मंगलबार , साउन १९, २०७८

टेकु अस्प’तालको भुइँमै उप’चार गराइरहेका बि’रामी भन्छन् – कतै भर्ना लिएन !

बैसाख २९, २०७८ बुधबार 341

काठमाडौं : को’रोना सं’क्रमितले बेड भरिएपछि टेकुस्थित शु’क्रराज ट्रपि’कल तथा सरुवा रोग अस्प’ताल अस्तव्यस्त बनेको छ । झण्डै एक दर्जनको हारहारीमा को’रोना संक्र|मितको अस्पताल पेटीको भुइँमा राखेर अ’क्सिजनसहित उपचार गराइँदैछ ।

यसको सोझो अर्थ हुन्छ कि अस्प’तालभित्रका कुनै पनि बेड खाली छैनन् । आफ्ना को’रोना सं’क्रमित बि’रामीलाई टेकु अस्पताल ल्याएर जसोतसो भुइँमै भए पनि भर्ना गर्न पाएकाेमा आफन्तहरुको भीड बाहिरी प्रा’ङ्गणमा बाक्लै छ। काठमाडौंका अन्य प्राइ’भेट अस्पतालहरुमा चहा’र्दा-च’हार्दा भ’र्ना नलिएपछि

टेकु अस्पतालले भर्ना लिएर गुन लाएकाे एक को’रोना संक्र’मितका आफन्तले बताउनुभयो । अस्पतालमा अ’क्सिजनको अभाव नभए पनि बेडको अभाव भएको उहाँको भनाइ छ । सुरुमा आफ्नो बिरा’मीलाई इमर’जेन्सीमा ल्याए पनि बेड अभा’वमा बाहिरै राखेर उप’चार गरिएको उहाँको भनाइ छ ।

तर उहाँको बिरामीको स्वास्थ्य सुधार नआएपछि पछिल्लो समय भित्र वा’र्डमा लगेर उप’चार गरिँदै गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिला केएमसी हस्पिटलमा र अन्य हस्पिटलामा लग्यौँ ।

त्यहाँ भ’र्ना लिन मान्नुभएन । त्यसपछि हामीले राति १० बजे इमर’जेन्सीमा ल्याएका हौँ । यहाँचाहिँ बाहिर राखेर भए पनि उपचार गर्नेगरी भर्ना लिनुभयो । पछि उहाँहरुले भित्र लानु भएको छ।’ उहाँले आफ्नो बिरा’मीका लागि डाक्टरले आ’इसीयू चाहिने बताइरहे पनि आफूहरुले धेरै ठाउँ खोजे पनि नपाइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई आइसी’यू चाहिएको छ भन्नुभएको छ । तर हामीले धेरै ठाउँ खोज्दा पनि पाइरहेका छैनौँ । कहाँनेर बुझ्ने, कता बुझ्ने भनेर मि’डियातिर पनि खोजिरहेको छौँ । तर कतै फोनै उठेन । पर्सन’ल रुपमा चिनेका मान्छेहरुलाई पनि सम्पर्क गरिरहेका छौँ । तर पाइरहेका छैनौँ ।’

त्यस्तैगरी अर्का एक को’रोना संक्र’मि’तले स्वयं आफू बेड नपाएर बाहिरी पे’टीमै उ’पचार गराइरहनु भएकाे छ । बाहिरै राखेर पनि चिकित्सकहरुले राम्रै उ’पचार गरिरहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘डाक्टरहरुले गर्ने कुरा राम्रै गर्नु भइरहेको छ । धेरै मान्छे भएकोले समस्या परेको हामीले पनि बुझ्नु बुझ्नुपर्छ ।’

त्यस्तै अस्पतलका एक कर्मचारीले बाहिरै रहेर उपचार गराइरहेकाहरुलाई चाँडै व्यवस्थित ढंगले उप’चारको व्यवस्था मिलाइने बताउनुभयो ।’‘अवस्था अनुसार बि’रामीको व्यवस्था हामी अब चाँडै गर्छौं । प्रथमि’कताको आधारमा हामी सबैलाई व्यवस्थित गर्छौं । कोही यहाँबाट उ’पचार न’पाएर नफ’र्कियोस् भन्ने हाम्रो चाहना छ,’ उहाँले भन्नुभयो ।

प्राइभेट अस्पतालसँग आ’क्रो’श

उता अर्का को’रोना सं’क्रमितका आफन्त भने प्रा’इभेट अस्पतालसँग आ’क्रोश पोखे । कोटेश्वरबाट को’रोना पो’जेटिभ बुवालाई टेकु ल्याउनुअघि न’र्भिक र स्टार हस्पिटलमा लगेकाेमा रकम धेरै असुलेको तर उपचार राम्रो नगरेको भन्दै उहाँले आ’क्रोश पोख्नुभयो ।

उहाँले भन्नुभयो, ‘सुरुमा न’र्भिक लग्यौँ । एक दिन राख्दा ३० हजार खाइदियो । केही सुधार आएन । त्यसपछि फेरि स्टारमा लग्यौँ । त्यहाँ १४ दिन राखियो । ८ लाख पैसा सकियो । तर बिरामी बीसको उन्नाइस भएन । अहिले बुबालाई ल्याको ३ दिन भयो अहिले धेरै ठीक भएको छ ।’

उहाँले पनि बुबालाई सुरुमा बेड नपा’एर बाहिर नै राखिए पनि अहिले भित्रै भर्ना गरिएको बताउनुभयो । सरकारले विकासको नाममा सडक बाटोघाटो योजना ल्याएको भन्दै दाबी गरे पनि जनतालाई जति गर्नु पर्ने हो त्यति नगरेको उहाँको गुना’साे छ । बरु स्वास्थ्य क्षेत्र व्यवस्थित नगरेर नागरिकको स्वास्थ्यमा’थि खे’लबाड गरेको उहाँको आ’रोप थियो ।

त्यस्तै अर्का ढाडको समस्या भएर अस्पताल भ’र्ना भएका दुई युवक अ’क्सिजनको सहारामा बाहिर पेटीमै प’ल्टिरहेका थिए । उहाँहरुले आफूहरु को’रोना संक्र’मित नभए पनि भित्री बेड भरिएको देखेको बताउँदै एक बुढी आमा बेड अभावमा बिजोक देखेकाले उहाँको लागि बेड छोडेर बाहिरै बसेको बताउनुभयो ।

तीमध्ये एक युवाले भन्नुभयो, ‘मैले एकजना बुढी आमा देखेर चाहिँ ल बस्नुहोस् भनेर बेड छाडेर बाहिर बसेको हुँ ।’
यद्यपि दुवै जना एक ठाउँ बस्नेगरी बेड मिलाई दिन अस्पताललाई आ’ग्रह गरेको र व्यवस्था चाँडै हुने उहाँहरुले आशा गर्नुभयो ।

अस्प’तालकाे क्ष’मताभन्दा बढी बिरामी

अस्पतालका सरूवा राेग विशेषज्ञ शेरबहादुर पुनले पनि अस्पतालको क्षमताभन्दा बढी बि’रामी राखेर उ’पचार गरिरहेको बताउनु हुन्छ । आएका संक्र’मितहरुलाई आफूहरुले फि’र्ता गर्न नमिल्ने भएकाले क्षम’ताभन्दा बढी सं’क्रमित राखेर उपचार गराउन अस्पताल बा’ध्य भएको उहाँको भनाइ छ ।

मानिसको जीवन बचाउनु अस्पतालको कर्त’व्य भएकोले दिनरात नभनी चिकित्स’कहरु ख’टिरहेको पनि उहाँले बताउनुभयो । अहिलेको अन्य अक्सि’जन अभावको समस्या नआए पनि यस्तै स्थिति रहिरहे यसै भन्न नसकिने उहाँको भनाइ छ ।

‘हाम्रो अस्पतालको क्षमताभन्दा पनि बढी को’सिस गरेका छौँ । हामीमा स्पेस त छैन अब । तर पनि हामीले जो-जो आउनुहुन्छ, उहाँहरुलाई फर्का’उन मिल्दैन किनभने हामीले जीवन बचाउनु छ,’ उहाँ भन्नुहुन्छ ।

‘अहिले अ’क्सिजन नपाएर मानिसको ज्या’न जाने अवस्था छ । त्यसैले हामीले सकेसम्म आफ्नो क’र्तव्य ठानेर क्ष’मताभन्दा बढी कोसिस गरिरहेका हौँ । अहिले यहाँ अ’क्सिजनको अभाव भने छैन । तर यस्तरी नै चाप बढिरहेमा समस्या आउन सक्छ ।’

प्रतिकृया दिनुहोस्