आइतबार , साउन १०, २०७८

नर्सहरु भन्छन् : बि’रामीको पि’डाले मन थाम्न गाह्रो भो – बिरा’मीलाई अक्सिजन देउ बरु हामीलाई भत्ता चाहिदैन ।(भिडियो सहित)

जेठ ४, २०७८ मंगलबार 434

काठमाडौं : बुधबार दिउसो करिब ४ बजे। शुक्रराज ट्र’पिकल तथा सरु’वा रो’ग अस्पतालको आइ’सीयू वार्डमा नर्सहरुको दौडधुप थियो।

‘हाम्रो आइ’सीयूमा नर्सहरु सधै यसरी नै ख’टिनुपर्छ’ आइ’सीयूकी नर्सिङ इञ्चा’र्ज उषा देवकोटाले भनिन्, ‘आइसियूमा भर्ना भएका बिरा’मी निको हुनै छाडे।’
आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस।

कोरो’ना महामा’रीमा फ्र’न्टलाइनमा रहेर संक्र’मितको केयरमा अहो’रात्र खटि’एका नर्सहरुले खुसीयालीका साथ नर्सिङ दिवस मनाउन पाएका छैनन्। किनकी उनीहरुलाई अहिले आफ्नो दिवस भन्दा पनि बिरा’मीको प्रा’ण कसरी बचाउने भन्ने चि’न्ता बढी छ।

‘नर्सिङ दिवसको खुसीयाली मनाउने समय नै छैन, अहिले त आइ’सीयूमा रहेका बि’रामीलाई चाहेर पनि बचाउन सकिरहेका छैनौं,’ देवकोटाले भनिन्, ‘आँखै अगाडी कोरो’ना संक्र’मितको मृ’ त्यु भइरहेको देख्दा हामी आफैं रुन्छौं।’

बोल्दाबोल्दै उनको बोली बन्द भयो। उनी भक्का’निदै रोइन्। फेरि आफूलाई सम्हाल्दै आफ्नो काममा लागिन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्प’तालमा मात्र होइन देशभरका अस्पतालहरुमा कोरोना सं’क्रमितको केयरमा हजारौं नर्सहरु खटि’एका छन्।

वीर अस्पतालको को’भिड आइ’सीयू वार्डमा दुईजना नर्सहरु पि’पिइ लगाएर बिरामीको केयरमा खटिएका छन्। न’र्सिङ वार्डमा अन्य नर्सहरु पनि छन्। आज नर्सिङ दिवस मनाउन भ्याउनुभयो त?’ हाम्रो प्रश्नमा वार्डकी नर्सिङ इञ्चा’र्ज सरिता श्रेष्ठले भनिन्, ‘हाम्रो ध्यान त अहिले बि’रामीलाई कसरी अक्सिजन पु¥र्‍याउने भन्ने मात्र छ।’

उनले वीर अस्पतालको आ’इसीयू वार्डमा मंगलबारदेखि अक्सिजन अभाव हुन थालेको सुनाइन्। मंगलबार राती १० मिनेट अक्सिजन सप्लाई रोकिदा २ जना कोरो’ना संक्र’मितको मृ’ त्यु भएको श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार अस्पतालमा बेला बेलामा १०/१५ मिनेट अक्सिजन नै रोकिन्छ।

आफूहरुलाई नै जोखिममा राखेर बिरा’मीको केयर गरिरहेपनि अक्सिजन अभावकै कारण आँखै अगाडी बि_रामीको मृ’त्यु हुँदा दुःख लागेको उनले सुनाइन्।

‘हिजो राती एक्कासी अक्सि’जन बन्द भयो। एकजना बि’रामीले नर्सको पिपिइ समाउदै मलाई अक्सिजन दिनुस् बचाउँनुस् भन्दाभन्दै उहाँको आँखै अगाडि मृ’ त्यु भयो,’ उनले भनिन्, ‘यसरी अक्सिजन अभावमा आँखै अगाडी बिरा’मीको मृ ‘त्यु हुँदा हामीले कसरी मन थाम्ने?’

वीर अस्पतालको को’भिड आइ’सीयूमै समेत अक्सिजन अभा’वको अवस्था हुनु गम्भीर कुरा भएको उनको तर्क छ। को’रोना महामा\री विरु’द्ध ख_टिएका स्वास्थ्यकर्मीलाई सरकारले भत्ताको घोष’णा गरेर भत्ता नदिँदा दु’खेसो नरहेको भएपनि बिरा’मीलाई अक्सिजन समेत अभावको हुन थालेकोमा भने दुःख लागेको उनले सुनाइन्।

‘सरकारले हामीलाई जोखिम भत्ता दिने भनेर घोषणा गर्‍यो, तर हामीले पाएनौं, त्यसमा पनि हामीलाई दुःखा लागेको थिएन, हाम्रो नर्सिङ बहिनीहरुले पनि दुखेसो गरेका थिएनन्,’ उनले भावुक हुँदै भनिन्, ‘तर, अहिले वीर जस्तो केन्द्रीय अस्पतालमै अक्सि’जन नपाएर मर्न बा’ध्य भएको देख्दा हामीलाई दुःख लागेको छ।

आइसीयूमा बिरामी राखेर ती बिरा’मीको आफन्तलाई अ’क्सिजन आफैंले खोजेर ल्याऊ भनेर हामीले कसरी भन्ने?’
आइ’सीयू वार्डमा ड्यु’टी सकेर निस्किदै गरेकी नर्स सम्झना परियालले आफूहरुलाई भत्ता नदिएपनि बिरामीलाई अक्सिजनको व्यवस्थापन गर्न सरकारसँग अपिल गरिन्।

‘दिदीले भन्नुभएजस्तै अहिले बरु हामीलाई भत्ता चाहिँदैन, तर बिन्ती बि’रामीको लागि पर्याप्त अक्सिजन उपलब्ध गराइदिनुस्। अक्सिजन बिना हामीले केयर मात्र गरेर बि’रामीलाई बचाँउन सक्दैनौं।’ -नेपाल लाइभ साभार

भिडियो !

प्रतिकृया दिनुहोस्