२०७८ कार्तिक ८ सोमबार

रुपन्देहीका मेयर-उपमेयरले बनाए आफु चढ्ने गाडीलाई एम्बुलेन्स, भन्छन बरु म साइकल मै हिँड्छु ।

काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र उपमेयर जगेश्वरीदेवी चौधरीले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाई बिहीबार बिहानदेखि कोरोना संक्र’मित र

अन्य बि’रामीलाई अस्पताल ओसार पसारमा प्रयोग गरेका छन् । मेयर घिमिरेको लु १ झ ३६० नम्बर र उपमेयर चौधरीको लु १ झ ३२६ नम्बरको स्क’र्पियो गाडीमा अ’क्सिजन सिलिन्डर जडान गरी एम्बुलेन्स सेवा सरहको बनाएर सर्वसाधारण

बि’रामी ओ’सारपसार गर्न लागिएको हो । मेयर घिमिरेले भने, ‘नगरवासीले चौबिसै घण्टा सवारी साधनका लागि हार|गु’हार गर्न थाल्नु भयो । भनेको समयमा अस्पतालसम्म लैजाने सवारी साधन नहुँदा अका’लमा ज्या’न जान सक्ने अवस्था पनि आउन थाल्यो ।

उपमेयर जी र मैले सल्लाह ग¥यौं र हामी दुवैजनाको गाडीलाई एम्बुलेन्समा रुपान्तरण गरेर अहिले बिहानदेखि बि’रामी बोक्न पठाउँदै छौं ।’

उनले आफुहरु बरु स्कुटी वा साइकल मै हिँड्ने उनले बताए ।लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला को’रोना सं’क्रमणको उच्च जो’खिममा छ । त्यसमा पनि बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिका थप जोखि’ममा छ ।

बुटवलमा बुधबार दिउँसो साढे ४ बजेसम्म १४६ महिला र १८६ पुरुषसहित ३३२ जना संक्र’मित छन् भने तिलोत्तमामा ७४ महिला र ८४ पुरुषसहित १५८ जना संक्रमि’त छन् ।बुधबार साँझसम्म जिल्लाभर ७९७ जना संक्र’मित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थप समाचार,

झापा : झापाको मेचीनगर–६ काँकरभिट्टा माविको खेलमैदानमा बनाउने भनिएको एक हजार बेडको होल्डिङ सेन्टर नयाँ बसपार्कमा बनाउने भएको छ ।

जिल्लामा आज बसेको डीसीसीएमसीको वैठकले नेपाली सेनाले एक हजार वेडको होल्डिङ सेन्टर मेचीनगर–७ प्यारीभिट्टास्थित नयाँ बसपार्कमा बनाउने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

तिमिल्सिनाका अनुसार नयाँ बसपार्कमा सेनाले एक हजार वेडको अर्ध स्थायी प्रकृतिको होल्डिङ सेन्टर बनाउने छन् ।
काँकरभिट्टा माविको खेलमैदानमा गत बर्ष नेपाली सेनाले

होल्डिङ सेन्टर निर्माण गरेको थियो त्यसको स्थानियले विद्यालयमा बनाएको भन्दै बिरोध पनि गरेका थिए । तर, अवस्था सामान्य बनेपछि मात्र सेनाले सो होल्डिङ सेन्टर हटाएको थियो ।

त्यस्तै आज बसेको डीसीसीएमसीको वैठकले निषेधाज्ञाका बेला निर्माण सामाग्री बोकेका सवारी साधनको समय परिवर्तन गरिएको छ ।

यस्तै विरामी बोकेका एम्बुलेन्स र शव वाहनका सवारी साधनहरुले तोकिए भन्दा बढी भाडा लिए कानून अनुसार कारवाही गर्ने पनि निर्णय गरेको छ ।

२०७८ बैशाख २५, शनिबार २०:४० गते 1 Minute 271 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार