउ लगाइन्छ । गएको वर्ष दुई महिनाको लक’डाउन बाहेक फेरि लकडाउन लगाउनु पर्ने अवस्था आएको छैन । जिन्दगी झन्डै–झन्डै सामान्य छ । म आफ्नो परिवार र साथीसँग जहिले पनि भेट गर्न सक्छु, डिनरमा या कुनै रेस्टुरेन्टमा ।

यद्यपि एकै साथ आठभन्दा धेरै व्यक्ति सह भागी हुन पाउँदैनन् । मास्क लगाउनु जरुरी छ, तपाईँ खाने बेला र कसरत गर्दा मास्क खोल्न सक्नुहुन्छ । पछिल्ला दिनमा कैयौँ व्यक्ति आफ्नो काममा फर्किएका छन्, यद्यपि कार्यालयमा सामाजिक दुरीलाई ध्यानमा राखिन्छ । तपाईँ चलचित्र हेर्न र किनमेल गर्न जान सक्नुहुन्छ, मात्र मास्क र कन्ट्या’क्ट ट्रेसिङ एप चाहिन्छ ।

विद्यालय पनि खुलेका छन् र सप्ताहन्तमा म आफ्ना बालबालिकालाई बाहिर पनि लैजान सक्छु तर सबै ठाउँमा कम व्यक्तिलाई अनुमति दिइने हुनाले कहाँ जाने भनेर निर्णय गर्नु युद्ध गरे बराबर हुन्छ । १५ प्रतिशत जनसङ्ख्याले खोप लगाए : झन्डै १५ प्रतिशत जनसङ्ख्याले खो’पको पूरै डो’ज पाइसकेका छन् ।

हाम्रो जनसङ्ख्या मात्र ६० लाख भएकाले पनि यो सम्भव भएको हो । तर यसका लागि उचित प्रक्रिया, सरकार र खोप माथिको विश्वासले पनि महत्त्वपूर्ण भूमिका निभायो । यस कारण हामी सुरक्षित छौँ, तर यसका साथै मानिसहरुलाई हामी विश्वको सबैभन्दा सुरक्षित ठाउँमा रहेको लाग्न थालेको छ, तर सयौँ प्रवासी कामदारहरुका लागि भने यस्तो छैन ।

उनीहरु अझै पनि आफ्नो काम गर्ने ठाउँ र ढोकासम्म मात्र सीमित रहन बाध्य छन् । गएको वर्ष को’रोना सङ्क्र’मण पछि सरसफाइ नगरिएका ठाउँलाई लिएर यस्तो निर्णय गरिएको हो । उनीहरुले आफू बसेको ठाउँ छोड्न कम्पनीको अनुमति लिनुपर्ने हुन्छ र भेट घाटका लागि सरकारी क्षेत्र तय गरिएको छ । देशका बाँकी क्षेत्रमा सुरक्षा दिनका लागि यो सब गरिएको हो किनकि सरकारका अनुसार सङ्क्र’मण फैलिने ‘एक ठूलो खतरा’ छ ।

समानताका बीच पनि सिङ्गापुर अझै पनि एक रुढिवादी देश हो भन्ने तितो यथार्थ तर्फ यसले इसारा गर्छ । आ’प्रवासीको हकका लागि आवाज उठाउने एक सामाजिक कार्यकर्ता सिङ्गा’पुर ‘अपमान जनक र भेदभाव’ ले भरिएको छ । ‘न्युजिल्याण्ड पनि यो सूचीमा माथि नै छ तर उसले मानिसहरुको अधिकार खोसेको छैन । यो मात्र नतिजाको बारेमा होइन, हामी त्यहाँसम्म कसरी पुग्ने यो पनि जरुरी छ ।’

गरिबहरुका लागि यो महामारी निकै खराब साबित भएको छ । सरकारले अर्थ व्यवस्था सन्तुलन बनाइराख्न र आवश्यक परिवारको मदतका लागि लाखौँ डलर खर्च गरेको छ र बेरोजगारी दर पनि कम छ । तर तथ्याङ्कले सही कथा बोल्दैन । कैयौँ व्यक्तिको तलब कम भएको छ ।

नोकरी गु’माएका कैयौँ व्यक्ति खाना डेलिभरी र गाडी चलाउने काम गरिरहेका छन् । सामाजिक कार्य कर्ता प्याट्रिक भीका अनुसार, ‘यो निकै ठूलो समस्या हो, तपाईँ दिनमा कति कमाउनु हुन्छ यो पनि थाहा छैन, यसले पनि त’नाव दिन्छ । उनीहरुको ठाउँमा जो कोही पनि आउन सक्छन्, यस कारण नोकरी खोसिने डर छ ।’ बीबीसी न्युज

२०७८ बैशाख २३, बिहीबार ११:१८ गते 1 Minute 670 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार