शनिबार , जेठ २९, २०७८

नेपालमा सर्वाधिक रुचाइएका महान हस्तिहरु, उहाँहरुलाई कामलाई उच्च सम्मान ।

जेठ ५, २०७८ बुधबार 326

काठमाडौ : नेपालमा सर्वाधिक रुचाईएका व्यक्तिहरुको नाम लिँदा धेरैले कुलमान घिसिङ, रवि लामिछाने, पारश खड्का, राजेश हमाल, धुर्मुश सुन्तलि, अनुराधा कोइराला, सन्दुक रुइत, उज्जवल थापा लगायतको नाम लिने गर्दछन् ।

उहाँहरुले आफ्नो क्षेत्रमा यति राम्रा कामहरु गर्नुभएको छ कि उहाँहरु सधैँ नेपाली जनताको मनमु’टुमा बसिनै रहनुहुन्छ । कहिले काँहि त उहाँहरुनै हाम्रो देशको सरकारमा समावेश भए देश विकसित हुन धेरै समय नलाग्ने भन्दै फेसबुक लगायत सामाजिक संजालमा भो’टिङ पनि गरिन्छ ।

उहाँहरुको शालिन व्यवहार, देशप्र’तिको माया, आफ्नो क्षेत्रमा देखाएको कला र प्रगति लगायत विभिन्न गुणहरुका कारण नेपाली जनताको मनमुटुमा उहाँहरु बस्नुभएको छ । कुलमान घिसिङले अन्ध’कारबाट नेपाललाई मुक्त गराएपछि उहाँलाई सम्मान र माया नगर्ने कोहि भएन । दिनमा १८ घण्टा

सम्म लोड’सेडिङ हुने देशमा एकाएक एकछिनपनि लोड’सेडिङ नहुने अवस्थामा नेपाललाई पु¥र्योउन उहाँको योग्दान ठूलो छ । अझ भन्ने हो भने, उहाँले नै नेपाललाई लो’डसेडिङ मुक्त गराउनु भएको हो ।

उहाँले व्यवस्थापन पक्ष सहित समग्र प्राधिकरणको विकासमा भुमिका खेल्नु भएको छ । उहाँको नाम लिइरहदा त्यतिबेलाका उर्जा मन्त्री जनार्दन शर्माको नाम भने छुटाउनु हुदैँन । काम गर्न सक्ने मान्छेलाई राज्यको सहयोग भएपछि के चाहिन्छ र काम धमाधम चलिरहन्छ ।

जनार्दन शर्माले जसरी साथ, सहयोग र राज्यको शक्ति कुलमानको काममा लगाउनुभयो, त्यस्ले नै कुलमानलाई लक्ष्य हासिल गर्न अवरोध नभएको हो । कुलमानलाई देशको उर्जामन्त्री बनाइदिए के होला ? उहाँले जसरी यस क्षेत्रमा अध्ययनशिल भएर उत्कृ’ष्ठ कदम चाल्नुभएको छ त्यसलाई

हेर्ने हो भने उहाँलाई उर्जामन्त्री बनाउँदा देशले उर्जा क्षेत्रमा व्यापक सफलता पाउनेछ । रवि लामिछाने जसरी आफ्नो कार्यक्रमबाट देश’वासिको समस्यालाई समाधान गर्छन् त्यस्ले हरेक नेपालीको मन जित्छ सफल भएको छ । हरेक गतिविधिमा गहन अध्ययन गरेर जनतामा आउन सक्ने र जनताको समस्या समा’धान गर्ने शैलि रविको व्यवहारमा छ ।

उहाँले विदेश देखि स्वदेश सम्म दुखमा परेका नेपालीहरुको साथ दिएका छन् । सम्झनुहोस् त, तपाईँ विदेशमा फसिरहनुभएको छ । कसैबाट सहयोग नमिल्ने अवस्था छ । नेपाल फर्कन नपाउने भएपछि कस्तो हालत हुन्छ । रविले त्यस्ता कयौँ नेपालीलाई विदेशबाट उ’द्धार गर्न पहल गर्नुभएको छ ।

यतिमात्र नभएर जोकोहि नागरिक समस्यामा परेपछि उहाँले सहयोग गर्नुभएको छ । उहाँलाई संचारमन्त्री बनाउन सके देशले कति विकास गर्छ होला । लाखौँलाई अन्ध’कारमय जिवनबाट उज्जालो दखाउनु भएको सन्दुक रुईत भगवानको दुत जस्तै हुनुहुन्छ । एकचोटि आँखा चिम्ल’नुहोस् त ।

यतिकै १ घण्टा वा १० मिनेटसम्म बस्न सक्नुहुन्छ । अँह, गारै हुन्छ । जिवनभर यस्तै भएका व्यक्तिलाई संसार देखाउने रुइन भगवान हुनुभएन र ? संसारमा आएर संसार नदेखेकालाई आँखा देखाउने उहाँ सबैको मन’मुटुमा हुनुहन्छ । उहाँलाई स्वास्थ्यमन्त्री बनाइदिए कति विकास हुन्थ्यो होला है ?

धुमुर्श सुन्तलिलाई माया नगर्ने को होला र ? उहाँ सामान्य कलाकार । तर, उहाँले जसरी जनताको सेवामा लाग्नुभएको छ, उहाँ सर्व’प्रिय हुनुभएको छ । एउटा पनि अन्तर्राष्ट्रिय स्टे’डियम नभएको देशमा एउटा आम नागकिरले स्टे’डियम बनाउन खोज्नु सानो कुरा हुदैँ होइन ।

नेपालको सुन्दरतामा मोहित नहुने कोहि छैन । यहाँको सगरमाथा, भगवान गौतम बु’द्धको जन्मभुमि चितवन, जनकपुर लगायत अन्य सयौँ रोमा’ञ्चित ठाउँहरु नेपालमा छ । यहि हेर्न पनि कुनै दिन यहाँ ठूला खेल नहोला भन्न सकिन्न । अनि, पर्यटन व्यवसायले का’यापलट नग’र्ला त । विश्वका मानिस सबै यहि आउँछन् खेल हेर्न ।

अनि देशको विकास नहोला त । उहाँको योग्दानलाई सधैँ नेपाली जनताले माया गर्नेछन् । उहाँ सधैँ नेपाली जनताको सर्वप्रिय हुनुहुन्छ । उहाँ अर्थमन्त्री बने देशले कति विकास गथ्र्यो होला होइन र । अनुराधा कोइलाको कुरा गर्ने हो भने उहाँले जुन तरिकाले नेपाली समाजमा छवि बनाउनुभएको छ, उहाँ सधैँ नेपाली जनताको मनमु’टुमा बस्नु हुनेछ ।

उहाँले माइति नेपाल जस्तो संस्था खोलेर नेपाली चेलिहरुको उ’द्धार गर्नुभएको छ । सम्झनुहोस् त तपाईको नजिकको एक चेलिलाई कसैले भारतमा बेच्यो भने तपाईँमाथि के गुज्रिन्छ होला । अनि अनुराधाको पहलमा चेलीलाई नेपाल ल्याईन्छ, समाजमा बाँच्न सक्ने शक्ति दिईन्छ । उहाँ त साँच्चै महान हुनुहुन्छ । उहाँको सम्मानमा सबै नेपालीको शि’र झुक्छ । सलाम छ, अनुराधा कोइरालालाई । -पहिलो दैनिक

प्रतिकृया दिनुहोस्