२०७८ आश्विन ४ सोमबार

अफसोस त यो कुराको लाग्यो कि, उस्लाई अलिकति फरक पनि परेन मेरो कमि को – मनछुने भनाई ।

१) यदि तपाई भित्रको मान्छेले तपाईमाथी बिश्वास गर्छ भने बाहिरको मान्छेले तपाईको सफलतालाई रोक्न सक्दैन ।
२) हिडदै जाउ जिन्दगीमा अप्ठ्यारो बाटो आउदै गर्छ हिम्मत नहार अगाडि बढ बाटो आफै सहज हुदै जानेछ ।

३) सम्बन्ध कहिले पनि सुन्दर रुप र मिठो बोलीले टिक्दैन । सम्बन्ध त अटुट बिश्वास र निशर्त मायाले टिक्ने गर्छ ।
४) सोच्दैछु जिन्दगीमा खुशी कसरी हुनु भनेर तर अहिलेसम्म खुशी हुने पल नै भेटाएको छैन ।

५) जहाँ तिम्रो कदर हुदैन त्यहाँ जानु बेकार छ, चाहे त्यो कसैको घर होस् या कसैको मन ।
६) जित कहिले पनि ठुलो हुदैन किनकि जित भन्दा जित्नेवाला ठुलो हुन्छ, माफी कहिले पनि ठुलो हुदैन किनकि माफी भन्दा माफ गर्नेवाला ठुलो हुन्छ, त्यस्तै सम्बन्ध कहिले पनि ठुलो हुदैन किनकि सम्बन्ध भन्दा सम्बन्ध निभाउने वाला ठुलो हुन्छ ।

७) आफुले सास त्यागे पछी पनि आफ्नो चिन्ता गर्छ मान्छे, त्यसैले त स्वर्ग र नर्कको कुरा गर्छन् ।
८) किमत दुवै कुराको दिनु पर्छ, या बोलेपनि या नबोलेपनि । ९) बिश्वास नभए केहि कुरा आफ्नो हुदैन चाहे त्यो सम्बन्ध होस या आफ्नोपन ।

१०) मान्छे परीस्थितिले होइन मनस्थितिले टुट्छ । ११) यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा याद राख्नुपर्नेछैन ।

१२) बुरुसले घोट्दा तिमी अतालिन्छौ भने तिमी कसरी टल्किन सक्छौ । १३) सबैभन्दा सस्तो औषधी हास्नु हो, किनभने यसको कमि भयो भने सबैभन्दा महँगो औषधी खान बाध्य भइन्छ ।

१४) मलाई थाह छ, तिमी थाकेको छौ, तर चिन्ता नगर, त्यहि नै तिम्रो सपनासम्म पुग्ने बाटो हो ।
१५) अफसोस त यो कुराको लाग्यो कि, उस्लाई अलिकति फरक पनि परेन मेरो कमि को !

यसरि गर्न सक्नुहुन्छ किताब पढ्ने बानीको सुरुवात
पाठ्यक्रम भन्दा बाहिरको किताब पढ्ने बानीले अतिरिक्त ज्ञान दिन्छ । किताबहरुले संसारको बारेमा बुझाउन सक्ने , विचारहरुको सिर्जना गरिदिन सक्ने, सिर्जनात्मकता बढाइदिन सक्ने क्षमता राख्छन् ।

अतिरिक्त किताब पढ्ने बानीले ज्ञान र विचारको दायरालाई फराकिलो बनाइदिन्छ । यदि तपाईंमा किताब पढ्ने बानी छैन भने, आजैदेखि यसरि पढ्न सुरु गर्नुहोस्। यसरि गर्न सक्नुहुन्छ किताब पढ्ने बानीको सुरुवात :

आफूलाई मन पर्ने विधा कविता, कथा, उपन्यास वा गैरआख्यानको किताबबाट पढ्न सुरु गर्नुहोस्।

आफूले जीवनी पढेका लेखक अथवा साहित्यकारले लेखेका किताबहरु खोजेर पढ्नुहोस्। किनकी, लेखकको बारेमा जानकार भैसकेको हुनाले त्यो किताब पढ्न उत्साह आउन सक्छ। साथीले पढेको र राम्रो लागेको किताब सोधेर पढ्नुहोस्।

आफ्नो झोलामा सधै एउटा किताब राखिराख्नुहोस्। यसो गर्नाले कसैलाई पर्खिनुपर्दा, कार्यालय / कलेज र घरको यात्रा गर्दा आदि समयमा तपाईंले त्यो किताब पढेर खेर गइरहेको समयको सदुपयोग गर्न सक्नुहुन्छ।

विषयवस्तु र शब्द गहन छन् भने एकान्तको समयमा पढ्नुहोस्। किताब सधैभरि किनेर पढ्न गाह्रो हुने भएकोले आफ्नो स्कुल / कलेजको, सार्वजनिक संस्थाको लाइब्रेरी कार्ड बनाउनुहोस्।

अनिवार्य रुपमा दिनमा एउटा किताब पल्ट्याउन थाल्नुहोस्। पत्रपत्रिकाहरुमा आउने किताबहरुको समिक्षा पढ्नुहोस्। यसले गर्दा तपाईंलाई किताबबारे जानकारी लिन र किताब छनोट गर्न मद्दत पुग्छ।

कसैलाई उपहार दिंदा किताब उपहार दिने बानी सुरु गर्नुहोस्। यसो गर्दा अरुलाई त किताब पढ्न प्रेरित गर्नुहुन्छ नै तपाईंलाई पनि किताबप्रति मोह बढेर जान्छ । -अनमोल बिचार

२०७८ बैशाख २९, बुधबार २२:२२ गते 1 Minute 382 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार