शनिबार , जेठ २९, २०७८

खुशीको खबर : चीनबाट आइपुग्यो १८ हजार सिलिन्डर ।

जेठ २, २०७८ आइतबार 206

काठमाडाैं : सरकारले चीनबाट १८ हजार खाली अ’क्सिजनका सिलिन्डर नेपाल पु¥याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् ।

उपप्रधानमन्त्री तथा को-भिड–१९ सङ्क्र’मण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिनुभयो ।

उहाँका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्त’रण गरेपछि काठमाडौँ ल्याइनेछ । सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो ।

यसअघि ४०० सिलिन्डर नेपाल वायु’सेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।

यस्तै आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो । शनिबार मात्र ओमानबाट गैआवासीय नेपाली सङ्घका सहयोगमा ५६०

खाली सिलिन्डर आएको थियो । को-भिड–१९ का सङ्क्र”मितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मु’लुकबाट सिलिन्डर ल्याउन थालेको हो ।

प्रतिकृया दिनुहोस्