मंगलबार , साउन १९, २०७८

प्रधानमन्त्री ओलि भन्नुहुन्छ : एमालेलाई ‘सुदृढ र एकताबद्ध’ बनाउँदै अगाडि बढाउनु प्रमुख दायित्व !

बैसाख २६, २०७८ आइतबार 175

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई ‘अझ सुदृढ र एकताबद्ध’ बनाउँदै अगाडि बढाउनुपर्ने प्रमुख दायित्व आजको पुस्ताको भएको बताउनुभएको छ ।

अध्यक्ष ओलीले आइतबार प्रेस वक्तव्य जारी गर्दै नेकपा (एमाले)लाई अझ सु’दृढ र एकताब’द्ध बनाउँदै अगाडि बढाउनु पर्ने प्रमुख दायित्व आजको पुस्ताको भएको बताउनुभएको हो । उहाँले जारी वक्तव्यमा भन्नुभएको छ ।

‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या छन् । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन ।’ पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरो’धीहरुका स्वा’र्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै

केही नलागे सामूहिक राजी’नामा गरी-गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भएपनि पार्टीलाई पछारीछा’ड्ने जस्ता हानि’कारक प्रयासहरु भएको पनि उहाँको भनाइ छ ।

‘कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरो’धीहरुको दिग्वि’जय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त होइनन् र यी हानिकारक छन्’, जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

यस्ता विभिन्न क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? भन्दै उहाँले प्रश्न पनि गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसि’यतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’

साथै नेकपा एमालेले हल्ला चलाइएजस्तो कसैलाई पनि काखा’पाखा वा पक्षपात नगर्ने पनि उहाँको भनाइ छ । भन्नुभएको छ, ‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मज’बूत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु ।’

प्रतिकृया दिनुहोस्