आइतबार , जेठ ३०, २०७८

मन्त्री अर्याल भन्नुहुन्छ : निर्वाचन तोकिएकै समयमा हुन्छ, ढुक्क हुनुस् ।

माघ १९, २०७७ सोमबार 308

स्याङ्जा : कृषि तथा पशुपंक्षी पन्त्री पद्मा कुमारी अर्यालले तोकिएकै समयमा निर्वाचन हुने बताएकी छन् । नेकपा स्याङ्जाको हरिनास गाँउ कमिटिले आज(शनिबार) आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री अर्यालले त्यस्तो बताइन् ।

सरकारले तोकेको बैशाख १७ र २७ गतेको निर्वाचन कुनै तत्वले बिथोल्न नसक्ने भन्दै उहाँले पार्टीलाई एकता’बद्ध बनाउँदै चु’नामी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह समेत गरिन् । कम्यु’निस्ट पार्टी विचारबाट निर्देशित भएको पार्टी रहेता पनि पद, शक्तिकै लागि मात्र ओली नेतृत्वको सरकार चारैतिरबाट घेराबन्दीमा परेको उनले बताइन् ।

जनताले विश्वास गरेको सबैभन्दा ठूलो पार्टी नेकपा पार्टी भित्रैकै ठूला नेताहरुले राष्ट्रपतीलाई महाअभियोग लगाउनेसम्मको तयारी गरी हस्ताक्षर संकलन गरेका कारण प्रतिनिधिसभाको विघटन गर्नुपर्ने स्थितीको सिर्जना भएको उनले बताइन् ।

नेकपा केन्द्रीय सदस्यसमेत रहेकी नेता अर्यालले वर्तमान समयमा कसैले फरक प्रतिक्रिया दिँदै आइरहेता पनि अहिलेसम्म पार्टी नफु’टेको बताइन् । उनले समुन्द्रबाट एक अ’म्खोरा पानी झिक्दैमा समुन्द्र नसकिने समेत बताइन् । मन्त्री अर्यालले भनिन्, ‘समुन्द्रबाट एक अम्खो’रा पानि झिक्दैमा समुन्द्र रित्तिदैन ।

पदको लोभले केही नेताले बाहिर भेला गर्दैमा नेपाल कम्युनिस्ट पाटी सकिँदैन ।’मन्त्री अर्यालले सत्तारुढ दल नेकपा विभाजनका सन्दर्भमा अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताइन् ।

मन्त्री अर्यालले सत्तारुढ नेकपा विभाजन भएर दुईवटा समूह बनेतापनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताइन् । घेरा’बन्दी अवसरमा हरिना’स गाउँपालिका वडा नं २ का वडासदस्य लालुमायाँ नेपाली लगायत १ सय ५६ जना नेपाली काँग्रेस परि’त्याग गरी नेकपामा प्रवेश गरेका थिए ।

प्रतिकृया दिनुहोस्