२०७८ आश्विन ५ मंगलवार

अनमोल भनाईहरू : बन्नु छ भने पानी जस्तो बन जो आफ्नो बाटो आफै खोज्ने गर्छ, ढुंगा जस्तो हैन जो अरुको बाटो पनि रोकिदिन्छ ।

१) मानिसहरु तब मात्र तिम्रो हात समाउछ्न्, जब उनीहरुलाई थाहा हुन्छ कि तिमी एक्लै पनि हिड्न सक्छौ भनेर ।
२) आमालाई तपाईले सुन चाँदी हिरा मोति दिएर खुशी पर्न

सक्नुहुन्न, यदि खुशी पार्नु नै छ भने बस यति सोध्नुस् कि आमा तपाईलाई कस्तो छ ?
३) मान्छेले कुनै पनि चिजको महत्व दुइ पटक मात्र बुझ्दछ, एक पटक पाउनु भन्दा पहिला र अर्को पटक गुमाईसके पछी ।

४) जब केहि सेकेन्ड मुस्कुराउदा फोटो राम्रो आउछ भने सधै भरि मुस्कुराएर बाच्दा जीवन कति राम्रो होला ।
५) ठुला स्वरमा त त्यो चिच्याउछ्न् जसलाई झुट बोल्नु छ किनकि सत्य त बिस्तारै बोले पनि त्यसको आवाजलाई कसैले दबाउन सक्दैन ।

६) समस्या जतिनै ठुलो भए पनि यस्तो हुने सक्दैन कि त्यसको समाधान न होस् किनकि रात जतिनै अध्याँरो भएपनि सूर्यलाई उदाउनको लागि रोकेर राख्न सक्दैन ।
७) संघर्षले मान्छेलाई मजबुत बनाउने गर्दछ, चाहे त्यो जतिनै कमजोर किन नहोस । त्यसैले संघर्ष गर्ने गर ।

८) बन्नु छ भने पानी जस्तो बन जो आफ्नो बाटो आफै खोज्ने गर्छ, ढुंगा जस्तो हैन जो अरुको बाटो पनि रोकिदिन्छ ।
९) दियो बोल्दैन किनकि उसको प्रकाशले उसको परिचय दिने गर्छ । त्यसैगरी तपाईको पनि शब्दले होइन तपाईको राम्रो कर्मले परिचय दिने गर्छ ।

१०) आफुलाई बचाउनको लागि अरुलाई दोषी नबनाउनु किनकि सत्यलाई प्रकट गर्ने समय संग आफ्नै तरिका छ ।
११) तपाई हिजो जतिनै नराम्रो भएपनी आज फेरी नयाँ सुरुवात गर्न सकिन्छ, जसरी हरेक रात पछी एउटा नयाँ बिहानीको सुरुवात हुन्छ ।

१२) आफ्नो मनलाई समुद्र जस्तै बनाऊ, तब मात्र सानो तिनो नदीहरु तिमीलाई खोज्दै आउनेछन् ।
१३) आफ्नो अभिमानलाई कहिल्यै पनि उठ्न नदेउ र आफ्नो स्वाभिमानलाई कहिल्यै पनि गिर्न नदेउ किनकि तिम्रो अभिमानले उठ्न दिदैन र तिम्रो स्वाभिमानले तिमीलाई गिर्न दिदैन ।

१४) जब मित्रले प्रगती गर्छ तब गर्वले भन्नुस कि त्यो मेरो मित्र हो र जब मित्र समस्यामा पर्छ तब पनि गर्वले भन्नुस कि यो मेरो मित्र हो, तब मात्र मित्रको सार्थकता हुन्छ ।

१५) मृ,त्यु पछी तिम्रो श्रीमती तिम्रो घर सम्म, समाज मशानघाट सम्म र छोरा अग्निदान सम्म मात्र साथ् हुन्छ तर तिम्रो कर्म मात्र यस्तो चिज हो जुन इश्वरको अन्तिम निर्णय सम्म पनि तिम्रो साथ् हुन्छ । -अनमोल बिचार

२०७८ जेष्ठ ६, बिहीबार ०३:०७ गते 1 Minute 532 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार