२०७८ आश्विन ५ मंगलवार

बन्नु छ भने पानी जस्तो बन जो आफ्नो बाटो आफै खोज्ने गर्छ, ढुंगा जस्तो हैन जो अरुको बाटो पनि रोकिदिन्छ – अनमोल भनाईहरू ।

१) जब केहि सेकेन्ड मुस्कुराउदा फोटो राम्रो आउछ भने सधै भरि मुस्कुराएर बाच्दा जीवन कति राम्रो होला ।

२) जब कुनै काम गर्न सुरु गर्छौ, आफैलाई यी प्रश्न गर – ” म यो किन गर्दैछु ? यसले कस्तो नतिजा दिन सक्ला ? के म सफल हुन सक्छु ?” यदि यी प्रश्नहरुको जवाफले तिमी सन्तुष्ट हुन सक्छौ भने मात्र काम अगाडी बढाउ।

३) जुन समय जे कामको लागि प्रतिज्ञा गरिन्छ, ठीक त्यही समय त्यही काम गर्नुपर्छ । अन्यथा विश्वास नष्ट हुन्छ ।
४) यहाँ कुनै नियम छैन,मात्र, हामी केही पूरा गर्ने प्रयासमा छौं । ५) मैनबत्ती बिना आगो जल्दैन, त्यस्तै मनुष्य पनि आध्यात्मिक जीवन बिना बाच्न सक्दैन ।

६) हाम्रो भविष्य हामीले आज गर्दै गरेको काममा निर्भर रहन्छ । ७) तिमीले आफ्नो जीवनलाई अरुले व्याख्या गर्न नदेऊ, आफैले तिमीलाई परिभाषित गर ।

८) बन्नु छ भने पानी जस्तो बन जो आफ्नो बाटो आफै खोज्ने गर्छ, ढुंगा जस्तो हैन जो अरुको बाटो पनि रोकिदिन्छ ।
९) एकजना व्यक्तिमा मात्र पनि संसार परिवर्तन गरिदिन सक्ने सामर्थ्य हुन्छ। १०) झुट र सत्यबीचको लडाइमा झुटले नै जित्छ तर अन्तिम जीत भने सत्यकै हुन्छ ।

११) एक मिनेटमा जीवन बदलिदैन तर एक मिनेटमा लिएको निर्णयले तिम्रो पुरै जीवन बदलिन सक्छ, त्यसैले कुनै पनि निर्णय हतारमा नलिनु ।

१२) सफलताको उत्सव मनाउनु ठीक हो । तर, असफलताले दिन खोजेको पाठलाई बुझ्नु महत्वपूर्ण हो ।

विद्यार्थीको पढाइको लागि सहयोगी टिप्स
विद्यार्थी जीवन आफ्नो लक्ष्य निर्धारण गरेर त्यसलाई पछ्याउनको लागी हिंड्ने महत्वपूर्ण बाटो हो । राम्रो पढाइ तथा गहन अध्ययनले लक्ष्यलाई भेट्न सहज हुन्छ ।

यहाँ विद्यार्थीहरुलाई पढाइमा सहयोगी हुन सक्ने केही सुझाव रखिएको छ ।

१.आफ्नो लक्ष्य र त्यो लक्ष्य प्राप्तिको लागि आफ्नो प्राथमिकता छुट्टाउनुहोस् । २. पढ्न बस्दा एकपटकमा ९० मिनेट भन्दा बढी समय नपढ़नुहोस् ।

३. शारीरिक अभ्यास गर्ने गर्नुहोस् । यसले दिमागलाई पनि फुर्तिलो बनाउँछ । ४. इन्टरनेटलाई सामाजिक संजालको प्रयोग भन्दा आफ्ना लागि उपयुक्त विषयवस्तुको ज्ञान लिने माध्यम बनाउनुहोस् ।

५. पढाइको बीचमा दिमागलाई रिफ्रेस गर्न मनोरन्जनात्मक क्रियाकलापको लागि समय छुट्टाउनुहोस् ।
६. नोटहरु व्यवस्थित र सुरक्षित तरिकाले राख्नुहोस् । ७. समय मिल्दा आफ्ना पाठ्यक्रमका भन्दा बाहिरका किताबहरु पढ्ने गर्नुहोस्।

८. किताबको सबै कुरा रट्ने नभई महत्त्वपूर्ण कुराहरुमा विशेष ध्यान दिएर पढ्ने गर्नुहोस् ।
९. आफूले नबुझेको कुरा सोध्ने बानी बसाल्नुहोस् । १०. सकारात्मक सोंच राख्ने साथीहरुको संगत गर्नुहोस् ।

११. शान्त वातावरणमा, आवाज निकालेर पढ्ने र आफूले बुझेको कुरालाई व्याख्या गर्ने गर्नुहोस् । १२. परिक्षाको लागि होइन की, आफ्नो जीवनको लक्ष्य प्राप्तीको लागि पढ्दैछु भन्ने सोंच्नुहोस् ।

२०७८ बैशाख २९, बुधबार २२:१९ गते 0 Minutes 397 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार