२०७८ कार्तिक १ सोमबार

मिठो भएपनि कहिले मिक्स गरेर नखानुस् यि १० खानेकुरा ।

काठमाडौ : स्वादका हिसावले कतिपय खानेकुरा मिसाएर खान्छौं । केहि खाने कुरा यतिकै खानुमा भन्दा केहि अन्य चिजसँग मिसाएर खानुमा स्वादै नै बेग्लै हुुन्छ ।

तर, हामीले स्वादका लागि मिक्स गरेर खाएका केहि खाने कुराका बोरमा ज्ञान राख्नु जरुरी छ । केहि खाने कुरा यस्ता हुन्छन् स्वादका हिसावले मिक्स गरेर खादा मिठो भए पनि स्वास्थ्यका हिसावले एक्दमै हानिकारक हुन्छ ।

आज हामी केहि त्यस्ता खाने कुराको चर्चा गरौं, जसलाई मिक्स गरेर खादा स्वास्थ्यमा नकारात्मक असर गर्छ…….
१. दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन ।

२. माछा र सक्खर सँगै खानुु हुँदैन यसले पित्त विगार्छ् ।
३. परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।

४ .दुधको साथमा बडर, काँचो केरा, आँप, जामुना, तित्री, ओखर, दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।
५. भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।

६. गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।
७. भिण्डीको साथ दही मोहि, घ्यु, दुध खानु हुदैन खाएमा अम्लपित्त बढ्छ ।
८. करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।

९. हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्छ ।
१०.बाँसको तामा, बडरको फल, मह र दुध सँगै खान हुदैन यसले वीर्य नास हुन्छ् ।

२०७८ बैशाख २३, बिहीबार २३:१६ गते 0 Minutes 715 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार