मंगलबार , साउन १९, २०७८

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति नरोक्ने !

बैसाख २५, २०७८ शनिबार 214

काठमाडौं : वैदेशिक रोजगार विभागले निषेधाज्ञाको बीचमा श्रम स्वीकृति नरोक्ने सोच बनाएको छ । नेपालमा संक्र’मणको दर अत्यधिकरुपमा बढेपछि सरकारले वैशाख २३ गते अर्थात

बिहीबारदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान ब\न्द गर्ने निर्णय गरिसकेको छ । सरकारको उक्त निर्णयपछि श्रम स्वीकृति यथावत राख्नु उचित नहुने च’र्चा थियो ।विभागले मंगलबारसम्म श्रम स्वी’कृति रोकेको छैन ।

विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले मंगलबार विभागमा यस विषयमा छलफल भएको र बुधबार मन्त्रालयमा हुने थप छलफलपछि श्रम स्वी’कृति रोक्ने वा नरोक्ने विषयमा निर्णय गरिने मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिए ।

अन्तर्राष्ट्रिय उडान बन्द भएको अवस्थामा श्रम स्वी’कृति प्रक्रिया जारी राख्नु उचित नहुने भएपनि विभागले दिने श्रम स्वीकृतिको अवधि तीन महिनासम्म मान्य हुने र त्यस

अवधिमा परिस्थित सहज भए श्रम स्वीकृति लिएका कामदारलाई रोजगार गन्तव्यमा जान सहज हुने भएकाले अनलाइन श्रम स्वी’कृति यथावत राख्नु उचित हुने धारणा आएको महानिर्देशक दवाडीले बताए ।

गन्तव्य देशमा कोरोना महामारी शुरु भएपछि गएको वर्ष अन्तर्राष्ट्रिय उडान राकिनु ९ दिन अघि नै श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दुबै रोकिएको थियो । त्यतिखेर वैदेशिक रोजगार व्यवसायीहरुले रोजगार गन्तव्य मुलुकले नरोक्दै सरकारले श्रम

स्वकिृति रोकेको कारण रोजगारदाता बिच्किएर अन्य देशबाट कामदार लिन थालेको भन्दै श्रम स्वीकृति रोक्न हतार गर्न नहुने सुझाव दिएका थिए । नेपाल, भारतसहित विश्वका विभिन्न देशमा देखापरेको नयाँ प्रजा’तिको कोरो’ना महामा\री अत्या’धिक संक्रा’मक खालको भएकोले विशेष सावधा’नी अपनाउने गरिए

पनि नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य कतारलगायतका देशमा महामा’रीको स्तर नियन्त्र’णमा आउन थालेको र को’रोनावि’रुद्धको खो’पले पनि काम गरेका कारण आर्थिक गतिविधि शुरु हुन थालेको छ । त्यसले कामदारको डि\माण्ड बढाउने सम्भावना पनि रहेको छ ।

यसअघि आकर्षक तलव र सुविधा भएका गन्तव्य मुखुकमा कामदार श्रम स्वकिृति पाएको अवस्थामा चा’र्टर गरिएका विमानबाट पनि पु’गेका थिए । खासगरी विदामा घर आएका जापान र युरोपियन मुलुकमा काम गरिरहेका नेपालीहरु वर्षौदेखि गरिआएको आ’कर्षक तलव सहितको रोज’गारी गुमा’उन नहुने भन्दै चार्टर विमानको महँगो भाडा भएपनि रो’जगारीमा जोडिन जाने गरेका छन् । -मध्याह्न बाट

प्रतिकृया दिनुहोस्