शनिबार , जेठ २९, २०७८

गहुँको जमराको जुस पिउनुका छन यति धेरै अचम्मैको फाइदाहरु ।

जेठ ३, २०७८ सोमबार 294

काठमाडौ : फाइबरयुक्त गुणका कारण पछिल्लो समय गहुँलाई स्वास्थ्यकर खानाका रुपमा लिइन्छ । चिकित्स’कहरुका अनुसार पोष’कतत्वले भ’रिपूर्ण गहुँले मुटु रोग,पाचन प्रक्रिया, क्या’न्सर तथा टाइप-२ मधुमेहको जो’खिम कम गर्छ ।

चिकित्सकहरुका अनुसार मानिसका लागि गहुँ जति स्वस्थकर छ, उमारेको गहुँबाट बनेको जुस त्योभन्दा धेेरै फाइदाजनक छ । त्यसैले गहुँको जुस पृथ्वीकै सर्वोत्कृट स्वस्थ्यकर जुसमध्ये पर्छ । गहुँको जुसमा उपचा’रात्मक, चिकित्सकीय तथा रोग निको पार्ने गुण हुन्छ ।

क्लो’रोफिल, अमिनो ए’सिड, मिनेर’ल्स, भिटामिन ए, भिटामिन बी क’म्प्लेक्स, भिटामिन डी र इ को ठूलो स्रोत मानिएको गहुँको जुसमा म्याग्ने’सियम, पोटासियम, आइरन, जिन्क, कपर, सेलेनियम र थाएमिन पाइन्छ । उमारेको गहुँ सामान्य तरीकाले तयार हुने भएकाले यसमा आवश्यक पौष्टिक तत्व तथा मिनेरल्स पहिले नै टुक्रि’एर बस्ने हुँदा यो तुरुन्तै रक्त’कोषिकाहरुमा घुल्दछ ।

यसमा एन्टिअ’क्सिडेन्ट, एन्टी ब्याक्टे’रियल, एन्टी’क्या’न्सर तथा एन्टी इन्फ्ला’मेन्टरी गुण रहेको हुन्छ । चिकि’त्सकहरु गहुँको कच्चा पातलाई जुसमा परिणत गरेर दिनमा कम्तिमा एक चौथाई कप गहुको जुस सेवन गर्न सुझाव दिन्छन् ।

तपाईहरु यसको सुरुवात एकपल्टमा एक चौथाई कप जुस वा दिनमा दुईपल्ट डेढ कप जुसको सेवन गरेर पनि गर्न सक्नुहुन्छ । कसैकसैलाई सिधै गहुँको जुस सेवन गर्दा वान्ता हुने वा टाउको दुख्ने समस्या हुन सक्छ । त्यतिबेला अन्य फुलफूल तथा तरकारीको रससित मिसाएर पनि यसको सेवन गर्न सक्नुहुन्छ ।

तपाई यसको धुलो पनि प्रयोग गर्न सक्नुहुन्छ । एक गिलास पानीमा उमारेको गहुँलाई मिसाएर पनि यसको सेवन गर्न सकिन्छ । गहुँलाई जमरा उमारेजसरी घरमै उमारेर त्यसका पातलाई पेलेर जुस बनाउन सकिने भएकाले यसको उत्पादन गर्न सजिलो छ । विभिन्न आयुर्वेदिक औषधालय एवं प्राकृतिक चिकित्सालयमा गहुँको जुस उत्पादन र वि’क्री गर्ने गरिएको पाइन्छ ।

यो रस सेवन गर्नुका मुख्य फाइदा यस्ता छन्ः

१. प्राकृतिक रुपमा उर्जा दिन्छ

स्वास्थका दृष्टि’कोणले निकै फाइदाजनक मानिएको यो जुसले प्राकृतिकरुपमा उर्जा प्रदान गर्छ । यो एमिनो एसिडको मुख्य स्रोत हो, जुन शरीरमा प्रोटिनको मात्रा बढाउन मद्दत गर्छ । अण्डा, मासु जस्ता खाद्य पदार्थ खादाँ त्यसलाई प्रोटिनमा परिणत गर्नुपुर्व पहिले एमिनो एसिडमा परिणत गर्न जरुरी हुन्छ ।

तर, यो जुसमा पहिले नै एमिनो एसिड हुने भएकाले शरीरले त्यसलाई टुक्राउन आवश्यक पर्दैन । कुनै पनि फलफूल वा तरकारीको जुसमा २ देखि ४ चम्पा उमारेको गहुँको धुलो मिसाएर खाएमा त्यसले शरीरलाई आवश्यक उर्जा प्रदान गर्छ ।

२. रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ

शरीरका लागि रोग प्रति’रोधात्मक क्षमता जरुरी हुन्छ । यसले तपाईको शरीरलाई विभिन्न रोगसित लड्ने क्षमता प्रदान गर्छ । गहुँको जुसले तपाईलाई रोगसित ल’ड्न अझ धेरै उर्जा प्रदान गर्छ ।

त्यतिमात्र हैन, यसले तपाईको शरीरमा भएका को’षिकाहरुलाई बलियो बनाउनुका साथै कलेजोमा जमेर बसेका विषाक्तहरुलाई नष्ट गरी जसले रोग प्रतिरो’धात्मक क्षमतामा ह्रास ल्याई रोग लाग्ने सम्भावना बढाएर लैजान्छ ।

त्यस्तै, यसमा रातो रक्तकोषिकाको वृद्धि गर्ने क्षमता रहेको हुन्छ, जुन रोग प्रतिरक्षाका लागि निकै आवश्यक छ ।
त्यस्तै, यसमा पाइने ‘भिटामिन सी’ तथा ‘भिटामिन ए’ लगायतका तत्वले रुघा, खोकी, ज्वरो तथा केही गम्भीर प्रकारका रोगसित लड्ने शक्ति प्रदान गर्छ ।

सन् २०१३ मा ‘जर्नल अफ बायोलो’जिकल के’मेस्ट्रीमा प्रकाशित एक अध्ययन अनुसार उमारेको गहुँको जुसले रोग प्रतिरोधात्मक क्षमता सक्रिय पार्ने गुणहरु रहेको हुन्छ ।

३. मोटोपना हटाउँछ

मधुमेह, मुटु रोग लगायतका विभिन्नखाले गम्भीर रोग लाग्नुको पछाडी मोटोपना मुख्य कारक मानिन्छ । शरीरबाट अतिरिक्त बोसो हटाउन तथा शरीरको तौललाई सन्तुलनमा राख्न गहुँको जुस सेवन गर्नु उपयुक्त मानिन्छ ।

गहुँको रसमा सेले’नियम नामक तत्व हुन्छ, जुन शरीरको तौललाई सन्तु’लनमा राख्ने तत्व, था’इराइड ग्र’न्थीको परिचालनको लागि आवश्यक छ । अस्वस्थ थाइ’राइड ग्रन्थीले शरीरमा हर्मोनको गडबढी गरी मोटोपना बढाउँछ । यसमा पोटा’सियम पाइन्छ । जसले शरीरमा पानी मात्रालाई कायम राख्न मद्दत गर्छ ।

गहुँको जुस सेवन गर्दाले भोक कम लाग्ने हुँदा यसले तपाई हामीलाई अस्वस्थ्यकर खाना खानबाट जोगाउँछ । यसले शरीरको मेटाबो’लिज्म (खानालाई शक्तिमा परिणत गर्ने प्रकृया) बढाउँछ, जसले शरीरमा भएको अतिरिक्त क्या’लोरी हटाउँछ । बिहान सबेरै खाली पेटमा यो रसको सेवन गर्नाले तपाईलाई दिनभरि अतिरिक्त खाना खानबाट जोगाउँछ ।

४. रगतमा चिनीको मात्रा कायम राख्छ

प्रत्येक दिन गहुँको जुस सेवन गर्नाले तपाईको रगतमा चिनीको मात्रालाई सुचारु गर्न सघाउ पु¥र्‍याउँछ । यसले शरीरमा ग्लुकोज तथा लिपिडको मात्रामा सुधार गर्छ, जसले मधुुमेहलाई सन्तुलित राख्न मद्दत गर्छ ।

यसले पाचन प्रणालीमा सुधार ल्याई पेटलाई खाना पचाउने प्रक्रियाबाट राहत दिन्छ, जसले गर्दा मधुमेहका लागि आवश्यक पर्ने इन्सुलिनका उत्पादन गर्न सघाउ पु¥र्‍याउँछ । यसले प्याङ’क्रियाज तथा कलेजोको विषाक्त हटाई अप्रत्यक्ष रुपमा मधुमेह सन्तुलनमा राख्न मद्दत पु¥र्‍याउँछ ।

५. मुटुमा लाभदायक

प्रत्येक दिन गहुँको रसको सेवन गर्नु मुटुका लागि स्वास्थ्य’कर मानिन्छ । यसमा भएको क्लो’रोफिलले मुटुका धमनी (आर्टरी) कडा हुने समस्या तथा उच्च रक्तचापको समस्याको उपचार गर्नमा मद्दत गर्छ ।

यसमा अक्सिजनको मात्रा उच्च हुने र रक्तन’लीलाई सफा गर्ने क्षमता भएकाले यसलाई प्रभा’वकारी पनि मानिन्छ । यसले रक्तनली शुद्ध गरी साघुँरो हुनबाट जोगाएर रक्त’चापलाई नियन्त्रणमा राख्छ । यसले उच्च कोल’स्ट्रोरलाई नि’यन्त्रणमा राख्छ ।

प्रतिकृया दिनुहोस्