आइतबार , साउन १०, २०७८

कुशल भन्छन् : बावर र फखरसँग “प्लेयर अफ द मन्थ” मा आफुलाई देख्दा सपना जस्तो लागि रहेछ। (भिडियो सहित)

बैसाख २६, २०७८ आइतबार 311

काठमाडौं : नेपाली स्टार क्रिकेटर कुशल भुर्तेलले ‘आईसिसी प्लेयर अफ द मन्थ’ मा बावर आजम र फखर जमानसँग भिड्न पाउँदा खुसि लागेको बताएका छन् ।

एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा कुशलले आफ्नो आईडल प्लेयरहरुसँग भिड्न पाउँ खुसि लागेको बताएका हुन् ।
“बावर र फखरलाई म निकै फलो गर्थे उनिहरुको खेल हेरेरै केहि कुरा सिक्थे जसको म खेल हेर्थे उनिहरुसँगै एउटै

लिस्टमा आफुलाई देख्दा खुसि लागेको छ । यो मेरो लागि सपना जस्तै हो” किर्तिमानी कुशलले भने । त्यस्तै आफुले पहिले देखि नै कहिले आफु बिश्वसामु चर्चित हुन्छु भन्दै कुरेको बताएका छन् । कुशलले भने : ‘भर्खरै मेरो क्रिकेट केरियर सुरु भएको छ अगामी दिनमा अझै मेहनत गर्नेछु, यस्तो किर्तिमानको अवसरहरु आईरहन्छन् ।

कुशलले अघिल्लो साता नेपालको टी२० आई टोलीबाट डेब्यू गर्दै विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए। उनले डेब्यूसहित लगातार तीन खेलमा अर्धशतक प्रहार गरेका थिए।

कुशल सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने पहिलो टि२० आई खेलाडीसमेत हुन्। कुशलले नेदरल्यान्ड्सको खेलमा डेब्यू गर्दै ६२ रन बनाएका थिए। दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ रन बनाएका थिए।

तेस्रो खेलमा नेदरल्यान्ड्सँग कुशलले ६२ रन बनाउँदै लगातार तेस्रो अर्धशतक प्रहार गरेका थिए। चौथो खेलमा मलेसियासँग १६ र फाइनलमा उनले नेदरल्यान्ड्ससँग ७७ रन बनाएका थिए।

यता, पाकिस्तानका कप्तान आजमले दक्षिण अफ्रिकासँगकाे ओडिआई र टी-२० आई सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए। दक्षिण अफ्रिकासँग अप्रिल २ मा पहिलो ओडिआई खेलमा उनले १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए। -ताजा खबर टिभी

भिडियो !

प्रतिकृया दिनुहोस्