शनिबार , जेठ २९, २०७८

आलुको बोक्राको पनि अचम्मैको फाइदाहरु थाहा पाउनुहोस ।

बैसाख ३१, २०७८ शुक्रबार 199

स्वास्थ्य : हाम्रो खानामा आलु सबैभन्दा बढी प्रयोग हुने तरकारीमा पर्छ । त्यसैले आलुलाई तरकारीको राजा पनि भनिन्छ । तर, हामीमध्ये धेरैले आलुको प्रयोग गर्दा बोक्रा भने फाल्नेे गर्छौ । विज्ञहरु भने आलुमा भन्दा बोक्रामा बढी तागत पाइने बताउँछन् ।

फाइबर तथा अन्य पौष्टिक तत्वले भरिपूर्ण हुने भएकोले आलुको बोक्रा हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा झण्डै ९० प्रतिशत पौ’ष्टिक तत्व रहेको हुन्छ । त्यसैले आलुलाई ताछेर खानु भनेको त्यो पौष्टिक तत्व नष्ट गर्नु हो ।

आलुको बोक्राले स्वास्थ्यमा पु¥र्‍याउने फाइदा यस्ता छन्ः रोग प्रतिरोधात्मक क्षमता बढाउँछः आलुको बोक्रामा भिटामिन सी पाइन्छ । जसले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । तौल कम गर्छः हामीमध्ये कतिपय आलुुले तौल बढाउँछ भनेर सकेसम्म कम खान छोड्छौं । तर, यसको ठीक विपरीत आलुको बो’क्रामा फ्याट कम हुन्छ । जसले हाम्रो शरीरको तौल घटाउन मद्दत गर्छ ।

क्या’न्सरको जो’खिम कम गर्छः आलुको बोक्रामा फाइटोकेमिकल्स धेरै हुन्छ । यसले हामीलाई क्या’न्सर रोगको जोखि’मबाट बचाउँछ । मुटु रोगमा फाइदा दिन्छः सामान्यतया शरीरमा कोल’स्ट्रोलको मात्रा बढ्दा हृ’दयाघात र मु’टु सम्बन्धी रोगले सताउने गर्छ ।

तर, आलुको बोक्रामा पाइने फाइबर तथा विभिन्न पौष्टिक तत्वले शरीरमा कोले’स्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ । जसले गर्दा मुटु रोगको जो’खिम घटाउँछ ।

त्यसैले आलुको बोक्रालाई कार्डि’योप्रोटेक्टिभ अर्थात् मुटुको सुरक्षा गर्ने तत्व समेत भनिन्छ । आलुको बोक्रामा एन्टी अक्सि’डेन्ट तथा एन्टी इन्फेमेन्ट’री तत्व पाइने भएकोले अनुहारमा जलन भएको खण्डमा यसलाई लगाएमा पीडा कम गर्न मद्दत गर्छ ।

आलुको बोक्रामा क्या’ल्शियम, भिटामिन सी र बी कम्प्ले’क्सका साथै आइरनको मात्रा पनि अत्यधिक हुन्छ । यसैकारण यसले शरीरमा विभिन्न कमीको पूर्ती गर्छ । यो सौन्दर्य निखार्नका लागि पनि निकै काम लाग्छ । डार्क सर्कलदेखि कपाललाई कलर गर्ने सम्मका कामका लागि आलुको बोक्राको प्रयोग हुन्छ । अब आलुको बो’क्रालाई फ्याँक्न बन्द गर्नुहोस् र यसरी उपयोग गर्नुहोस् ।

१. रक्त’चाप निय’न्त्रणमा राख्छः आलुमा पोटा’शियम अत्यधिक मात्रामा पाइन्छ र यो भिटामिन सीले पनि भरिपूर्ण हुन्छ । यी दुबै र’क्तचाप निय’न्त्रण गर्न महत्वपूर्ण हुन्छ । आलुको बोक्रालाई राम्रोसँग धोएर यसलाई सब्जीजस्तै बनाएर खानुहोस् वा आलु पकाउँदा कहिल्यै पनि बोक्रा ताछ्ने गल्ती नगर्नुहोस् ।

२. तौल निय’न्त्रणमा रहन्छः आलुको बोक्रा फाइबरयुक्त हुन्छ र जब यो बो’क्रासहित बनाइन्छ तब शरीरले कार्बोहा’इड्रेटमात्र नभई फाइबर पनि पाउँछ । यसको बोक्रालाई तपाईं कुनै पनि रुपमा प्रयोग गर्न सक्नुहुन्छ । फाइबरले लामो समयसम्म पेट भरिएको महसुस गराउँछ र यसले मे’टाबोलिजम रेटलाई पनि बढाउन सहयोगी भूमिका खेल्छ । यो खाँदा नसा पनि बलियो हुन्छ ।

३.रक्तअ’ल्पत्तामा पनि फाइदाजनकः आलुको बोक्रामा आइरनको अत्यधिक मात्रा पाइन्छ र यसैकारण यदि रगतको कमी छ भने आलुको बोक्रालाई खानामा पक्कै पनि प्रयोग गर्नुपर्छ ।

४. ऊर्जाले भरिएको हुन्छः आलुको बोक्रामा क्या’ल्शियम र भिटामिन क’म्प्लेक्स अत्यधिक मात्रामा पाइन्छ । यसले हड्डी बलियो बनाउँछ र शरीरले ऊर्जा पनि पाउँछ । आलु पकाउँदा जहिल्यै पनि बोक्रासहित बनाउनुहोस् । ५. पाचन क्रिया बलियो बनाउँछः आलुमा अत्यधिक फाइबर हुन्छ त्यसैले यसले पाचन क्रि’यालाई चुस्त राख्न सहयोग गर्छन । यसमा फाइबर अत्यधिक मात्रा भएकाले क’ब्जियत आदिबाट पनि जोगाउँछ ।

६. कपाललाई कालो बनाउँछः यदि तपाईंको कपाल फुलिरहेको छ भने तपाईं एक कचौरा आलुको बो’क्रालाई आधा लिटर पानीमा उमाल्नुहोस् । जब पानी एक वा दुई चम्चा हुन्छ तब यसलाई कपालमा लगाउनुहोस् ।

पटकपटक यस्तो गर्दा तपाईंको कपाल कालो हुँदै जान्छ । ७. डार्क सर्क’ललाई टाढै राख्छः आँखा मुनी यदि कालो घेरा बनेको छ वा घामले छाला ढडेको छ भने आलुको बो’क्रलाई पिनेर त्यसको रस निकालेर अनुहारमा बारम्बार लगाउनुहोस् । कालोपना बिस्तारै कम हुँदै जान्छ । -गोर्खाली खबर

प्रतिकृया दिनुहोस्