शनिबार , जेठ २९, २०७८

निषेधाज्ञामा पनि धमाधम निर्माण हुँदैछ नागढुङ्गा सुरुङमार्ग

बैसाख ३०, २०७८ बिहिबार 160

सञ्चिता घिमिरे । काठमाडौं : नयाँ भेरि’यन्टसहितको को’रोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्गको निर्माण नियमित गतिमा नै भइरहेको छ ।

विश्वव्यापी महामा’रीको समयमा समेत आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर निर्माण अघि बढाइएको आयोजनाले जनाएको छ । आयोजनामा स्वास्थ्य सुरक्षा मापद’ण्ड पालना गरिएकाले विगत महिनामा जस्तै अहिले पनि यहाँ ६५० भन्दा बढी कामदार कार्यरत छन् ।

अहिले निर्माणस्थलमा बाहिरबाट कोही पनि सकेसम्म नआउने र आउनै पर्ने व्यक्ति पनि स्वास्थ्य जाँच गरेर मात्रै आउन दिइएको आयोजना प्रमुख नरेशमान शाक्यले बताउनुभयो । बाहिरबाट जानैपर्ने व्यक्तिलाई ज्व’रो जाँच गरेर मात्रै छिर्न दिइने गरिएको छ । आयोजनामा सम्बन्धित व्यक्तिबाहेक बाहिरबाट आगन्तुक जान रोक लगाइएको छ ।

उहाँले भन्नुभयो, “अहिलेको अवस्थालाई विचार गरेर हामी पनि आवश्यक हुँदा मात्रै जाने गरेका छौँ ।” स्वास्थ्य सुरक्षाको मापद’ण्ड पालना गरिएको र त्यति गर्दागर्दै कसैलाई सङ्क्रमण भएको शङ्का लागेमा छुट्टै बस्नका लागि व्यवस्था

मिलाइएको आयोजनाले जनाएको छ । निर्माणस्थलमा नै २५ जना क्षमताको १० कोठाको आइसो’लेशन बनाइएको छ । तीन ठाउँमा २५/२५ जना बस्न सक्ने गरी छुट्टाछुट्टै क्याम्पको व्यवस्था मिलाइएको छ । कोही व्यक्ति सङ्क्र’मित भइहालेमा उसलाई तत्काल छुट्याएर राखिने प्रमुख शाक्यले बताउनुभयो ।

निर्माणस्थलमा का’र्यरत व्यक्तिलाई समस्या आउँदा तत्काल समाधान गर्न अक्सिजन सिलिण्डर र मेडिकल टोली पनि व्यवस्था रहेको प्रमुख शाक्यले जानकारी दिनुभयो । मेडिकल टोलीमा अहिलेसम्म चिकि’त्सक नभएकामा त्यसको पनि आवश्यक रहेकाले ल्याउने योजना रहेको उहाँले बताउनुभयो ।

आवश्यक पर्दा एम्बुलेन्स पनि तयारी रहेको बताइएको छ । उहाँले भन्नुभयो, “हामीले सकेसम्म आवश्यक पर्ने सबै कुराको व्यवस्था मिलाइएको छ ।” निर्माणस्थलमा अहिलेसम्म जनशक्ति र निर्माण सा’मग्रीको अ’भाव छैन । निषेधा’ज्ञामा व्यवस्था गरिएअनुसार निर्माण सामग्री रातको समयमा ल्याउने गरिएको छ ।

निषेधा’ज्ञाको नियम पालना गरेर काम भइरहेको प्रमुख शाक्यले जानकारी दिनुभयो । निर्माण सामग्री उत्पादन गर्ने ठाउँमा कोभिडले अवरोध गरेर रोकिए पनि अहिलेसम्म निर्माणस्थलमा कुनै पनि किसिमको अव’रोध छैन । उहाँले भन्नुभयो, “अहिले जो’खिमलाई विचार गरेर साइटबाट अन्यत्र सङ्क्र’मण नसरोस् भनेर ध्यान पु¥र्याइएको छ ।”

गत महिनासम्म काम गरिरहेका कामदारमध्ये कोही पनि अहिलेसम्म निर्माणस्थल छाडेर गएका छैनन् । कामदार निर्माणस्थलभित्र नै क्याम्पमा बसेर काम गरिरहेका आयोजनाले जनाएको छ । बाहिरबाट आवतजावत कम गर्दा सङ्क्र’मण फैलन सम्भावना कम हुने भएकाले सकेसम्म अरुलाई पनि भित्र बस्ने व्यवस्था मिलाइएको छ ।

प्रयोगशाला प्रावि’धिक (ल्याब टेक्नि’सियन) सामान्य अवस्थामा बाहिरबाट आउजाउ गरेकामा अहिले भित्र बस्न व्यवस्था मिलाइएको छ । नेपाली र जापानीलाई थोरै सङ्ख्यामा मात्रै पास दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच गाडीलाई पास दिएर कम आवत’जावत गरिएको छ ।”

सुरुङ निर्माणको काम अहिलेसम्म तोकिएको तालिकाभन्दा एक महिना पछाडि रहेको छ । गत आवमा कोभि’डका कारण लामो समयसम्म निर्माणमा अवरो’ध भए पनि तालिकाभन्दा कम मात्रै पछाडि रहेको छ । निर्मा’णस्थलमा काठमाडौँ र धादिङ गरी दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

धादिङतर्फ माटो फिलिङ गरेपछि दुवैतर्फबाट खन्ने योजना बनाइएको थियो । तर सुरु|ङभित्र माटो लैजान भित्र जाम हुने भएकाले अहिले कहिले काठमाडौँतर्फ त कहिले धादि’ङतर्फ खन्ने काम भइरहेको छ ।

सुरुङ खन्नका लागि पाँच थान उप’करण भए पनि तीन थान प्रयोग भइरहेका छन् । अहिले धादिङमा निर्माणाधीन ‘अण्ड’रपास’ सकिएपछि चार ठाउँबाट काम गर्न सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार त्यसपछि कामको गति अझै बढ्नेछ । धादिङतर्फ ‘अण्डर पास’ बनिरहेकामा एक महिनामा सकाउने योजना रहेको छ ।

काठमाडौँमा सुरुङको मुखमा ‘ओ’भरपास’ नि’र्माणाधीन रहेकामा सकिने अवस्थामा पुगिसकेको छ । बलम्बुमा एउटा ‘फ्लाइओभर’ निर्माण गर्नुपर्ने छ । त्रिभुवन राजमार्गबाट मोडिएर सुरु’ङमार्ग जाने बाटोमा ‘फ्ला’इओभर’ को योजना रहेको छ ।

सो निर्माणका लागि जग्गाको मुआ’ब्जाको काम सङ्क्र’मण बढेकाले रोकिएको छ । उहाँले भन्नुभयो, “सङ’क्रमण बढेर निषे’धाज्ञा हुँदा हामीले पनि जिल्ला प्र’शासन कार्यालयलाई काम अघि बढाउनु भन्न सकेका छैनौं ।”

निर्माणस्थलमा अहिलेसम्म निर्माण सामग्रीको समस्या छैन । जापानबाट आउनुपर्ने अधि’कांश ठूला उप’करण आइसकेका छन् । अन्तिम काम (फि’निसिङ)को केही सामग्री मात्रै ल्याउन बाँकी रहेको आयोजनाले जनाएको छ । जापान सरकारको ‘सफ्ट लोन’मा ४२ महिनामा सो सुरुङको निर्माण सम्पन्न

गर्ने गरी नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङदो कर्पारेशनबीच सम्झौ’ता भएको थियो । सुरु’ङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने जाम हट्ने अपेक्षा गरिएको छ । सुरु’ङमार्ग खन्दा आएका

मजबुत ढु’ङ्गा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुने बताइएको छ । क’मजोर ढुङ्गा र माटोलाई भने सि’स्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क, तरकारी सङ|कलन केन्द्रलगायतका स्टल हुने बताइएको छ । -रारस

प्रतिकृया दिनुहोस्