आइतबार , साउन १०, २०७८

अब नेपालीहरुले पनि विदेश जान पाउने, तीन देशमा नियमित उडानको तयारी ।

जेठ ७, २०७८ शुक्रबार 3799

काठमाडौँ : चार्टर उडान गर्ने अनुमति पाएका उडानहरुले विदेशी सहित नेपाली नागरिकहरुलाई समेत विदेश प्रस्थानको अनुमति प्रदान गर्न आदेश दिएको छ ।

यो निर्णय वैशाख २९ गतेनै मन्त्रीस्तरवाट भएको निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्रालयले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले यस विषयमा गत बुधबार (वैशाख २९) मा गरेको

निर्णय मन्त्रालयले बुधबार साँझ अध्यागमन विभाग र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको छ । जसमा उल्लेख छ ‘नियममित उडान नभएको वर्तमान अवस्थामा चा’र्टर उडान गर्ने अनुमति प्राप्त उडानहरुमा विदेशी नागरिक र नेपाली नागरिकसमेत सबैलाई विदेश प्रस्थानको अनुमति प्रदान

गर्ने भनी वैशाख २९ गते माननीय मन्त्री’स्तरमा निर्णय भएको हुँदा सोहीअनुसार आवश्यक कायार्थ आदेशानुसार अनु’रोध छ,’ मन्त्रालयद्वा’रा लेखिएको पत्रमा उल्लेख छ ।

मन्त्रालयले दिएको आदेशसंगै अब नेपालमा बिदामा आएका विद्यार्थीहरु तथा वैदेशिक रोजगारमा जान चाहेका नेपालीहरुले चार्टर उडानमा विदेश जान पाउने बाटो खुलेको छ ।
यस्तै मन्त्रालयले जेठ १८ देखि पूर्वमा चीन, मलेसिया र पश्चिममा दोहा नियमित उडान सुचारु गर्ने तयारी गरेको छ ।

नेपाल सरकारले कोरो’ना महामा’री फैलिएसंगै गत वैशाख २३ गते रातिदेखि बन्द गरेको अन्तराष्ट्रिय उडान मंगलबारदेखि भारतीय नागरिकहरुलाई साउदी लैजानको लागि खुला गरेको छ । अब नेपालबाट हुने सबै चा’र्टर्ड उडानबाट नेपाली नागरिकहरुले पनि टिकट काट्न सक्नेछन् ।

मन्त्रालयबाट जारी एक प्रेस विज्ञप्ति अनुसार बिभिन्न देशबाट पर्वतारो’हण, पर्यटन, कुट’नीतिक प्रयोजनका लागि नेपालमा आएर रोकिएका यात्रूहरुलाई गन्तव्य स्थानमा बहि’र्गमन गर्नका लागि भारत, युरोपियन युनियन, अमेरिका, रुस लगायतका नेपालस्थित राजदुतावासबाट अनु’रोध गरिए अनुसार प्रस्थानको लागि उडान अनुमति प्रदान भएको छ ।

बिदेशीहरुको लागि खुला गरिएका उडानहरुमा नेपालीहरुले पनि टिकट काटेर विदेश जान सकिने मन्त्रालयले जानकारी दिएको छ । साथै मन्त्रालयले जारी गरेको विज्ञ’प्ति मार्फत उडानका क्रममा एयरलाइन्सको टिकेटिङमा अनियमितता भएको

जानकारी भए मन्त्रालयको इमेल ठेगाना [email protected] वा नेपाल नागरिक उड्ययन प्राधिकरणको इमेल ठेगाना [email protected] मा प्रमाण सहित पठाउन अनुरोध गरेको छ । -साझा सबाल

प्रतिकृया दिनुहोस्