२०७८ आश्विन १ शुक्रबार

केही यथार्थ तथा उत्कृष्ट लाइनहरु ।

हामीले मनछुने यथार्थलानहरुको संग्रह प्रकाशित गर्ने गरेका छौ; सोही क्रममा आज हामीले ‘केही यथार्थ लाइनहरु’ दशौ संकलन यहाँ प्रस्तुत गर्दैछौ ।

आशा गर्दछौं यी लाइनहरुले यहाँको जीवनमा सकारात्मक परिवर्तन ल्याउनको निम्ति महत्वपूर्ण टेवा प्रदान गर्नेछ ।
१. सत्यको बाटोमा हिड्ने व्यक्तिले दुइ गल्ती गर्न सक्छ, १) पुरै बाटो तय नगर्नु, २) सुरुवातनै नगर्नु

२. यदि तपाईले कसैको लागि दियो बाल्नुभयो भने त्यसले तपाईको मार्ग पनि उज्यालो पार्नेछ ।
३. लक्ष्य सम्म पुग्नुभन्दा धेरै महत्वपूर्ण यात्रा राम्रो संग तय गर्नु हो ।

४. सबथोक पाएर दुखि हुनुभन्दा सबैथोक गुमाएर खुशी हुनु महान कुरा हो ।
५. यो दुनिया जसले जस्तो देख्न चाहन्छ, त्यस्तै छ । कसैले गुलाबमा काडा देख्छ त कसैले काँडामा गुलाब ।

६. झारपात जस्ता मान्छे जीवनबाट उखालेर फालिदिनुस । तबमात्र तपाइको साथी सर्कलले भरिएको बंगैचा सुन्दर देखिन्छ ।
७. गल्ती गर्नु मानविय कर्म हो र क्षमा गर्नु इश्वरिय कर्म ।

८. लडाइमा कुकुरको आकारले कुनै महत्व राख्दैन, महत्व त लड्ने क्षमताले राख्दछ ।
९. यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा याद राख्नुपर्नेछैन ।

१०. केहि गुम्यो भनेर दुखि नबन, जे गुम्यो त्यो कुनै न कुनै रुपमा तिम्रो जीवनमा फेरी फर्केर आउछ ।

११. तिमी ठुलो आवाज मार्फत होइन, शब्दहरु मार्फत बोल किनकि फूलहरु फुल्ने पानीको कारणले हो, मेघ गर्जनले होइन ।
१२. तिमी पखेटा लिएर जन्मेका छौ, किन आफ्नो त्यो क्षमतालाई प्रयोग नगरेर बामे सर्न खोज्छौ । -सफलता पोस्ट

२०७८ बैशाख ३०, बिहीबार १३:२५ गते 1 Minute 452 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार