आइतबार , साउन १०, २०७८

आफ्नो देशमा सं’कट परेको बेला जुटे अष्ट्रेलियाबासि नेपाली, अक्सिजन उत्पादन गर्ने १०० थान उपकरण नेपाल पठाउदै ।

जेठ ६, २०७८ बिहिबार 319

नेपालमा अक्सिजन नपाएर को’रोना संक्र’मितको मृ’त्यु हुन थालेपछि अष्ट्रेलियाका नेपालीले १ सय थान अ’क्सिजन क’न्सन्ट्रेटर पठाउने भएको छ ।

बाहिरी हावा तानेर अक्सिजन छुट्याई सिलिण्डरमा भर्ने उ’पकरण नै क’न्सन्ट्रेटर हो । यस्तो उपकरण किनेर नेपाल पठाउन एनआरएनए अष्ट्रे’लियाको नेतृ’त्वमा सहयोग संकलन भईरहेको छ । प्राप्त सहयोगबाट चीनको क्वा’ङचौ शहरबाट यस्तो

उपकरण किन्ने प्रकृया सुरु भइसकेको छ । अबको सातदिन भित्रै अक्सिजन क’न्सन्ट्रेटर नेपाल पुगिसक्ने एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले जानकारी दिनुभयो ।
१ सय थान क’न्सन्ट्रेटरका लागि एक लाख २ हजार अमेरिकी डलर अर्था’त १ करोड १९ लाख रुपैया ख’र्च हुने भएको छ ।

नेपाल सरकारले ज’हाज पठाएर ती उपकर’णहरु नेपाल लैजाने तयारी भईरहेको कँडेलले जानकारी दिनुभयो ।अक्सिजन र मेडिकल सा’माग्रीको आपु’र्तिमा सहयोग जुटाउन नेपाली दुतावासको पहलमा अष्ट्रेलियाका एनआरएनए,

नेपाली चिकि’त्सकहरुको छाता सं’गठन ए’म्डा, नेपाली संघसंस्थाहरुको छाता सं’गठन फे’न्का, पत्रकारहरुको संस्था एन्जा तथा अन्य सामाजिक सं’घसंस्थाबिच सहकार्य भइरहेको छ । यहि सहकार्यले एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलको संयोजनमा सहयोग संकलन समिति ग’ठन भएको छ ।

समितिले अहिले ‘अष्ट्रेलिया स्ट्या’ण्डस् टु’गेदर फर नेपाल’ भन्ने अभियान संचालन गरिरहेको छ ।यहि अभियान अन्तगर्त विभिन्न सामाजिक, व्यवसायिक तथा व्यक्तिहरुले १ सय ३ वटा क’न्सन्ट्रेटर दिने घो’षणा गरेका हुन् । एउटा क’न्सन्ट्रेटरको १२ सय डलर बराबरको आर्थिक सहयोग एनआर’एनएको खातामा जम्मा गर्ने क्रम जारी छ ।

त्यस्तै अभियान अन्तगर्त एनआरएनए अष्ट्रेलियाले संचालन गरेको गो फन्ड मिमा यो समाचार सामा’ग्री तयार पार्दासम्म ३९ हजार डलर संकलन भएको छ । त्यस्तै एनआरएनएको बैंक खातामा ५ हजार डलर पनि संकलन भएको छ । त्यस्तै एनआरएनए कुइन्सल्या’ण्डले छुट्टै संचालन गरेको गो फ’ण्डमि र खातामा गरि ८ हजार डलरभन्दा बढी रकम संकलन भएको छ ।

कु’इन्सल्याण्ड राज्य समितिले मात्रै २५ थान क’न्सन्ट्रेटरका लागि सहयोग संकलन गरेको कोषाध्यक्ष शम्भु घैंसेले जा’नकारी दिनुभयो ।अझै सहयोग आउने क्रम जारी छ । हालसम्म संकलन भएको रकम हेर्दा कन्स’न्टेरेटर किनेपछि पनि झण्डै ५० हजार डलरजति पैसा बाँकी रहन्छ ।

सो रकम पनि नेपालको स्वास्थ्य क्षेत्रमै खर्च गरिने एनआरएनए अष्ट्रे’लियाले जनाएको छ । संभवत छलफल अर्को बैठकबाट कहाँ सहयोग गर्ने भन्ने नि’धो गरिने अध्यक्ष कँडेलले जा’नकारी दिनुभयो ।नेपालमा परेको दुखमा सहयोग गर्न अष्ट्रेलियाका नेपाली सधै अगाडी देखिने गरेको भन्दै यसपाली निकै उ’त्साहका साथ सहयोग रकम संकलन भएको कँडेलको भनाई छ ।

प्रतिकृया दिनुहोस्