२०७८ आश्विन १३ बुधबार

विनोद चौधरीले आइ-सियु वार्ड र अक्सि-जन प्लान्ट स्थापना गर्न १० करोड खर्चिदै ।

काठमाडौ : चौधरी फाउण्डेसनले नेपालको स्वास्थ्य प्र’णालीमा दीर्घ’कालीन महत्व राख्ने केही परियोजनामा काम गर्ने निर्णय गरेको छ ।

को’भिड-१९ को दो’स्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य सं’कटमा प्रभा’वकारी योगदान पु¥र्‍याउन फाउण्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो ।

वीर अस्पतालमा १८ शय्याको अत्याधुनिक आईसीयू वार्ड र नयाँ भवनमा अ’क्सिजन प्लान्ट स्थापना गरिने चौधरी फाउण्डेसनले जनाएको छ । यससम्बन्धी सहमतिमा एक-दुई दिनभित्रै चिकि’त्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउण्डेसनबीच हस्ताक्षर हुने जनाइएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक-एक वटा अक्सिजन प्लान्ट स्थापना गरिने प्रति’बद्वता जनाएको छ ।

वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर प्रतिघण्टा रहनेछ ।
यसले एक दिनमा ४० लिटर क्षमताका १५० सिलिण्डर अक्सि’जन भर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।`

तत्काल अक्सिजन कन्सन्ट्रेटर आयात गरी अक्सिजनको चर्को अभाव खेपि’रहेका अस्पतालहरूलाई उपलब्ध गराउन प्रतिबद्ध छौँ । यी कन्स|न्ट्रेटरहरू काठमाडौं र बाहिरका अस्पतालहरूमा वितरण गरिनेछन्,´ फाउण्डेसनद्वा’रा जारी विज्ञप्तिमा भनिएको छ ।

आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने फाउण्डेसनक‍ो अनुमान छ । चौधरी फाउण्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र

यसको निय’न्त्रणका लागि आपत’कालीन स्वास्थ्य व्यवस्थापन जरुरी देखिएकाले फाउण्डेसनले एकी’कृत योजना अगाडि सारेको बताए । `अहिलेको मुख्य समस्या चिन्ता’जनक अवस्थामा पुगेका बिरा’मीको जीवन रक्षा गर्नु हो । यसका लागि आईसीयू वार्ड, अक्सि’जन प्लान्ट, अ’क्सिजन कन्स’न्ट्रेटर सबैभन्दा

महत्त्वपूर्ण स्वास्थ्य उपकरण हुन्,´ उनले भने, `हाम्रो अहिलेको सम्पूर्ण ध्यान को’रोनाका बि’रामीको उपचा’रमा लगाउनुपर्छ । हामी यही उद्देश्यका साथ कोरो’नाविरु’द्धको अभियानमा अगाडि बढेका छौँ ।

´चौधरी फाउण्डेसनले गत वर्ष को’रोना महामा’रीको पहिलो लहरका बेला देशभरका दुई सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पीपीई, स्यानि’टाइजर, मास्क उपलब्ध गराएको थियो । साथै, देशका अस्पता’लहरूलाई भेन्टि’लेटरसहित आवश्यक स्वास्थ्य उपक’रण उपलब्ध गराइएको थियो ।

२०७८ जेष्ठ ३, सोमबार १०:१९ गते 1 Minute 325 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार