बिहिबार , साउन २१, २०७८

आईसिसीको ‘प्लेयर अफ द मन्थ’ मा कुशल भुर्तेल पनि, कुशललाई जिताउन यसरी गर्नुस भोट !

बैसाख २४, २०७८ शुक्रबार 167

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अप्रिल महिनाको ‘प्लेयर अफ द मन्थ’का लागि तीन खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल पनि परेका छन्।

कुशलसहित पाकिस्तानका कप्तान बाबर अजाम र पाकिस्तानकै फखर जमान पनि ‘आईसीसी मेन्स प्लयेर अफ द अप्रिल’ को मनोनयनमा परेका छन्। अब समर्थकले खुला मतदानमार्फत यी तीनमध्य एक खेलाडीलाई भोट गर्न सक्नेछन् ।

भोट गर्नका लागि यहाँ क्लिक गर्नुस् ।

हालै सम्पन्न मलेसिया र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालका लागि डेब्यू गरेका भुर्तेल अहिले चर्चा शिखरमा छन्। सिरिजमा २४ वर्षीय युवा ब्याट्सम्यान कुशलले उत्कृष्ट प्रदर्शन गरे। उनले विभिन्न कीर्तिमान आफ्नो नाममा लेखाउन सफल पनि भए। उनले सिरिजमा चार अर्धशतक बनाए।

उनी विश्वकै पहिलो क्रिकेटर हुन्। जसले डेब्यूपछि उनले लगातर तीन अर्धशतक बनाए। उनले डेब्यू सिरिजमै सर्वाधिक रन बनाए। उनले पाँच म्याचमा २ सय ७८ रन बनाए। सिरिजमा क्रमशः ६२, अविजित ६१, ६२, १६ र ७७ रनको उत्कृष्ट पारी खेल्दै नेपाललाई सिरिज जिताउन कुशलको भूमिका अहम् रयो । -ताजा खबर टिभि

प्रतिकृया दिनुहोस्