शनिबार , जेठ २९, २०७८

भारतीय नागरिक नेपाल आउँदा अनिवार्य गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने…हेर्नुहोस् ।

माघ २०, २०७७ मंगलबार 180

काठमाडौ : भारतीय नागरिकले नेपाल प्रवेश गर्दा अनिवार्यरुपमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने भएको छ । सरकारले नेपाल–भारतसँग जोडिएका सीमानाका खुला गरेसँगै

भारतीय नागरिकले नेपाल प्रवेश गर्नका लागि गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने भएको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार भारतीय नागरिक के प्रयोजनका लागि नेपाल आउने

हो, सबै कारण खुलाएर गृहको स्वीकृतिपछि मात्रै प्रवेश पाउनेछन। सरकारको निर्णयपछि कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको

खलङ्गा नाका पूर्ण रूपमा सञ्चालनमा आएका छन् । सरकारले को’रोना भाइरसको जोखिम नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय गरेको

थियो । सरकारी निर्णयमा नाका बन्द भए पनि आवतजावत भने हुँदै आएको थियो । नेपाली नागरिक सहजरुपमा भारत जान पाउने भएका छन् । तर, भारतीय नागरिकले नेपाल प्रवेश गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको हो ।

प्रतिकृया दिनुहोस्