मंगलबार , साउन १९, २०७८

मनछुने भनाई : जीवनमा यति कुरा भगवान संग माग्नु कि आमा बिनाको घर नहोस र कुनै आमा बेघर नहोस ।

जेठ ३, २०७८ सोमबार 477

आमालाई सृष्टि भनिन्छ । जसले ग’र्भमा राखेर सन्तानको सुरक्षा गर्दै आफैलाई पी’डाको पोखरीमा राखेर धर्तीमा ल्यायिन् । सन्तानको लागि आफ्नो आमाभन्दा ठूलो केही हुँदैन ।

आफ्ना जीवनका कयौं रहर, आवश्यकता र उ’द्धेश्यलाई मारेर पनि सन्तानको मुस्कानमा खुसी रहन्छिन् आमा । विभिन्न व्यक्तिले आमाको परिचय यसरी दिएका छन् ।
१. मेरी आमा नै मेरो शक्ति हुन् । –एलिसिया किज

२. जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन । – अब्राहम लिंकन
३. जब एउटा बच्चा जन्मिन्छ त्यो बच्चाको जन्मको जन्मसँगै आमाले पनि पुर्नजन्म लिन्छिन् । –गिल्र्बट पार्कर

४. मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु । – नेपोलियन बोनापार्ट
५. रुनको लागि सबैभन्दा सुरक्षित र राम्रो ठाउँ आमाको अंगालो हो । – जोडी पिकल्ट ६. आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु । – जर्ज वासिंगटन

७. मेरी आमा जिउदो भगवान (चमत्कार) हुनुहुन्छ । – लियोनार्डो डिकाप्रियो ८. संसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ । – अज्ञात
९. मैले मेरो जीवनमा देखेकी महिलाहरुमध्ये मेरी आमा सबैभन्दा राम्री महिला हुन् । –जर्ज आशिंटन

१०. मेरो लागि मेरी आमा सर्वगुण सम्पन्न व्यक्ति हुन् । –माइकल ज्याकसन
११. मायाको सुरुवात र अन्त्य मातृत्वबाट नै हुन्छ । –रोबर्ट ब्रोनिङ्ग १२. बच्चाको पहिलो शिक्षक भनेको उसको आमा हो । –पंग लियुअन

आमा, जो कसैकी छोरी हुन सक्छिन् । कसैकी श्रीमति हुन सक्छिन् । कसैकी बुहारी हुन सक्छिन् । कसैकी भाउजु हुन सक्छिन् । यी अनेक भूमिकाभित्र बाँच्नुपर्ने हुन्छ, आमाले । र, यी सबै भूमिकालाई उत्तिकै कुशलतापूर्वक निर्वाह गर्नुपर्ने हुन्छ ।

अक्सर हाम्रो पारिवारिक संरचना अनुसार घर-परिवार धान्ने जिम्मा आमाको हुन्छ । हुन त आधुनिक समाजमा लैंगिक समानताको कुराले पनि महत्व पाएको छ । पति-पत्नीको भूमिका, महत्व र स्थान सराबरी हुने तर्क छ ।

भलै कर्य-व्यवहारको हिसाबले लैंगिक समानताको कुरा सही मान्न सकिएला । तर, आमासँग परिवारको जुन किसिमको भावनात्मक सम्बन्ध हुन्छ, त्यस हिसाबले आमाको जिम्मेवारी र भूमिका अलि बढी नै हुन्छ ।

परिवारलाई एउटा सूत्रमा बाँधेर राख्ने ताकत परिवारका अरु सदस्यसँग हुँदैन । किनभने, आमा भनेकी आस्था हुन् । आदर्श हुन् । विश्वास हुन् ।त्यसैले समग्र परिवारलाई कसरी दिशानिर्देश गर्ने भन्ने कुरामा आमाले अहंम भूमिका निर्वाह गर्न सक्छिन् ।

– आज र अहिले बाटै जति सक्नुहुन्छ आफ्नो आमालाई धेरै भन्दा धेरै समय दिनुहोस् किनकि दुनियामा यस्ता मान्छेहरु पनि छन् जो संग आमा छ उ सग समय छैन र जो सग समय छ उ सग आमा छैन
– जीवनमा यति कुरा भगवान संग माग्नु कि आमा बिनाको घर नहोस र कुनै आमा बेघर नहोस ।

प्रतिकृया दिनुहोस्