२०७८ कार्तिक १ सोमबार

गगन थापा भन्नुहुन्छ : राष्ट्रपतिलाई महाअभियोग लगाएर विदा गरौं ।

काठमाडौं : क प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले नयाँ सरकार गठन गर्न दिईएको समयसिमा अगावै नयाँ सरकार बनाएर

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदा र महाअभि’योग लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई वि’दा गर्नुपर्ने धारणा राखेका छन् । नयाँ सरकार गठनको लागि आजमात्रै राष्ट्रपतिले धा’रा ७६ को ५ अनुसार भोलि साँझ ५ बजेसम्मको समय दिएकी छिन् ।

यसको विरोधमा संवि’धानविद्हरु आफ्नो धार’णा राखेका छन् । यही सन्दर्भमा नेता थापाले यस्तो लेखेका हुन् । उनले लेखेका छन्-“विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण,के राष्ट्रपति

र प्रमले थाहा नपाएर यो गरेको हो?जानेर गरेको हो। गनगन गरेर नबसौं।सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं,महाअ’भियोग लगाएर रापलाई बिदा गरौं।” -रिपोर्टस नेपाल

२०७८ जेष्ठ ७, शुक्रबार ११:३० गते 1 Minute 706 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार