२०७८ कार्तिक ८ सोमबार

खाडीमा रहेका नेपालीले गाँस कटाएर पठाएको ५६० अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो !

काठमाडौं : ओमानबाट ५६० थान अक्सिजन सिलिन्डर बोकेर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल आइपुगेको छ । आज ओमानको राजधानी मस्कटबाट मध्यपूर्वमा रहेका

गैरआवासीय नेपालीले सहयोग जुटाइ उक्त सिलिन्डर नेपाल पठाएका हुन् । नेपालमा यस अघिका विपत्तिका बेलामा पनि एनआरएनले आर्थिक लगायत विभिन्न सहयोग गर्दै आएको छ ।अक्सिजन सिलिन्डर खाडी मुलुकमा रहेका नेपाली र

नेपाली दूतावास ओमानको सहकार्यमा नेपाल पठाईएको हो ।
केही दिन देखि नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले अक्सिजन ग्यास लगायत स्वास्थ्य सामग्री विभिन्न मुलुकबाट ल्यादै आएको छ । यसै बीच ओमानबाट फर्किएको जहाज आज राति ११ बजे चीनको राजधानी बेइजिङ स्वास्थ्य सामगी लिन जाने बताइएको छ ।

यो पनि,राष्ट्रियसभा उपचुनावमा राप्रपाले एमालेका उम्मेदवार बादललाई समर्थन गर्ने,काठमाडौं । राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर

थापा बादललाई समर्थन गर्ने भएका छन् । शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा अध्ष्क्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको जानकारी गराएका थिए ।

यदि एमालेले औपचारिक रुपमा पत्र पठाएर सहयोग मागे बादललाई मत दिने सहमति भएको राप्रपाका एक नेताले जानकारी दिए । उनले भने, ‘औप’चारिक निर्णय त भएको छैन । तर महामा’रीका कारण फेरि बैठक बस्न सम्भव

नहुने भएकाले एमालेले औपचारिक आग्रह गरे भोट दिने सहमति भएको छ ।’ वागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ । एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन् ।

२०७८ जेष्ठ २, आईतवार ०८:४२ गते 1 Minute 590 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार