मंगलबार , साउन १९, २०७८

मिल्न तयार भएका नेपाललाई ओलीले दिए धोका, राजिनामा दिएर देउवालाई सहगाउने अन्तिम तयारी !

जेठ ४, २०७८ मंगलबार 701

काठमाडौ : एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षीय केन्द्रीय सदस्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले वार्ताका नाममा उपयोग गर्न सक्नेतर्फ ख्याल गर्न सचेत गराएका छन्।

खनाल-नेपाल पक्षका केन्द्रीय सदस्यको शनिबार भएको जुम बैठकमा बोल्ने केन्द्रीय सदस्यले जेठ २ मा फर्किन ओली तयार भए पनि उनले दाउपेचका रूपमा लिएको हुनसक्ने आशंका समेत गरेका थिए।

बैठकमा ओली पक्षसँगको वार्तामा सहभागि नेताले २०७५ जेठ २ को मोडालिटीमा फर्किने सहमति भए पनि त्यसको मोडालिटी तय हुन बाँकी रहेको जानकारी गराएको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए।

बैठकमा दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए । उनीहरुले एमाले झगडा मिलाउने वार्तामा गृहमन्त्री रामबहादुर थापा बादलको इन्ट्रीले थप आशंका उब्जिएको बताएका थिए।

एमालेको झगडामा बादल आएर समाधान हुँदैन। हाम्रो विवाद सकिएपछि बादलजी बस्नुहुन्छ भनेर भनेकोसमेत नेताहरुले जानकारी गराउनुभएको छ, उनले भने, जेठ २ को मोडालिटीमा जानेबारे भद्र सहमति भए पनि दुवै पक्षले आफ्ना-आफ्ना ढंगले गठन गरेका कमिटीलाई कसरी व्यवस्थापन गर्ने भन्ने टुंगो लगाउन कार्यदल बनाउन लागिएको समेत हामीलाई जानकारी गराइएको छ।

कतिपय नेताहरुले भने बादललाई बैठकमा राखेर ओलीले मनोवैज्ञानिक दबाब दिन त लागेका होइनन् भनेर आशंका समेत गरेका थिए । ओलीले आफ्नो स्वार्थ पुरा गर्न जस्तोसुकै सहमति गर्ने र जुनसुकै बेलामा उलंघन गर्न सक्नेतर्फ सचेत रहनुपर्ने धारणा आएको केन्द्रीय सदस्य दिलु पन्तले बताइन्।

ओलीले सहमति गरे पनि कार्यान्वयन नगर्न सक्छन्। त्यस्तो अवस्थामा के गर्ने होरु उनले राष्ट्रिय र अन्तर्राष्ट्रियय रूपमा समेत सबैलाई प्रयोग गर्न सक्छन्, केन्द्रीय सदस्यहरुको भनाई उदृत गर्दै पन्तले भनिन्,

‘पार्टी विवाद मिलाउने वार्ता चलिरहेको बेलामा आफूखुशी नियुक्ति रोकिएको छैन। कतै अलमलमा पार्ने अनि बादललाई राष्ट्रिय सभा चुनाव जिताउने र प्रधानमन्त्री पद जोगाउन्जेलसम्मको लागि मात्रै हामीलाई उपयोग गर्नेत होइनन्।

के देउवा दाहाल लाई धोका भएकै हो त ?

बहुमत सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय घर्किंदै थियो। कांग्रेसका सभापति देउवाको नेतृत्वमा सरकार बनाउन विपक्षी दलसँग अन्तिम उपाय बाँकी थियो– एमालेकै माधव नेपाल पक्षका सांसदको सामूहिक राजीनामा गराउने र संसदको कूल सदस्य संख्या घटाई बहुमत पुर्‍याउने।

किनकि विश्वासको मत नदिन संसद बैठकमै अनुपस्थित नेपाल पक्षका २८ सांसदले राजीनामा दिँदा संसदको कूल सदस्य संख्या २७१ बाट २४३ हुन्थ्यो। यसो हुँदा बहुमतको संख्या पनि १३६ बाट १२२ मा झर्थ्यो र विश्वासको मत दिने बेला नै आएको १२४ मतले देउवा प्रधानमन्त्री बन्ने पक्का हुन्थ्यो।

तर बहुमत सरकार गठनका लागि विपक्षी दललाई प्राप्त समयावधिको अन्तिम दिन वैशाख ३० गते ओली एकाएक सक्रिय भए। विष्णु पौडेललगायत नेतालाई बिहानै माधव नेपालको निवास कोटेश्वर पठाए।

नेपालसँग छलफल गरेर उनीहरू फर्केलगत्तै एमाले स्थायी कमिटी बैठक राखे र अकस्मात् नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेविरुद्धको कारबाही ९साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट ६ महिनाका लागि गरिएको निलम्बन फिर्ताको निर्णय गरे।

यो खबर ‘भाइरल’ हुनेबित्तिकै विपक्षीको मनमा भुइँचालो गयो। यसपछि एकाएक राजनीतिक परिदृश्य परिवर्तन भयो। ओली र नेपालबीच ‘अकस्मात्’ वार्ता भयो। फेरि अरू बेलाजस्तो असफल पनि भएन। मूल कुरा– विपक्षी दललाई असफल पार्ने ओलीको योजना सफल भयो।

वास्तवमा त्यस दिन २र४ दिन त के, २र४ घण्टा राजीनामा टर्दा पनि ओली पुनः प्रधानमन्त्री बन्ने निश्चित थियो। नभन्दै राष्ट्रपतिले तोकेको समयसीमा रातको ९ बज्यो, तर विपक्षीले बहुमत जुटाउन सकेनन्।

अन्ततः बिहान पनि हुन नदिई राष्ट्रपतिले राति नै पुनः ओलीलाई नै प्रधानमन्त्री पदमा नियुक्ति गरिन्, संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदमा सबैभन्दा ठूलो ९सांसद धेरै भएको० दलको नेता संसदीय को हैसियतमा।

यसरी हिजोका दिनमा आफैंले ‘प्रतिगमनकारी’ भनेका ओलीलाई पुनः सत्तामा उक्लिन सहयोग गरेर माधव नेपाल फेरि एकपटक प्रतिगमनको मतियार बनेका छन्।

सरकार गठनका लागि प्राप्त म्यादको अन्तिम दिन वैशाख ३० गते माधव नेपालले निर्णय फेर्नासाथ रातको ९ नबज्दै कांग्रेस र माओवादी केन्द्रले हात उठाइसकेका थिए– हामी बहुमतको सरकार दाबी गर्न नसक्ने भयौं।

त्यसअघि बसेको माओवादी केन्द्रको बैठकमा अध्यक्ष प्रचण्डले ‘माधव नेपालजीले धोका दिनुभयो, गठबन्धनको सरकार नबन्ने भयो’ भनेको भनेर प्रचण्डका कट्टर आलोचक प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दाबी गरेका छन्। -प्रहार न्युज

प्रतिकृया दिनुहोस्