२०७८ कार्तिक ११ बिहीबार

मनछुने भनाईहरू – एउटा राम्रो मन लाखौ राम्रो अनुहार भन्दा राम्रो हुन्छ, रोज्नु छ भने मन हेरेर रोज्ने गर, अनुहार हेरेर होइन ।

१) नदीमा खस्दैमा मृ’त्यु हुदैन, मृत्यु त तब हुन्छ जब पौडिन आउदैन, ठिक त्यसैगरी कुनै पनि परिस्थिति आफैमा समस्या हुदैन, समस्या त तब बन्छ जब तिमीलाई सम्हाल्न आउदैन ।

२) सफलताको कारण खुसी होइन, खुसीको कारण सफलता हो त्यसैले जुन कामले तिमीलाई खुसी दिन्छ त्यहि कामले तिमीलाई सफल पनि बनाउने छ ।
३) एउटा राम्रो मन लाखौ राम्रो अनुहार भन्दा राम्रो हुन्छ, रोज्नु छ भने मन हेरेर रोज्ने गर, अनुहार हेरेर होइन ।

४) यदि जिन्दगीमा खुशी पाउनु छ भने मान्छेले भनेको कुरालाई मनमा लिन छोडीदिनुस् किनकि दुनियामा खोट लगाउनेको कमी छैन ।
५) आफ्नो मान्छेको कदर समयमै गर किनकि मरेपछि त पराईले पनि दुई थोपा आँशु झारिदिन्छ । ६) असल मान्छे मात्र आफ्नो कर्मले चिनिन्छ किनकि राम्रो कुरा त नराम्रो मान्छेलाई पनि गर्न आउछ ।

७) मान्छेले घर बदलिन्छ, सम्बन्ध बदलिन्छ, साथीलाई बदलिन्छ तर पनि ऊ किन खुशी हुन सक्दैन ? किनकि सबै बदलेर पनि उसले आफैलाई बदलिन बिर्सन्छ ।

८) सत्य त्यो सम्पति हो जो एक चोटी कमाए पछि जिन्दगी भर आनन्द लिन सकिन्छ तर झुट त्यो ऋण हो जुन एक चोटी लिये पछि जिन्दगी भर तिर्नु पर्ने हुन्छ ।
९) आज भोली मित्रता एक हजारको नोट जस्तै भएको छ बिचार गर्नुहोला, कतै नक्कली त हैन जो अन्त्यमा गएर धोका दिने ।

१०) सफल हुनको लागि तपाईको असफलताको डर भन्दा तपाई भित्र सफलताको इच्छा शक्ति बढी हुनु जरुरि छ ।
११) मान्छेको सम्मान ति शब्दले हुदैन जुन उसको उपस्थितिमा भन्ने गरिन्छ, मान्छेको सम्मान त ति शब्दले हुन्छ जुन उसको अनुपस्थितिमा भन्ने गरिन्छ ।

१२) कहिले पनि भिडमा सामिल नहुनु किनकि भिडले हिम्मत दिए पनि तिम्रो पहिचान खोसि दिन्छ त्यसैले आफ्नो पहिचान बनाउनु छ भने आफ्नो बाटो आफै खन्ने गर ।
१३) दुस्मन र मित्रलाई कहिल्यै पनि बिश्वास दिलाउनु पर्दैन किनकि दुस्मनले कहिल्यै बिश्वास गर्दन र मित्रले कहिल्यै शंका गर्दैन ।

१४) यदि खेतमा बाली लगाइएन भने प्रकृतिले त्यसमा घाँस उब्जाईदिन्छ, ठिक त्यसैगरी यदि दिमागमा सकारात्मक सोच भएन भने नकारात्मक सोचले आफ्नो ठाउ बनाईदिन्छ ।
१५) मान्छेको समाज पनि अचम्मको छ, आफुलाई जनावर संग तुलना गर्न मान्दैन तर कुकुर भन्दा मन दुखाउने र सिंह भन्दा खुशी हुने गर्छ । -इन्फो लिन्क

२०७८ जेष्ठ ३, सोमबार १०:५८ गते 1 Minute 649 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार