बिहिबार , साउन २१, २०७८

आईसिसीले ल्याउदैछ नेपाललाई ठुलो फाईदा हुने योजना, नेपालले टि-२० बिश्वकप खेल्ने पक्का ।

बैसाख ३१, २०७८ शुक्रबार 283

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) टि-ट्वान्टी विश्वकपमा २० टिम खेलाउने दिसामा अघि बढेको छ । क्रिकेट खेललाई बिश्वभरी फैलाउने प्रयास स्वरूप आईसिसीले

टि-२० बिश्वकपमा टिम संख्या बढाउन लागेको हो।
आईसिसीले यो योजना लागु गरे नेपाललाई ठुलो फाईदा पुग्नेछ । नेपाल आईसिसीको टि-२० बरितामा टेस्टराष्ट्रपछि एशोसियट तर्फ नम्बर एक स्थानमा छ ।

त्यसैले बिश्वकपमा २० टिम सहभागी भए भने नेपालले पनि बिश्वकप खेल्ने पक्का छ । यो बर्ष टि-ट्वान्टी विश्वकप अक्टोबरमा आयोजना भारतमा आयोजना हुने तय गरिएको छ । जसमा १६ वटा टिमहरु सहभागी हुँदैछन्।

तर कोरोना महामारीको कारण बिश्वकप भारतबाट युएईमा सार्ने खबरहरु पनि आईरहेका छन् । यसअघि भारतमा भएको आईपिएललाई पनि बिचमै रोक्नु परेको थियो ।

उता २०२४ को टि-२० बिश्वकपमा भने टिम संख्या १६ बाट बढाएर २० मा पुर्याउने योजनामा लागेको क्रि’कइन्फोले बताएको छ । ईएसपीएन’क्रिक्इन्फोका अनुसार प्रतियोगितामा सहभागी २० वटा टिमलाई एउटा समुहमा पाँचवटा टिम रहने गरि ४

वटा समुह बनाएर सुरुवाती चरण खेलाइनेछ। आईसीसीले क्रिकेटको छोटो फर्म्याटलाई विश्वव्यापी बनाउन बिभिन्न कामहरु गरिरहेको छ । टि-२० मा टिम संख्या बढाउने कुरापनि त्यो मध्ये हो ।

आईसीसीले यसअघि पनि महिला प्रतियोगिताहरुमा टिम संख्या बढाउने घोषणा नै गरिसकेको छ। यस्तै ओलम्पिकमा क्रिकेटलाई संलग्न गराउन पनि आईसिसी लागि परेको छ । -ताजा खबर टिभि

प्रतिकृया दिनुहोस्