आइतबार , साउन १०, २०७८

अनमोल भनाई – सायद मैले गरेको माया भुल्न नसकेर अझैपनि उ अरुलाइ मेरो बारेमा सोध्ने गर्छे ।

बैसाख ३१, २०७८ शुक्रबार 319

१) दुश्मन बनाउनको लागि जरुरी छैन कि लड्नै पर्छ, बस तिमी अलिकति सफल भएर हेर दुश्मन आफै बन्न थाल्ने छन् । २) जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।

३) एक समझदार मान्छे त्यहि हो जो अरुको प्रगति देखेर जल्दैन बरु तिनीहरुको बिषेशता बाट आफुले पनि केहि सिक्दछ ।
४) ब्यबहार यति सरल बनाउनु कि सबै तिमी संग बस्न सकुन र कर्म यति ठुलो बनाउनु कि तिमी उठेपछि कोहि बसी नरहून ।

५) राम्रो देखिनको लागी होइन राम्रो बन्नको लागी जिउनु किनकि जो मान्छे झुक्न सक्छ त्यसले पुरै दुनियालाई पनि झुकाउन सक्छ ।

६) तपाई संग हजारौ साथीहरु होलान तर जब तपाई बिरामी परेर हस्पिटलमा पुग्नुहुन्छ तब हस्पिटल बाहिर उभिने तपाईको आमा बुबा, तपाईको श्रीमती र तपाईको छोरा छोरी माता हुन् । त्यसैले यो कल्पनाको दुनियाबाट निस्किएर आफ्नो परिवारलाई समय दिनुहोस ।

७) प्रेमको बारेमा ठाउ ठाउमा अनेक परिभाषा सुनिन्छ कि प्रेम यो हो, प्रेम त्यो हो तर साच्चै प्रेमलाई बुझ्नको लागि एक मात्र उपाय छ र त्यो हो आफै प्रेममा पर्नु, त्यो बाहेक अरु कुनै बिकल्प छैन ।

८) आफ्नो बाटो आफै रोज किनकि तिमीलाई तिमीले भन्दा अरुले राम्रो संग बुझेको छैन । ९) बोलाउदीन जसलाइ म संग बोल्ने मन नै छैन भने किनकी मैले नबोलाउदा उनीहरु खुशी हुन्छ भने ।

१०) जिन्दगीका आफ्नै नियम छन जसले हामीलाइ बाचुन्जेल बाधेर राखेको हुन्छ । ११) सायद मैले गरेको माया भुल्न नसकेर अझैपनि उ अरुलाइ मेरो बारेमा सोध्ने गर्छे ।

१२) “जिन्दगी” अनि तस्बिरमा भएको “गाडी” उस्ता उस्तै हुन, थाहै हुदैन गन्तव्यमा कतिबेला पुगिन्छ भन्ने तरपनि हिम्मत हार्नु हुदैन हिडदै गर्नुपर्छ एकदिन अबस्य पुगिन्छ ।

१३) मुस्कुराउनु पनि एउटा कला हो, जसले देख्नेलाइ उ सारै खुशी छ भन्ने आभास दिलाउछ । १४) सफलता कहिले पनि एकैचोटी आउने समुद्रको छाल जसरी आउदैन, सफलता त एक एक थोपा पानी जसरी आउने गर्छ, जसलाई निरन्तर र अथक प्रयासले जोड्नु पर्छ ।

१५) जब तपाइको बुबाको काँध सम्म आइपुग्नु हुन्छ तब यो बझ्नुस कि जुन काधमा तपाई खेलेर हुर्किनुभयो अब त्यहि काशाको बोझ उठाउने बेला भयो । -अनमोल बिचार

प्रतिकृया दिनुहोस्