२०७८ कार्तिक ११ बिहीबार

हार्दिक नमन – स्पेनले दियाे नेपाललाई साढे १४ करोडको स्वास्थ्य सामग्री ।

काठमाडौं : स्पेनले नेपाललाई कोरो’ना महामा’री रोक’थाम तथा नियन्त्र’णका लागि ठूलाे मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त सामग्री आज (बिहीबार) काठमाडाैँ आइपुग्ने बताइएकाे छ ।

बुधबार राति स्पेनकाे राजधानी म्या’ड्रिडबाट आइवेरिया एयर’लाइन्सको एक चार्टर्ड विमानमार्फत उक्त सामग्री नेपाल पठाइएकाे जनाइएकाे छ । स्पेनस्थित नेपाली राजदू’तावासले दिएकाे जानकारी अनुसार भेन्टिलेर, अक्सि’जन कन्सन्ट्रे’टर, पीपीईलगायतका स्वास्थ्य साम’ग्रीहरु रहेका छन् ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामग्रीहरु लिएर नेपाल प्रस्थान गरेकाे बताइएकाे छ । बुधबार राति नै उक्त उडान भइसकेकाे र बिहीबार ती स्वास्थ्य सामग्रीहरू नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे जनाइएकाे छ । राजदूत शेर्पासँगै अन्तर्रा’ष्ट्रिय सहयोगका लागि स्पेनिस एजेन्सी एईसी’आईडीका निर्देशक म्याग्डी मा’र्टिनेज सोलिमान पनि नेपालका लागि उडेकाे बताइएकाे छ ।

यता : नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपाल पनि देवा निवास बुढानिलकण्ठ पुग्नुभएको छ । नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन नेता नेपाल देउवा निवास पुग्नुभएको हो ।

यसअघि नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ देउवा निवास पुगिसक्नु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घ’ट्नाक्रम बारे अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बिहान बसेको पार्टी पदाधिकारी एवम् पूर्वपदा’धिकारीको बैठकले राष्ट्रपतिबाट संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि गरिएको कदम सम्बन्धमा अन्य दलसँग छलफल गर्ने निर्णय गरेको हो ।

राष्ट्रपतिको पछिल्लो कदम संविधानको मूलमर्म विपरित भएको निष्कर्ष निकाल्दै बैठकले संविधानको रक्षाका लागि अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि आज जेठ ७ गते साँझ ५ः०० बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न संविधानको धारा ७६ को उप’धारा ९२० बमोजिमको प्रति’निधिसभाका सदस्यलाई बिहीबार आह्वान गर्नुभएको थियो ।

२०७८ जेष्ठ ७, शुक्रबार १३:२१ गते 1 Minute 422 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार