२०७८ आश्विन ६ बुधबार

अग्नि ग्रुपका अध्यक्ष श्रेष्ठद्वारा अक्सिजन प्लान्टका लागि २५ लाख सहयोग ।

काठमाडौं : अक्सिजन प्लान्ट स्थापनाका लागि नेपालको प्रतिष्ठिन व्यावसायिक घराना अग्नी ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले २५ लाख रुपैयाँ सहयोग घोष’णा गरेका छन् ।

को-भिड महामा’रीसँगै हस्पिटलहरुमा अक्सिजन अभाव भएपछि पोखरामा निर्माण गर्न लागिएको अक्सिजन प्लान्टका लागि श्रेष्ठले सहयोग गर्न लागेका हुन् । पोखरा स्वास्थ्य विज्ञान

प्रति’ष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा ५ करोड रुपैयाँ लगानीमा अक्सिजन प्लान्ट स्थापना हुँदैछ । बतास फाउण्डेसनको अ’ग्रसरतामा अक्सिजन प्लान्ट निर्माण हुन लागेको हो ।

को’रोनाको दो’स्रो लहरसँगै अक्सिजन अ’भावमा बिरा’मीहरु हस्पिटलमा छटपटाइ रहेका छन् । कयौंको ज्यानसमेत गइरहेको छ । यो विषम परिस्थितिमा अक्सिजन प्लान्ट स्थापना गरिनु राम्रो काम भएको र आफूले सहयोग घो’षणा गरेको श्रेष्ठले आर्थिक आवाजलाई बताए ।

थप समाचार,

चन्द्रागिरीको नगरस्तरीय आइसो’लेसन सेन्टरहरू सञ्चालनमा !

काठमाडौं : चन्द्रागिरी नगरपालिका अन्तर्गतका विभिन्न स्थानमा अक्सिजनसहितका आ’इसोलेशन सेन्टरहरू सञ्चालनमा आएका छन् । मेडिकल अफिसरसहितको स्वास्थ्यकर्मीको टिम राखेर नगरस्तरीय आइ’सोलेशन सेन्टरहरू सञ्चालनमा ल्याइएको चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले बताए ।

नगरप्रमुख गिरीले विशिष्ट चिकित्सक, स्वास्थ्यक’र्मीलगायतको समूहले आइसो’लेशनमा २४सै घण्टा सेवा प्रदान गर्ने र विरामीको अवस्था हेरेर आवश्यक परेमा बलम्बुस्थित सशस्त्र प्र’हरीको अस्पताललगायत उपत्यकाको अन्य अस्पतालहरुमा थप उप’चारका लागि समन्वय गर्ने बताए ।

नगरपालिकामा को’रोना संक्र’मितको संख्य बढेसँगै आ’इसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । नगरपालिकाले नगरस्तरीय आइसो’लेसन वडा नम्बर ८ को माताती’र्थमा अवस्थित नवनिर्मित सामुदायिक अस्पताल भवनमा ३० वेडको अक्सिजनसहितको सेवा प्रवा’ह गरेको छ । साथै, आवश्यकता अनुसार थप गरी १०० बेड क्षमताको आइसो’लेशन सञ्चालन गरिने व्यवस्था मिलाइएको मेयर गिरीले बताए ।

चन्द्रागिरी–४ थानकोट प्राथमिक अस्पतालमा रहेको साविक कोभिड व्यवस्थापन केन्द्रलाई चन्द्रागिरी–३ मा नवनिर्मित भवनमा ३० बेडको समुदायमा आधारित आइसोलेसन सेन्टरमा स्थानान्त’रण गरी आजबाट सञ्चालनमा ल्याइइको हो । विभिन्न संघसंस्था तथा व्यक्तिगत सहयोगमा उक्त आइसो’लेसन सेन्टर सञ्चालनमा ल्याइएको हो ।

चन्द्रागिरी–१२ मा समुदायमा आधारित नहुँदा अस्पतालमा १५ बेडको आइसो’लेसन सेन्टरको व्यवस्थापनको काम अन्तिम चरणमा रहेको चन्द्रागिरी–१२ का वडा अध्यक्ष प्रकास श्रेष्ठले बताए ।

माताती’र्थमा अस्पतालमा मेडिकल अफिसर, हेल्थ अ’सिन्टेन्ट, स्टाफ नर्स र अहेब एक–एक जना व्यवस्थापन गरिएको छ । को’रोना सं’क्रमितको सहज उपचारका लागि सञ्चालनमा आएको केन्द्रले जेठ १ गतेबाट उप’चार पनि थालेको छ ।

हाल ९८६ सक्रिय संक्र’मित रहेको नगरपालिकाको स्वास्थ्य शाखाको तथ्यां’कले जनाएको छ । चन्द्रागिरीमा बैशाख १ गतेसम्म नगरपालिकाको स्वास्थ शाखाबाट जारी सूचना अनुसार कुल ३ हजार ३ सय ७५ कुल संक्र’मितमध्ये २ हजार ३ सय ५१ जना निको भइसकेका छन्, भने ३५ जना संक्र’मितको मृ’ त्यु भएको छ ।

२०७८ जेष्ठ ३, सोमबार ०१:४२ गते 1 Minute 283 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार