२०७८ आश्विन ४ सोमबार

खाडीका नेपाली भन्छन् : हामीलाई लिन जहाज पठाउ ।

युएई : दुबईको एक गल्फ क्लबमा कार्यरत धादिङका रोशन परियार ५ दिनदेखि शोकमा छन्। ७ महिनादेखि ‘प्यारला’ईसिस’ले थलिएका उनका बुवाको गएको सोमबार देहान्त भयो।

ईमर्जेन्सीमा घर आउन उनलाई ताराम्तार फोन आईरह्यो तर सरकारले हवाई उडान स्थगित गरेकाले परदेशमै झो’क्राएर बस्न बाध्य भए। संखुवासभाका फडिन्द्र श्रेष्ठको भिजा क्यान्सिल भएको १ महिना पुग्न लाग्यो। आगामी मे १८ भित्रमा उनले युएई नछाडे ‘ओभर स्टे’ जरिवाना शुरु हुन्छ।

उनको थाप्लोमा को’भिड-१९ को नियम उल्लं’घन गरेबापतको ३ हजार दिराम जरिवानाको बोझ पनि छ। अबुधाबीको एक सेक्युरिटी कम्पनीमा कार्यरत झापाका फुर्साङ पाखृन तामाङ, बनेपाका उमेश अधिकारी र राजु पुनको भिजा क्या’न्सिल भएको १५ दिन नाघिसकेको छ। उनीहरु पनि चाँडोभन्दा चाँडो नेपाल फर्कन चाहन्छन्।

मे १५ को टिकट हातमा लिएर बिरामी बुवा भेट्न नेपाल फर्कन तयार भएर बसेका काठमाडौंका कृष्ण गौतम स्वदेश फर्कन त पाएनन्। गएको बुधबार बुवा पनि गुमाए। उनी पनि यतिबेला परदेशमा शोकमा छन्।

यी र यस्तै परिस्थितिमा छन् यतिबेला खाडीका हजारौं नेपाली, जसमध्ये केहीले आफन्त गुमाएका छन्। केहीका आफन्त सिकि’स्त बि’रामी छन् अनि केहीको भिजा क्यान्सिल भएको छ। यस्तै केहीको त ‘ओभर स्टे’ जरिवाना समेत शुरु भईसकेको छ।

युएईमा मात्रै अहिले विभिन्न क्षेत्रमा गरि करिब ४ लाख नेपाली कार्यरत छन्। यी मध्ये धेरैले गत वर्ष को’भिडकै कारण बिदामा नेपाल जान पाएनन्। यस वर्ष पनि कोभिडको प्र’कोप चर’म बिन्दुमा पुगिसकेको छ।

अहिले नेपालमा दिनहुँ सं’क्रमित हुनेहरुको संख्या १० हजारको हाराहारी’मा पुगिसकेको छ भने मृत्यु हुने दैनिक रूपमा बढिरहेका छन्। तथापि, लामो समयदेखि बिदामा घर जान नपाएका, भिजा क्या’न्सिल भएर बसेका तथा विभिन्न समस्याले घर नगई नहुने स्थितिका नेपालीहरु चाँडोभन्दा चाँडो स्वदेश फर्किन खोजिरहेका छन्।

‘चार्टर्ड’ उडानको माग

गत वर्ष को’भिड-१९ का कारण अन्तराष्ट्रिय उडानहरु स्थगन हुँदा सरकारले उद्दार उडानमार्फत हजारौं नेपालीलाई नेपाल लगेको थियो। खाडीमा रहेका पालीहरु यसपालि पनि त्यही आशमा बसेका छन्। झापाका फुर्सान तामाङको समूहले त गत सोमबार अबुधाबीस्थित नेपाली दूतावास पुगेर चार्टर्ड उडान संचालन गर्न निवेदन दिई सकेका छन्। दूतावासबाट समेत यसलाई सम्बोधन गर्ने आश्वासन मिलेको तामाङ बताउँछन्।

सरकारले गएको बैशाख २२ गतेदेखि सबै राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरु स्थगन गरेपछि वैदेशिक रोजगारीमा रहेका कैयौं नेपालीहरु प्रत्यक्ष प्र’भावित बनेका छन्। बिदामा घर गएर कर्मभूमी फर्कन तयार भएका कैयौं नेपालमै रोकिएका छन् भने नेपाल जान तयार भएर बसेकाहरुको यात्रा अनिश्चित बनेको छ।

यसबाट बिदामा घर जान तयार भएका नेपालीहरु भन्दा ‘ईम’र्जेन्सी’ परेर नेपाल जान लागेका नेपालीहरु बढी प्रभावित भएको बताउँछन्, एनआरएनए युएईका कार्यवाहक अध्यक्ष निरन्जन शिलवाल।

सरकारले तत्कालै अन्तराष्ट्रिय उडानहरु सुचारु गर्ने अवस्था रहेको जनाउँदै उडान स्थगनको समयावधि बढाएर आउँदो जेठ १७ सम्म पु¥र्‍याएको छ। यसबीचमा पनि को’रोनाको सं’क्रमण नियन्त्र’णमा नआए समयसीमा अझै बढ्न सक्छ। त्यसैले पनि खाडीमा रहेका नेपालीहरु घर जान आत्तिएका छन्।

७ वर्षदेखि कतारको एक पे’ट्रोलियम कम्पनीमा कार्यरत बाजुराका हरिराम डाँगीको परिवारमा सबैजना कोरो’नाबाट सं’क्रमित भएका छन्। उनी तत्कालै नेपाल जान चाहन्छन्। कुवेतमा कार्यरत झापाकी बिमला सरदार २ महिनादेखि बिमार छिन्। डाक्टरले उनलाई नेपालमै गएर उपचार गर्न सुझाएका छन्। टिकट पनि काटेकी थिइन् तर सरकारले उडान स्थगन गरेपछि उनको टिकटको पैसा खेर गयो। बिमारले पनि झन्झन् च्याप्दै गएको छ।

भिजा र काम दुवै सकिएका पोखराका सन्जय देवकोटा, चितवनका गोकुल गुरुङ, गोविन्द थापा, झापाका सुर्यप्रसाद लुँईटेल, तुलसी पौडेल र बुटवलका करन बहादुर पौडेलको ओभर स्टे जरिवाना शुरु हुन अब केही दिन मात्रै बाँकी छ। यिनीहरु पनि चार्टर्ड उडानको खोजिमा दुबई र अबुधाबीका ट्राभल धाईरहेका छन्।

अत्यावश्यक भएकालाई लैजाउ युएईमा रहेका नेपाली अगुवाहरुले पनि नेपाल नगई नहुने स्थितिमा रहेका नेपालीहरुलाई उद्दार उडान सुचारु गरेर सरकारले स्वदेश लैजानु पर्ने बताएका छन्।

नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानीप्रसाद तिमल्सिना भन्छन्, “अहिलेको स्थितिमा घर नगई नहुने स्थिति भएकाहरुलाई सरकारले विशेष व्यवस्था गरेर नेपाल लैजानु पर्छ।” तर सामान्य स्थितिमा रहेकाहरुले भने आफू रहेकै स्थानबाट देशलाई सहयोग गर्नुपर्ने उनको भनाई छ।

प्रवाशी नेपाली मंच युएईका अध्यक्ष महेश गिरि भन्छन्, “गएको वर्षमा झैँ यसपटक पनि कोभिड-१९ सम्बन्धि सम्पुर्ण सुरक्षा र सावधानी अपनाएर ईमर्जेन्सी भएकाहरुलाई नेपाल लैजानु पर्छ।”

गत वर्ष युएईमा कोरो’ना संक्र’मित नेपालीहरुको उ’द्दार तथा सहयोगका लागि संचालित द्रुत उद्दार दलको ने’तृत्व गरेका समाजसेवी पासाङ शेर्पा अन्तराष्ट्रिय उडानहरु स्थगन हुँदा सुन तस्करहरु बढी प्रभावित भएको बताउँछन्। आफन्त गुमाएका, स्वास्थका कारण नेपाल जानैपर्ने स्थिति भएकाहरुलाई उचित क्वारेन्टा’इनको व्यवस्था गरि चार्टर्ड उडान मार्फत लैजानु पर्ने उनको भनाई छ।

यता अबुधाबीस्थित नेपाली दूतावासले भने युएईमा रहेका नेपालीहरुको स्थिति सामान्य रहेको बताएको छ। युएईका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालका अनुसार दूतावासमा चार्टर्ड उडानका बारेमा सामान्य सोधपुछ हुने गरेको छ।

नेपाल सरकारबाट समेत चार्टर्ड उडानको संचालन तथा व्यवस्थापनका लागि अहिलेसम्म कुनै निर्देशन नआएको उनको भनाई छ। यद्यपि, अहिलेकै स्थिति लम्बिए आवश्यकता अनुसार चार्टर्ड उडान हुन सक्ने राजदूत ढकाल बताउँछन्।
रामकुमार परियार -न्युज नेपाल मिडिया

२०७८ जेष्ठ ४, मंगलवार २२:२० गते 1 Minute 489 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार