२०७८ आश्विन ४ सोमबार

प्रधानमन्त्रीमा केपी शर्मा ओली पुनः नियुक्त, सपथ भोलि ।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा पुनः नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

ओलीलाई शुक्रबार दिउँसो दुई बजे शपथ गराउने तयारी भइरहेको बताइएको छ । ओलीले बैशाख २७ गते संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः पदमुक्त हुनुभएको थियो ।

त्यसपछि दलहरूलाई बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिनुभएको ३ दिनको समयमा कसैको पनि दा’बी नपरेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

२०७८ बैशाख ३०, बिहीबार २३:३३ गते 1 Minute 383 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार