मंगलबार , साउन १९, २०७८

भारतबाट फर्किनेलाई राखिने होटलमा क्वरेण्टीन तोकियो, १० दिनमा कति लाग्छ खर्च ?

बैसाख २४, २०७८ शुक्रबार 306

काठमाण्डौ : सरकारले भारतबाट नेपाल आउने यात्रुका लागि काठमाण्डौका आठ वटा होटललाई क्वरे’ण्टीनका रूपमा तोकेको छ ।

२३ गते बिहीवारदेखि अरू सबै अन्तर्राष्ट्रिय उडान बन्द भए पनि भारतबाट भने हप्तामा दुई वटा उडान हुनेछन् ।
भारतबाट आउनेहरूका लागि सं’स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आठ वटा होटल तोकेको हो ।

गोदावरीको भ्यु भृकुटी, गुहेश्वरीको माधव होटेल, एअरर्पोटको एअरर्पोट होटेल, गौशालाको अमादब्लम होटेल, गौशालाकै रिडर्स इन र आनन्द आ’श्रम, जगातीको फा’र्म हाउस रिर्सोट र जगातीको ए–वान रिर्सोटलाई होटेल क्व’रेण्टीनका रूपमा तोकिएको छ ।

यी होटलले ग्रा’हकबाट भ्याट र सेवा शु’ल्कसहित प्रतिदिन तीन हजार रुपैयाँका दरले शुल्क लिन पाउनेछन् । विमानस्थल आउजाउको लागि यातायात सुविधा र खाना तथा बस्नको प्रबन्ध हुनेछ ।

भारतबाट आएका यात्रु १० दिन अनिवार्य क्वरे’ण्टीनमा बस्नुपर्नेछ । उनीहरू क्वरे’ण्टीन बसे/नबसेको पर्यटन बोर्ड, पर्यटन विभाग र नेपाल प्रह’रीको संयुक्त टोलीले अनु’गमन गरेर दैनिक प्रति’वेदन सीसीएमसी, पर्यटन मन्त्रालय र गृह मन्त्रालयमा पेस गर्नुपर्नेछ । १० दिन क्वरेण्टी’नमा नबसेको पाइएमा तत्कालै कारबाही गरिने मन्त्रालयले जनाएको छ । -साझा सबाल

प्रतिकृया दिनुहोस्