शनिबार , जेठ २९, २०७८

मनछुने भनाईहरु – यति ब्यस्त पनि नबन्नुस । ताकी त्यो ब्यस्तताले सम्बन्धलाई बेवा-रिसे नबनाओस ।

बैसाख २८, २०७८ मंगलबार 144

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ ।

हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. जिन्दगीका बाटाहरुमा धेरै साथिहरु भेटिन्छन् छुटिन्छन् तर कोहि किन यति खास लाग्छ । जसले हामीलाई छाडिदियो, लाग्छ जिन्दगीको नै अन्त्य हुन्छ जस्तो ।
२. जब मान्छे गहिरो पिडामा पर्छ, गहिरो चोटमा पर्छ तब एकान्त ठाउ प्यारो हुन्छ र बिगत सम्झेर रुने गर्दछन ।

३. प्रतीक्षा मात्र गर्नुपर्छ, समयले सबै देखाईदिन्छ, मान्छेको साथ् र औकात कस्तो हुन्छ भनेर ।
४. रिसाउन सबैलाई आउछ तर सबैको भाग्यमा फकाउने व्यक्ति हुदैन ।

५. यति ब्यस्त पनि नबन्नुस । ताकी त्यो ब्यस्तताले सम्बन्धलाई बेवारिसे बनाओस ।
६. तिमी जुन रहरले म मा फुल्न आयौ, सबै सुख हराए सधै चोट पायौ, म डुब्ने किनारा कहा हास्न सक्नु, बेर्थै तिमिले मेरो हात समायौ ।

७. समयको परिबर्तन : हिजो सम्म म सधै तिम्रै हो भन्ने हरु, अहिले म को हो र तिम्रो भन्न थाली सके ।
८. कसैको त्यति धेरै पनि नजिक पनि नहुनु कि थोरै दुरिले पनि धेरै मन दुखोस ।

९. प्रायजसो यहि सोचले गर्दा नै सम्बन्धहरु सकिन्छ, “उसले याद गर्दैन भने मैले चै किन गर्नु ?”
१०. भोलि पनि परिवार सग हुन चाहने मान्छे आज परिवार सग बस्छ्न, भोलि परिवार सग हुन नचाहने मान्छे आज बाहिर बरालिन्छ्न । -इन्फोलिन्क

नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिकृया दिनुहोस्