२०७८ आश्विन १ शुक्रबार

चार्टर्ड उडान खुलेआम लु-टतन्त्र ! बैदेशिक रोजगारमा जाने-आउनेलाई नियमित उडान खोल्न माग ।

काठमाडौँ : लो’कतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएसनले नियमित उडान रोकेर चार्टर्ड उडान गराउन अनुमति दिँदा खुलेयाम लु’टतन्त्र हुने आशंका व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेको छ ।

एशोसि’एसनले आफ्नो विज्ञाप्तिमा स्वास्थ्य प्रो’टोकल पालना गरेर नियमित अन्तराष्ट्रिय उडान गर्न समेत माग गरेको छ ।
एशोसिएसनका अध्यक्ष नरेन्द्र प्रसाद ढकालद्वा’रा जारी बिज्ञप्तिमा भनिएको छ ‘२०/२२ हजारमा पाउने टिकट नब्बे हजार सम्ममा बिक्रि भएका छन ।

बाध्यतामा परेका यात्रुलाई विमान कम्पनीहरुले आफ्नो सिकार बनाईरहेको अवस्थामा नेपाल सरकारले अझ नियमित उडानलाई स्थगित गरेर चार्टड उडानहरुलाई अनुमति दिदा टिकटको मुल्य अझ आकासिने र विमान कँम्पनी तथा चा’र्टड कर्ताहरुमा मनोमा’नी अझबढ्ने सम्भावना छ ।

बिदेशबाट आउने, छुट्टी सकेर फर्किने कामदार तथा अत्यावश्यक परि यात्रा गर्नु पर्ने बाध्यता भएकाहरुलाई यसले नराम्ररी प्रभा’वित गर्ने छ र खुलेआम लुटतन्त्र हुनेछ ।’

यस्तो छ लोक’तान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएसनको बिज्ञप्ति !

विश्वलाई नै तहस नहस पारिरहेको कोभिड-१९ को दो’श्रो चरणले आम जनमानसलाई जीवन कसरी धान्ने भन्ने ब्यक्तिगत चिन्ताले सताएको छ । सम्पूर्ण ब्यापार ब्यवसायहरु ठप्प प्राय छन्, अब यसलाई उठ्न सहज परिस्थिती भए पश्चात पनि धेरै वर्ष लाग्नेछ ।

एक बर्ष भन्दा बढी समयदेखी सयौँ बैदेशिक रोजगार ब्यवसायीका कार्यालयहरु ब’न्द छन् । विदेश गएर आफ्नो गर्जो टार्ने सपना बुनेका युवाहरु बेरोजगार भई त्यसै वरालिएका छन् । दैनिक आय-आर्जनको कुनै श्रोत छैन । यस्तो अप्ठयारो परिस्थितीलाई सम्बोधन गर्न नेपाल सरकारसंग कुनै पनि किसिमको दिर्घ’कालिन योजना छैन ।

हाल नेपाल सरकारले को-भिड – १९ को संक्र’मण वृद्धिलाई नियन्त्रण गर्नको लागि यहि बैशाख १६ गतेदेखी देशका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ । यसले गर्दा दैनिक आवत-जावत लगायत सम्पूर्ण कारोवारहरु ठप्प छन् ।

यसै क्रममा बैशाख २० गते राती १२ बजे देखि राष्ट्रिय तथा २३ गते राती १२ बजेदेखी अन्तराष्ट्रिय नियमित उडानहरु कम्तिमा १ हप्ताको लागी स्थगित गरिएका छन् तर सो अवधिमा चार्टड उडानहरुका लागी भने अनुमति दिने ब्यवस्था गरीएको छ ।

बिगत १ बर्ष देखी नियमित उडानहरु कम भएको, केही अन्तराष्ट्रिय विमान कम्पनीहरुले नेपालका उडानहरु बन्द गरेको र हाल भारतीय कामदारहरु समेत नेपालको अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरी विदेशिने क्रम बढेसंगै विमानको भाडादर अपत्या’रीलो गरी बृद्धि भएको छ ।

२०/२२ हजारमा पाईने टिकट नब्बे हजारसम्ममा बिक्रि भएका छन् । बाध्यतामा परेका यात्रुलाई विमान कम्पनीहरुले आफ्नो सिकार बनाईरहेको अवस्थामा नेपाल सरकारले अझ नियमित उडानलाई स्थगित गरेर चार्टड उडानहरुलाई अनुमति दिदा टिकटको मुल्य अझ आकासिने र विमान कँम्पनी तथा

चार्टड कर्ताहरुमा मनोमानी अझ बढने सम्भावना छ । बिदेशबाट आउने, छुट्टी सकेर फर्किने कामदार तथा अत्यावश्यक परि यात्रा गर्नु पर्ने बाध्यता भएकाहरुलाई यसले नराम्ररी प्रभावित गर्ने छ र खुलेआम लु’टतन्त्र हुनेछ

सम्बन्धीत देशहरुले समेत नेपालबाट हुने उडानहरुलाई कुनै प्रतिबन्द नलगाएको अवस्थामा स्वास्थ्य सम्बन्धि आवश्यक प्रकृया अपनाएर नियमित उडानलाई नै निर’न्तरता दिदै को’भिडबाट अत्यन्त प्रभा’वित छिमेकी मुलुकहरुबाट हुने निर्बाद आवागमन
तथा तेश्रो मुलुक जानको लागि प्रयोग भाईरहेको अन्तराष्ट्रिय

विमानस्थलमा समेत कडाइका साथ नियन्त्रण गरी बैदेशिक रोजगारिको सिलसिलामा बिदेश जाने-आउने गरीब कामदार तथा आम नागरिकलाई सर्बसुलभ रुपमा हवाई सेवा उपलब्ध गराउन नेपाल सरकारसंग यस नेपाल लोक’तान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएसन जोडदार माग गर्दछ । रेन्द्र प्रसाद ढकाल (अध्यक्ष) नेपाल लोक’तान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएसन । -साझा सबाल

२०७८ बैशाख २३, बिहीबार २०:३९ गते 1 Minute 799 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार