२०७८ आश्विन ५ मंगलवार

छाला देखि पेटसम्मको लागि वरदान हो सात्तु, मधुमेह र मोटोपन लागि झन् फाइदाजनक ।

काठमाडौँ : मुलुकभर अहिले निकै गर्मी बढिरहेको छ, विशेषगरी तराई क्षेत्रमा। मानिसहरुका लागि घरबाट बाहिर निस्कन मात्र नभई घरभित्र बस्न पनि मुश्किल भईरहेको छ।

मानिसहरु ग’र्मी र लुबाट बच्नको लागि थरी-थरीका उपायहरु अपनाईरहेका छन्। कोही रुखको चिसो र शीतल छहारी खोजिरहेका छन् त कोही आइबसक्रिम र को’ल्डड्रिंक्सले आफ्नो अतृ’प्त प्यास मेट्ने प्रयास गर्दै छन्।

यी सबै चिजले तपाईलाई केही बेर अवश्यै राहत मिल्नेछ तर गर्मीमा सुकुन भने पाउनुहुने छैन। गर्मीयाममा सात्तु अत्यन्तै फाइदाजनक हुन्छ। सात्तु स्वदेशी कोल्ड ड्रि’ङ्क्सको नामले पनि चिनिन्छ। यसलाई तपाई आफ्नो घरमै बनाउन सक्नुहुन्छ। सात्तु भुटेको जौ र चनालाई पिसेर बनाइन्छ।

सात्तुलाई नेपालमा अत्यन्तै मन पराइन्छ। यो थुप्रै व्य’ञ्जन बनाउन पनि प्रयोग हुन्छ। सामान्यतः सात्तु पिठोको रुपमा हुन्छ जसलाई पानीमा घोली पिईने गरिन्छ। यसलाई चियासँग मिसाएर पनि पिउन सकिन्छ।

गर्मीको मौसममा यसले तपाईलाई लामो समयसम्म कुल राख्नेछ र यसले कुनै बेफाइदा पनि गर्दैन् परन्तु चनाको सात्तुको सर्बत स्वास्थ्यको लागि लाभ’दायक हुन्छ। यसको सेवनले पेटका थुप्रै समस्या’हरुबाट छुट’कारा मिल्दछ। त्वचा र कपालको लागि पनि चनाको सात्तु फाइदाजनक हुन्छ। सात्तुमा फाइबर र कार्बोहा’इड्रेट हुन्छ। सात्तुले शरीरलाई ठण्डा राख्दछ।

सात्तुका फाइदाहरु !

गर्मीमा टन्टलापुर घामको कारण शरीर पसिनाले निथ्रुक्क भिज्छ। जसको कारण शरीरमा पानीको कमी हुन्छ। यसले हाम्रो इनर्जी लेवल पनि डाउन हुन् लाग्छ। यस्तो स्थितिमा सात्तुले तुरुन्त इ’नर्जी दिने काम गर्छ। सात्तुको सेवनले शरीरलाई ठण्डा राख्दछ जस कारण गर्मीमा यसको सेवन गर्न सल्लाह दिईन्छ।

यसले पेटलाई ठण्डा राख्न मद्दत गर्दछ जसको कारण व्यक्तिलाई लु लाग्न पाउँदैन। सात्तुले शरीरको ताप’मानलाई नियन्त्रणमा राख्दछ, जस कारण पेट सम्बन्धी थुप्रै बि’मारीबाट बच्न सकिन्छ। चनाको सात्तुमा मिन’रल्स, आइरन, म्याग्ने’सियम र फ’स्फोरस पाइन्छ जसले तपाईको शरीरको थकान हटाएर तपाईलाई तत्कालै उर्जा दिने काम गर्छ।

शरीरमा रगतको कमी भएमा व्यक्तिलाई रक्तअ’ल्पता (ए’नेमिया) लाग्छ। यदि तपाईमा र’क्तअल्प’ता छ भने दैनिक पानीमा सात्तु घोलेर पिउँदा निकै ला’भदायक हुन्छ। सम्पूर्ण आहारको लागि जरुरी सबै तत्व सात्तुमा पाइन्छ। सात्तु खाएमा या पिएमा लामो समयसम्म भोक लाग्दैन। वजन कम गर्नको लागि सात्तुले निकै मद्दत पु¥र्याउँछ।

सात्तुमा हुने बिटा-ग्लुकेन शरीरमा बढिरहेको ग्लुकोजको अव’शोषणको कम गरी रगतमा सुगर लेवललाई निय’न्त्रणमा राख्दछ। सात्तुको सेवन दैनिक गरेमा मधुमेह रोगीले डाय’बिटिजलाई निकै हदसम्म नियन्त्र’ण गर्न सक्छन्।

उच्च रक्त’चाप(हाई ब्लडप्रेसर) का बिरा’मीलाई सात्तुलाई पानीमा घोली त्यसमा थोरै नुन हालेर पिउन सल्लाह दिईन्छ। गर्भावस्था तथा महि’ना’वारीको समयमा महिलाहरुमा पोषक तत्वको कमी हुन्छ। यी पोषक तत्वको पूर्तिको लागि सात्तु एक सर्वो’त्कृष्ट औषधी हो। सात्तुमा हुने भि’टामिन्स र प्रोटिन्स शरीरमा पोषक तत्वको कमीको पूरा गर्दछ।

बुढापाकाहरुका लागि सात्तु अमृत समान हुन्छ। बढ्दो उमेरसँगै बुढाबुढीहरुका शरीरमा अनेक समस्याले डेरा जमाउन थाल्छन्। जसमध्ये पाचन प्रणाली ख’राब हुनु, क’ब्जियत, ए’सिडिटी र मुटुसँग सम्बन्धित रोगहरु आदि हुन्। यी रो’गहरुसँग लड्न सात्तु निकै लाभ’दायक हुन्छ।

च|म्किलो, गोरो एवं सुन्दर त्वचा कसले पो चाहदैनन् र ? तर आफ्नो त्वचाको खास ख्याल नगर्दा र पोषक तत्व सन्तुलन नमिल्दा तपाईको त्वचा सुख्खा, खस्रो र अस्वस्थ हुन्छ। हरेक दिन सात्तुलाई पानीमा घोलेर पिउँदा तपाईको त्वचा हाइड्रेट रहन्छ र नयाँ को’शिकाहरु बनाउन मद्दत पुग्दछ।

यदि तपाई लामो, घना, बाक्लो, सुन्दर र कालो कपाल चाहनुहुन्छ भने तपाई आफ्नो हरेक दिनको डाइटमा सात्तु ड्रिं’कको प्रयोग गर्न सुरु गर्नुहोला। पोषक तत्वको कमीको

कारण कपाल पातलो हुने, कपाल झर्ने र समयअगावै सेतो हुने जस्ता समस्याहरु हुन्छ। हाम्रो शरीरजस्तै हाम्रो कपालको लागि पनि पोषक तत्वको आवश्यकता पर्दछ र सात्तुमा हुने प्रोटिन, भिटामिन र एन्टि-अक्सि’डेन्टले यस कमीको पू’र्ति गर्दछ। -बिगुल न्युज

२०७८ बैशाख ३०, बिहीबार ०९:२९ गते 1 Minute 301 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार