२०७८ कार्तिक ८ सोमबार

बधाई ! प्रेरणादायी व्यक्तित्व, बीमा क्षेत्रको पहिलो महिला सिइओको ताज पाउन सफल भइन उपासना पौडेल ।

काठमाडौं : बैंक तथा वित्तीय क्षेत्र त्यसमा पनि बीमा क्षेत्रमा अहिलेसम्म एक जना पनि महिला प्रमुख कार्यकारी अधिकृत नभएका अवस्थामा यूनाइटेड इन्स्यो’रेन्स कम्पनीको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत पदमा उपासना पौडेललाई नियु’क्ती गरेपछि सबै जना आश्च’र्यमा परे ।

भर्खर ३४ वर्षकी पौडेलको बीमा क्षेत्रको करियर त्यति लामा छैन तर उनको करि’यर ग्रोथ भने प्रेरणा’दायी तथा लो’भलाग्दो छ । पौडेल यो अवस्थासम्म आइपुग्नुमा उनलाई परिवारको सबैभन्दा धेरै साथ छ । परिवारको पुर्ण सपो’र्टले गर्दा नै उनले कम्पनीका लागि समय दिन सकेकी छिन ।

उनि विहान ८ बजे अफिसमा आइपुगिसक्छिन अनि बेलुका अवे’रसम्म अफिसमै हुन्छिन । उनको अहिले २० महिनाको बच्चा छ । बच्चा उनको माइतिको आमा बुवाबाट रेखदेख तथा हेरचाह हुने भएकाले उनलाई काम गर्न कुनै समस्या छैन ।कम्पनीले पछिल्लो समय उपत्यका भित्र भन्दा बढि बाहिरका बजारमा ब्यापार के’न्द्रित गरिरहेकोले धेरै जसो समय उनको उपत्यका भन्दा बाहिरै वि’त्ने गर्छ ।

भारतको आईसीआ’ईसीआईमा काम गर्दा पनि उनि दुई तीन दिनसम्म घर नगई अफिसमै केहि समय आराम गरेर निरन्तर काम गर्थिन । उनी भन्छिन, यदि मैले यसरी काम नगरेको भए साहेद म आज यो स्थानमा हुन्न थिए होला ।

बास्तवमा उनको समय घरपरिवारलाई भन्दा अफिसको लागि धेरै समय वेतिथ भईरहेको छ । ‘ अनुसार ‘प्रति’स्पर्धा जहिले पनि आफै सँग गर्नु पर्छ जसले अगाडी बढाउन महत्व’पुर्ण भुमिका खेल्छ ।’परिवारमा अन्य सदस्य झै नभएर व्यापारको साटो सेवा अर्थात जागिर नै उनको रोजाइ हुन गयो । पढाईको क्रममा पौडेललाई कुनै पनि समस्या थिएन ।

काठमाण्डौ कलेज अफ म्याने’जमेन्टबाट व्या’चलर सकिए पछि एमबिए भने भारतको दिल्ली विश्वविद्यालयको Faculty of Management Studies बाट अध्ययन गरी पुरा गरिन् । पढाइमा सधै अब्बल उपासनाले अमेरिकाको मल्टि’नेशनल कम्पनी Cummins India Ltd. ले विश्वविद्यालयमा अन्तरवार्ताबाट इन्ट्र’नसिपका लागी विद्यार्थी छनोट गर्ने क्रममा उनी त्यसमा छनोट हुन सफल भइन ।

एक वर्षको इन्ट्रनसिप पछि उनको कार्य’सम्पादन, लगनसिलता तथा मेहनतका कारण कम्पनीमा पु’र्णकालिन सेवा गर्ने अवसर पाईन । कर्मचारीमै’त्री वातावरण भएको मल्टि’नेशनल कम्पनीमा कामका लागी उनलाई धेरै सहज थियो । यो नै उनको जीवनको टर्नि’ङ पोइन्ट थियो ।

यदि इन्ट्रनसिपमा छनोट नभएको भए सायद उनले यति छिट्टै आफूमा निखार ल्याउने अवसर पाउन गाह्रो हुन्थ्यो ।विवाह पश्चात उनि सन् २०१२ मा बम्बइ गइन । जागिर खोज्ने क्रममा उनि निर्जीवन बीमा कम्पनी आई’सीआईसीआइ लोम्बाडमा आ’वद्ध भईन ।

कर्मचारीमैत्री मल्टिनेशनल कम्पनी Cummins को तुलनामा इन्स्योरेन्स कम्पनी उनको लागि त्यति सहज भने थिएन । कतिपय साथिहरुले उनलाई आईसीआईसीआइमा जागिर सुरु गर्नु भन्दा अगाडि नै ‘तिमी ६ महिना टिक्न सक्यौ भने दुनियाँको जुनसुकै कम्पनीमा टिक्न सक्छौ’ समेत भनेका थिए ।

पुराना कम्पनीको तुलनामा तिव्र प्रति’स्पर्धाका कारण नयाँ कम्पनी आईसीआईसीआई लो’म्बार्डमा काम गर्न एकदमै कठिन र बढि प्रेसर थियो । साथै कम्पनीमा महिला क’र्मचारीको संख्या एकदमै न्युन भएकोले महिलामै’त्री वातावरण क्रमसः सुधारको क्रममै थियो ।

काममा तिव्र तथा अस्वस्थ्य प्रति’श्पर्धा बीच आफूलाई टिकाई आफनो योग्यता तथा कार्यदक्षता पुष्टि गर्न सफल उनले प्रत्येक बर्ष बढुवाका लागी आफूलाई सक्षम सावित गर्न सफल भईन । जसले आजको यो सफलताको आधार स्तम्भ समेत तयार हुँदै थियो ।

उक्त कम्पनी पश्चात उनी भोडाफोनमा आव’द्ध भईन जुन आफैमा ठुलो ब्राण्डका अन्तर्रा’ष्ट्रिय कम्पनी थियो । भोडाफोनमा उनले पुरा भारतको पोस्टपेडको विजनेस हेर्थिन । भो’डाफोनमा पैसा तथा ब्राण्ड दुबै थियो साथै कामको धेरै प्रेशर थिएन । प्रेशर विनाको काम त्यति उत्सा’हजनक नभएको कारण उनलाई त्यहा काम गर्न खासै मन लागेन ।

अन्तत उनले आफ्नो काम गर्ने उत्साह जागर केवल बीमा क्षेत्रबाटै पुरा हुने मनन् गरिन् ।यसै क्रममा भोडाफोनमा काम गरिरहेकै समयमा आईसीआईसीआईमा सँगै काम गरेका बीमा विज्ञ भारती एक्सा जनरलमा सिइओको रुपमा अनुबन्धित भए । भारती एक्सा कम्पनी घाटामा गएको कम्पनी थियो ।

आईसीआईसीआई सँग मर्जरमा जान भन्दै उनलाई सिइओको रुपमा पठाइएका थियो ।आईसी’आईसीआईमा सँगै काम गरेका उनै विज्ञले पौडेललाई सँगै काम गरौ भन्ने प्रस्ताव गरे । सोहि अवसरमा उनी करियर बनाउनका लागि भारती एक्सामा अनुबन्धित भइन ।

सधै केहि नयाँ गर्न मन पराउने स्वभावकी पौडेलले बीमामा इनोभे’टिभ तरिकाले काम गर्नका लागि धेरै स्कोप भएको महसुस गरेकी थिईन । घा’टामा गईरहेको भारती एक्सालाई नाफामा ल्याउने क्रममा उनलाई अझ धेरै सिक्ने वातावरण प्राप्त भयो भने अर्कोतर्फ व्यवसायिक रणनीति तथा अभ्यासलाई नजिकबाट नियाल्ने अवसर प्राप्त भयो ।

२०७८ जेष्ठ ५, बुधबार २३:२६ गते 1 Minute 401 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार