शनिबार , जेठ २९, २०७८

निषे’धाज्ञामा मात्रै भारतबाट ५२० मेगावाटसम्म विद्युत् आयात ।

जेठ ७, २०७८ शुक्रबार 144

काठमाडौं : को’रोना भा’इरसको दोस्रो लहरका कारण अहिले अधिकांश जिल्लामा निषे’धाज्ञा लगाए पनि विद्युत् खपतमा भने त्यति असर नपरेको देखिएको छ ।

गतवर्ष लगाइएको ब’न्दाबन्दी तथा निषेधाज्ञामा विद्युत् खपत ह्वात्तै घटेको थियो । तर, यसपटक भने विद्युत् खपतमा त्यति असर नपरेको विद्युत् प्राधिकरणले बताएको छ ।

को’रोना नि’यन्त्रणका लागि अहिले पनि ७४ जिल्लामा निषे’धाज्ञा लगाइएको छ । नियन्त्र’णका कारण बढी विद्युत खपत गर्ने क्षेत्रहरू पनि प्र’भावित भएका छन् । तर, त्यो अवस्थामा पनि विद्युत् खपत प्र’भावित नभएको प्राधिकरणको भनाइ छ ।

निषेधा’ज्ञाअघि विद्युत्को पिक डिमान्ड १३०० मेगावाटको हाराहारीमा थियो । निषेधाज्ञामा भने विद्युत्को पिक डिमान्ड ११७० मेगावाटदेखि १२२८ मेगावाट रहेको प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले जानकारी दिए ।

‘निषेधा’ज्ञाका कारण विद्युत् खपतमा केही कमी आएको छ । तर, अपेक्षा गरेअनुसार कमी आएको छैन,’ उनले भने, ‘पहिलेको बन्दाब’न्दीमा विद्युत् खपतमा ६०० मेगावाटसम्म घटेको थियो । तर, अत्यन्त कम परिमाणमा विद्युत् खपत घटेको छ ।’

बिहीवर भने वर्षात्का कारण विद्युत् खपतमा केही कमी भएको आएको उनले बताए । ‘केही प्रसारण तथा वितरण लाइनका सामग्रीहरू पुरानो हुँदा सिमसिमे पानी पर्दा प्राविधिक रूपमा नै विद्युत् माग कम हुन्छ । त्यसका कारण बिहीवर विद्युत् मागमा केही कम भएको छ,’ उनले भने,

‘त्यसमाथि विद्युत् आयात पनि भइरहेको छ । समग्रमा विद्युत् खपतको अवस्थामा सन्तोष’जनक रहेको छ ।’सिमसिमे पानी पर्दा फिडर नलाग्ने समस्या हुन्छ । झरीमा भने त्यस्तो समस्या हुँदैन । बिहीवार सिमसिमे पानी पर्दा फिडर नलाग्दा विद्युत् खपतमा केही समस्या आएको छ ।

समग्रमा विद्युत् ख’पत सन्तो’षजनक नै रहेको भट्टराई बताउँछन् । निषेधाज्ञा अवधिमा भारतबाट ५२० मेगा’वाटसम्म विद्युत् आयात भएको छ । त्यसैले विद्युत् खपत राम्रो भएको प्राधिकरणको भनाइ छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्