२०७८ कार्तिक १ सोमबार

बधाई ! भोटिङमा कुशल भुर्ते र फखर जमानलाई हराउँदै किङ बावर आजम बने ‘प्लेयर अफ द मन्थ’ !

काठमाडौं : पाकिस्तानका बाबर अजामले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ‘प्लेयर अफ दि मन्थ’ को अवार्ड जितेका छन्।

बाबरले आफ्नै देशका फखर जमान र नेपालका कुशल भुर्तेललाई पछि पार्दै अवार्ड जितेका हुन्। अवार्ड आइसिसीको वेभ पोर्टलमा आएको समर्थकको भोट र आइसिसी भोटिङ एकेडेमीको आधारमा घोषित गरिएको हो।

आइसिसी भोटिङ एकेडेमीमा आइसिसीका १२ वटा स्थायी सदस्यका २-२ प्रतिनिधि र २ जना अन्य प्रतिनिधि गरी २६ जना रहेका छन्। यसअघि आइसिसीले अप्रिल महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा नेपालका कुशलसँगै पाकिस्तानका बाबर र फखरको नाम सार्वजनिक गरेको थियो।

फखरले गत महिना तीन एकदिवसीय खेल खेल्दा २ शतकसहित ३०२ रन प्रहार गरेका थिए। यस्तै बाबरले एकदिवसीय खेलमा २२८ रन र टी-२० मा ३०५ रन प्रहार गरेका थिए।

कुशलले अप्रिलमा घरेलु मैदानमा भएको त्रिकोणात्मक टी-२० सिरिजमार्फत टी-२० मा डेब्यू गरेका थिए। नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको सिरिजमा उनले पाँच खेलमा चार अर्धशकत प्रहार गरेका थिए। उनले पाँच खेलमा २७८ रन प्रहार गरेका थिए।

२०७८ बैशाख २९, बुधबार २०:३९ गते 1 Minute 418 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार