२०७८ आश्विन ६ बुधबार

यदि यी लक्षण भए तुरुन्त पिसिआर टेस्ट गर्नुहोला अन्यथा ज्या’न जान सक्छ ।

काठमाडौ : यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन । ज्वरो आउने, खो’की लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखा’ला वा र बान्ता हुने,

एकदम थ’कान हुने, निद्रा लागिरहने, छालामा बि’मिरा आउने, आँखा रातो हुनेमध्ये केहि ल’क्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला । यसपटक परिवारमा एकजना सं’क्रमित भएमा सबै संक्र’मित हुने अवस्था छ ।

तसर्थ कुनै लक्षण देखिएमा आइ’सोलेसनमा बस्नुहोला । संक्रमणको शंका लागेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला । सहेर वा हेरौं भनेर अलमल नगर्नुहोला । जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ ।

– पिसिआर पो’जिटिभ आएमा गतसाल जस्तो सप्लिमेन्ट ( भिटामिन वा इम्युन बुस्टर ) खाएर ढुक्क नहुनुहोला । यसपटक छिटो को’भिड निमोनिया हुने भएकोले तुरुन्तै नजिकको को’भिड अस्पतालको फिभर क्लिनिकमा जानुहोला ।

त्यहाँ चिकित्सकले तपाइंलाई प’रीक्षण गरेर आबश्यकता अनुसार छातीको एक्स रे, रगतको जांच तथा सिटि स्क्यान गर्ने सल्लाह दिनुहुन्छ । यदि तपाइंको अवस्था खराब छ भने उहाँहरुले औषधि वा भर्नाको लागि सल्लाह दिनुहुनेछ । उहाँहरुको सल्लाह अक्षरस पालना गर्नुहोला ।

– लामो समय ज्व’रो आयो, खोकी लाग्यो, सास फे’र्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला । यो अवस्थामा तपाईंलाई छातीमा सं’क्रमण भएको बुझ्न सकिन्छ । जति छिटो अस्पताल पुग्यो त्यति छिटो भर्ना हुन् नपर्ने एबम सजिलोसंग निको हुने अवस्था हुन्छ ।

– गतसाल संक्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई संक्र’मण हुनसक्छ । प्रजाति फरक भएकोले गाह्रो हुन सक्छ । मैले खोप लगाएको छु वा पोहोरको एन्टिबोडीले काम गर्छ भनेर लापर’बाही नगर्नुहोला । अ’प्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला ।

– बालबालिका तथा युवालाई केहि हुँदैन भनेर घरमा नबस्नुहोला । यसपटक बालबालिका र युवाको संक्रमण दर, गम्भीर हुने दर तथा मृ’ त्युदर गतसालको भन्दा धेरै छ ।

– अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नु भयो भने अक्सि’जनको स्तर केहि बढ्दछ । तसर्थ पेटको बलमा घोप्टो परेर सुत्नुहोला ।

– अस्पताल प्याक छन् भनेर नआत्तिनुहोला । अस्पताल जाँदैमा सबै भर्ना हुनु पर्दैन । प्याक भएका अस्पतालले अस्पताल बाहिर समेत अक्सि’जन दिएर उप’चार गरिरहेका छन् ।

– चिकित्सकको सल्लाह बिना आफै अक्सिजन लगाएर घरमा नबस्नुहोला । अ’क्सिजन उपचार हैन । निमोनिया वा अन्य छातीको संक्रमणको औष’धि चलाउँदै अक्सि’जन लगाउनुपर्छ । अक्सिजनको मात्रा चिकित्सकको सल्लाह अनुसार मात्र थपघट गर्नुपर्छ ।

– औषधि उपचार प्रत्येक व्यक्तिको फरक हुनसक्छ । एकजनालाई निको भएको औषधिले अर्को व्यक्तिलाई निको नहुन सक्छ । तसर्थ स्वास्थ्यकर्मी बाहेकका व्यक्तिले सि’फारिस गरेको औषधि से’वन नगर्नुहोला । कुनै पनि औषधिले कोरोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो गलत हो ।

– प्रति’रोध क्षमता बढाउनको लागि जथाभावी आयुर्बेद औषधि नखानुहोला । सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारस अनुसार मात्र आयुर्बेद औषधि सेवन गर्नुहोला । आयुर्बेद औषधिले कोभिड निको हुँदैन । तपाइंको स्टामिना बढाउँछ । यस्तो बेला सबै चिकित्सा पद्दतिको एकीकृत उपचार प्रभावकारी हुन्छ ।

– यसपटकको संक्रमणले निकै छिटो फोक्सोमा असर गर्ने किसिमको छ । ४ – ६ घण्टामा निकै बढी असर गर्न सक्छ । तसर्थ भोलि अस्पताल जाउँला भनेर नबस्नुहोला । निको भएका संक्रमितका कुरा सुन्नुहोला ।

– कुनैपनि चिकित्सकले औषधि चलाएको बेला पनि भित्रभित्रै असर हुनसक्छ । यो भाइरल संक्रमण भएको हुँदा एन्टिबायोटिकको भर पर्नु हुँदैन । यस्तो अवस्थामा एकपटक छातीको एक्स रे वा सिटि स्क्यान गर्नु सुरक्षित हुन्छ ।

– अस्पतालमा गम्भीर बिरामीप्रति चिकित्सकको ध्यान बढी हुन्छ । तसर्थ नआत्तिनुहोला ।

– उपचार पश्चात पिसिआर नेगेटिभ आएपनि कोभिडले तपाइंका बिभिन्न अंगमा असर गरेको हुनसक्छ । चिकित्सकको सल्लाह अनुसार यसको पनि उपचार गरेर स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ ।

( सरकारले जारी गरेका सुचना, सतर्कता तथा जनस्वास्थ्यका मापदण्ड पालनाबाट हामी संक्रमणबाट बच्नेछौँ । कृपया पटक्कै लापरबाही नगर्नुहोला । हामीले आफु, परिवार तथा समाजलाई संक्रमण हुन् नदिनको लागि सतर्क बनौं । सतर्क भएमा हामी अस्पताल जानु पर्दैन । ) डाक्टर रविन्द्र पाण्डेको फेसबुक वाल बाट

२०७८ बैशाख २६, आईतवार २१:५६ गते 1 Minute 792 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार