शनिबार , जेठ २९, २०७८

खुशीको खबर : नेपालमा एक हप्तामा संक्र-मण दर ८ प्रतिशतले घट्यो ।

जेठ ४, २०७८ मंगलबार 554

काठमाडौँ : गत २४ घण्टामा नेपालमा संक्रम’णबाट १४५ जनाको मृ’ त्यु भएको छ। यीसहित कोरो’नाबाट मृ’त्यु हुनेको संख्या पाँच हजार १ पुगेको छ।

तीमध्ये एक हजार ९६९ जनाको मृत्यु बितेको डेढ महिनामा भएको हो। कोरो’नाको दो’स्रो लहर सुरु भएपछि मृ’ त्युदर निकै बढेको छ। अघिल्लो वर्ष बढीजसो ६० वर्षमाथिकाको मृ’ त्यु भएकोमा यसपटक भने युवा तथा बालबालिकाले पनि

ज्यान गुमा’ एको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा नेपालमा को|रोना सं’क्रमणदर ३७.०५ प्रतिशत रहेको छ। त्यस अवधिमा प’रीक्षण भएका १९ हजार ८ सय ८३ नमुनामध्ये ७ हजार ३ सय ६८ जनामा कोरोना संक्र|मण पु’ष्टि भएको हो।

एक साताअघिको तुलनामा सं’क्रमणदर ८ प्रतिशतले घटेको छ।
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा २ हजार ५ सय ६९ संक्र’मित थपिएका छन्।

अघिल्ला दिनको तुलनामा आइतबार सं’क्रमण दरमा मात्र नभएर मृ’तक संख्या र सं’क्रमितको संख्यामा समेत कमी आएको छ। निषेधाज्ञाको प्रभावका कारण काठमाडौं उपत्यका र केही मुख्य सहरमा सं’क्रमण दर घटेको स्वास्थ्य तथा जनसंख्या

मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। सं’क्रमण गाउँगाउँमा फैलिसकेको हुनाले अहिल्यै घटेको या बढेको भनेर निष्कर्ष निकाल्न नसकिने पनि उनले प्रस्ट पारे। याे खबर नागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्