शनिबार , जेठ २९, २०७८

कतारका नेपालीलाई आयो खुशीको खबर : कतार र ग्वान्जाउमा हवाई उडान खुला, साताको एक उडान हुने ।

जेठ ४, २०७८ मंगलबार 397

काठमाडौं : सरकारले कतार र चीनको ग्वा’न्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले ती दुई गन्तव्यमा साताको एक र एक उडान गर्ने गरि हवाई उडान खुला गर्ने निर्णय हो ।

उडान कहिलेबाट उडान गर्ने भन्ने मिति भने खुलाएको छैन । पछिल्लो समय निषेधा’ज्ञाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोबभिड–१९ वि’रुद्धका स्वास्थ्य सामग्री र मानवीय आ’पूर्ति नै रोकिएपछि उडान खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

कतारमा नेपाल एयरला’इन्स र हिमालय एयरलाइन्सले नेपालबाट उडान गर्दै आएको छ । चीनको ग्वा’न्जाउमा भने चार्टर्ड उडान मात्रै हुदै आएको छ । यता, सरकारले जेठ १७ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । आन्तरिक उडान अनिश्चितकालका लागि बन्द छ । चार्टर र उ’द्धार उडान हुन सक्ने भनिए पनि सरकारले आफ्ना नागरिकका लागि कुनै देशमा उडान गरेको छैन ।

नेपालीलाई विदेश जान रोक, तर भारतीयलाई साउदी अरेबिया जान सातामा १० उडानको अनुमति !

आफ्ना नागरिकलाई समेत विदेश जान रोक लगाइरहेको नेपाल सरकारले भारतीय नागरिकलाई भने नेपालबाट साउदी अरेबिया जान अनुमति दिएको छ । सरकारले केही दिनअगाडि नेपाललाई ‘ट्रा’न्जिट’ बनाएर विदेश जान नदिने निर्णय गरेको थियो ।

तर, संस्कृति, पर्यटन तथा नागरिक उ’ड्डयन मन्त्रालयले
भारतीय दूता’वासको आग्रह भन्दै सातामा १० उडानमार्फत भारतीयलाई साउदी अरेबिया जान अनुमति दिएको हो ।
साउदी जाने उडानले एकतर्फी मात्रै यात्रु लैजान पाउने स्वीकृति दिएको छ ।

जसले गर्दा विदेशमा अलपत्र नेपाली सो उडानमार्फत फर्कन नपाउने भएका छन् । कोरोनाको नयाँ भेरि’यन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले नेपाललाई ट्रान्जिट बनाएर अन्य गन्तव्यमा यात्रा गर्न रोक लगाएको थियो ।

१५ वैशाखदेखि रोक लगाउने अध्यागमन विभागको निर्णय १५ दिन नबित्दै भारतीय नागरिकका लागि भने खुला गरिएको हो । जब कि साउदी अरे’बिया रोजगारीका लागि जान ठिक्क परेका १५ सय नेपाली उडान बन्द भएपछि रोकिएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए ।

आफ्ना नागरिकलाई रोजगारीमा जान रोक्ने सरकारले भारतीयलाई भने चार्टर गर्न दिनु आश्चर्यजनक छ ।
सातामा नेपाल वायुसेवा निगमले सात र हिमालय एयरलाइन्सले तीन उडान गर्न अनुमति पाएका हुन् । परराष्ट्र मन्त्रालय र भारतीय दूतावासबाट पत्र आएपछि संस्कृ’ति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति दिएको हो ।

सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै झन्डै एक हजार पाँच सय भारतीय नेपालमा रोकिएको अनुमान छ । ‘नयाँ आउने भारतीयलाई जान दिने भन्ने होइन, यहाँ रोकिएर बसेका भारतीयलाई साउदी जान दिने गरी उडान खुला गरिएको हो,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने । मंगलबारदेखि नै उडान सुरु हुनेसमेत पोखरेलले जानकारी दिए ।

भारतीय दूतावासले पठाउने नामको सूचीअनुसार निगम र हिमालय एयरलाइन्ससँग समन्वय गर्नेले जान पाउनेसमेत पोखरेलले जानकारी दिए । नेपाल आएर १० दिन क्वा’रेन्टिन बसेको, पि’सिआर परीक्षण गरेको र भारतीय दूतावासको लेटर लिएर आउनेले मात्रै जान पाउनेछन् । अधि’कांश भारतीय अहिले पनि ठमेल, नयाँ बसपार्क, सुन्धारालगायत होटेलमा बस्दै आएका छन् ।

भारतीय दूतावासले आ’ग्रह गरेकै दिन गत वैशाख २९ गते परराष्ट्र मन्त्रालयले मागअनुसार उडान अनुमतिका लागि पर्यटन मन्त्रालयमा सिफारिस गरेको थियो । वैशाख ३० गते पर्यटन मन्त्रालयले भारतीय नागरिकलाई रोजगारीका लागि साउदी लैजान अनुमति दिएको हो ।

साउदीले भारतलाई यात्रा प्रतिबन्ध लगाए पनि नेपाललाई भने अझै आवत–जावत गर्न अनुमति दिइरहेको छ । यसैको फाइदा उठाउँदै भारतीय नागरिक नेपाल भएर रोजगारीका लागि साउदी जान थालेका थिए । अहिले पनि साउदी अरबले भारतसँग सीधा उडान बन्द गरेको छ ।

सरकारले जेठ १७ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । आन्तरिक उडान अनिश्चि’तकालका लागि बन्द छ । चार्टर र उद्धार उडान हुन सक्ने भनिए पनि सरकारले आफ्ना नागरिकका लागि कुनै देशमा उडान गरेको छैन । -नयापत्रीका बाट

प्रतिकृया दिनुहोस्