आइतबार , जेठ ३०, २०७८

ट्रमाका लागि आउनु पर्ने अक्सिजन पुलिसको ठूलो मान्छेले लिएर गए ।

बैसाख ३०, २०७८ बिहिबार 264

काठमाडौ : अत्यन्तै मर्माहत छु साथिहरू साँझ ५:४९ बजे ।आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो ।

‘सर, अक्सिजन सकिनै लाग्यो!’‘कसरी!’ आज त हामीहरुलाई ५० सिलिण्डरका दरले ४-४ घण्टामा दिने हैन र! ‘हो सर, तर ४ बजे आउनुपर्ने ग्यास अझै आएन। सर कम्पनीमा सोधिदिनुहोस् न किन आएन? अब १५ मिनेटलाई मात्र पुग्छ।’

मैले कम्पनिको ओनर सँग फोन गर्छु, ‘जी खैत आज पनि त्यस्तै भो किन? बि’रामी त म’र्छन् केहिबेरमा यदि सप्लाइ भएन भने त।’ ४ बजे नै आउनुपर्ने किन ढिला भयो त? ऊ-सर हजुरहरुलाई राखेको अक्सिजन सिलिन्डर पुलिसको ठूलो मान्छेहरु आएर लिएर गए।

हामीले के भन्ने सर, ज’ब’र’ज’स्ती गरेपछि! म ट्वाँ ! (रि’स र पि’डाले रुन मात्र सकिन)म; अब के हुन्छ? ऊ: हैन सर १० वटा पठइदिहाल्छु। म यार तपाई !

मानिसहरु भेन्टिलेटर मा छन्, अक्सिजन बिना एक मिनेट रहन सक्दैनन्, खे’लाँची सम्झनु हुन्छ यो मानव जीवनलाई! ती मानिसको मृ’त्यु भएमा जिम्मेवार को? तपाई कि म! कि ती ‘ठूला पु’लिस’ ?

ऊ-सर त्यो त म के भनुँ। नि:शब्द ! त्यस पछि गृह सचिवज्यूलाई फोन गरेँ र भनेँ, यो देशमा पु’लिसको दा’दागिरी चल्दो रैछ हैन सचिवज्यू? बरु मेरो अस्पताल तिनैलाई जि’म्मा लगाइदिनुहोस् सर, मलाई ह’टाइदिनुस्! उता यस्तै हो म बुझ्छु ।

पि’डा छ हजुर जीवनमा डाक्टर भएँ ! मानव जीवनलाई माया गरेँ। आँखै अगाडि धेरै मृ’त्यु देखिरहेको छु, मजस्तै जीवनहरु तिमीहरुलाई ब’चाउँन सकिन, माफ गर हा’र्दिक श्र’द्दान्जली प्रिय जीवनहरु! -(ट्रमा सेन्टरका निमित्त निर्देशक डा सन्तोष पौडेलले सामाजिक सञ्जालमा राखेको अनूभव)

प्रतिकृया दिनुहोस्